एमाओवादी नेतृत्व र मजदुर नेताबीच द्वन्द्व
२२ भदौ २०७१
•
६ मिनेट पाठ
एमाओवादी नेतृत्व र मजदुर नेताबीच द्वन्द्व
काठमाडौं- एकीकृत नेकपा माओवादीको नेतृत्व र पार्टीको शक्तिशाली मानिने संगठन अखिल नेपाल ट्रेड युनियन महासंघको नेतृत्वबीच द्वन्द्व बढेको छ। आसन्न भदौ २९–३१ का लागि तय भएको टे्रड युनियनको महाधिवेशनलाई अन्तिम समयमा रोक्न पार्टी केन्द्रले निर्देशन दिएलगत्तै पार्टी नेतृत्व र मजदुर संगठनको नेतृत्वबीच द्वन्द्व बढेको हो।

टे्रड युनियन नेतृत्वले महाधिवेशनका लागि सम्पूर्ण तयारी पूरा भएकाले घोषित मितिमै सम्पन्न गराउने बताएको छ भने एमाओवादी नेतृत्वले 'पार्टी र क्रान्तिका लागि' भन्दै तत्काल महाधिवेशन स्थगन गर्नुपर्ने पक्षमा जोड गर्दै आएको छ।
पार्टी केन्द्रीय कार्यालयले स्थगित गर्न निर्देशन दिए पनि अन्तिम तयारीमा पुगेको महाधिवेशन रोक्न नहुने ट्रेड युनियन अध्यक्ष शालिकराम जमरकट्टेलले बताए। 'पार्टीले रोक्न निर्देशन दिए पनि महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको अवस्थामा रोक्नु हुँदैन भन्नेमा हामी छौं,' जमरकट्टेलले नागरिकसँग भने, 'आफ्नो निर्णय फिर्ता लिइदिन नेतृत्वसँग कुरा गरिरहेका छौं।' उनका अनुसार अन्य संगठनमा जस्तो ट्रेड युनियनमा आन्तरिक विवाद नभएकाले रोक्नुपर्ने कुनै कारण छैन। 
अध्यक्ष पुष्पकमल दाहाल र महासचिव कृष्णबहादुर महराले केन्द्रीय कार्यालयका तर्फबाट भदौ १९ गते सर्कुलर जारी गर्दै 'पार्टी र क्रान्तिका लागि' महाधिवेशन (भदौ २९–३१) रोक्न निर्देशन दिएका थिए। 'कानुनी समस्याबारे गम्भीरतापूर्वक छलफल गर्दा महासंघको २०७१ भदौ २९–३१ गते हुने भनिएको महाधिवेशन स्थगन गर्नु नै पार्टी र क्रान्तिको हितमा हुने देखिएकाले केन्द्रीय कार्यालयबाट यो परिपत्र पठाइएको छ,' दाहाल–महराद्वारा संयुक्त रुपमा हस्ताक्षरित परिपत्रमा भनिएको छ, 'यसैअनुसार गर्न–गराउन हुन निर्देशित गरिन्छ।'
अध्यक्ष दाहाल र महराको सर्कुलर आएकै दिन अध्यक्ष जमरकट्टेलले सामाजिक सञ्जालमार्फत असन्तुष्टि प्रकट गरेका छन्। 'जबसम्म अखिल नेपाल ट्रेड युनियन महासंघको महाधिवेशन रोकिएको सर्कुलर महासंघद्वारा गरिँदैन, तबसम्म त्यो आधिकारिक हुँदैन, यो विधि र प्रक्रियासंगत पनि हुँदैन,' नेतृत्वको परिपत्रमा असन्तुष्टि जनाउँदै जमरकट्टेलले लेखेका छन्। 
युनियनले नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीको मुख्य हल तीन दिनका लागि भाडामा लिइसकेको छ भने प्रतिनिधिलाई बसाउनका लागि सुन्धारमा ३ सय ५० कोठा बुक गराएको छ। करिब १ हजार प्रतिनिधिका लागि प्रतिनिधि पास, कापी, कलम, हाफ ज्याकेटसहित दिउँसोको खाजाको बन्दोबस्त पनि गरिसकेको अवस्थामा महाधिवेशन रोक्न नहुने युनियन नेतृत्वको भनाइ छ। 
'वैचारिक सुस्पष्टतासहित रुपान्तरित संगठन र नयाँ कार्ययोजना आजको आवश्यकता, मजदुर अधिकारसहित औद्योगिक विकासका लागि क्रान्तिकारी मजदुरको एकता' भन्ने मूल नारासहित महाधिवेशन हुँदैछ। एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, एक उपाध्यक्ष, एक महासचिव, एक महिलासहित तीन उपमहासचिव, एक महिलासहित तीन सचिव र एक कोषाध्यक्षसहित ११ पदाधिकारी रहने व्यवस्था विधानले गरेको छ। पेसागत संगठनका अध्यक्ष स्वतः केन्द्रीय सदस्य हुने र हलले ४० जना बराबरलाई नेतृत्वका लागि प्रतिस्पर्धा गराउनेछ। करिब ८१ जनाको केन्द्रीय समितिका लागि देशभरिबाट ३५ हजार मजदुरले सदस्यता नवीकरण गरेका छन् भने महाधिवेशनका लागि भनेर असोज मसान्तसम्मको एकमुष्ट १ सय ६० रुपैयाँ शुल्क पनि उठाइएको छ।
पार्टीले महाधिवेशन रोक्न निर्देशन दिए पनि महासंघले भने औपचारिक रुपमा स्थगित गरेको घोषणा अझै नगरेको महासचिव गणेश रेग्मीले बताए। 'पार्टीले महाधिवेशन रोक्न निर्देशन दिए पनि हालसम्म हामीले स्थगित भएको औपचारिक घोषणा गरेका छैनौं,' महासचिव गणेश रेग्मीले नागरिकसँग भने, 'पार्टीको निर्देशन अन्तिम समयमा आएकाले रोक्नुहुन्न भन्नेमा बहुमत छ, यद्यपि त्यसको छिनोफानो भदौ २५ गतेको केन्द्रीय समिति बैठकले गर्नेछ।' बैठकको निर्णय नआउन्जेल महाधिवेशन हुन्छ भनेर बुझ्नुपर्ने उनले बताए।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस