काठमाडौं, मंसिर १- प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानन्यायाधीश नियुक्तको सिफारिस गर्न संविधान परिषद्को बैठक मंगलबार बोलाउन आफ्ना कार्यालयका कर्मचारीलाई निर्देशन दिएका छन्।
वर्तमान प्रधानन्यायाधीश मीनबहादुर रायमाझीले आगामी मंसिर २७ गते ६५ वर्ष पूरा गरी अनिवार्य अवकास पाउने भएकाले नयाँ नियुक्तका लागि प्रधानमन्त्रीले परिषद्को बैठक बोलाउन लागेका हुन्।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार न्यायपरिषद्ले संवैधानिक परिषद्लाई पत्र लेखी मंसिर २७ देखि प्रधानन्यायाधीश पद रिक्त हुन लागेको जानकारी गराउँदै समयमै पदपूर्ति गरिदिन आग्रह गरेको छ।
संवैधानिक परिषद्ले सिफारिस गरेका व्यक्तिमाथि संसदीय समितिले सुनुवाइ गरी अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त हुने संवैधानिक व्यवस्था छ।
सुनुवाईसहित सबै प्रक्रिया पूरा गर्न झन्डै तीन साता लाग्ने भएकाले समयमै प्रधानन्यायाधीश नियुक्तको सिफारिस गर्न प्रधानमन्त्रीले परिषद् बोलाउन लगाएका हुन्।
सर्वोच्चमा वरिष्ठतम् न्यायाधीश अनुपराज शर्मा छन्। उनी प्रधानन्यायाधीश नियुक्त भए भने कानुन व्यवसायबाट न्यायाधीश नियुक्त भई न्यायालयको सबभन्दा उच्च पदमा पुग्ने पहिलो व्यक्ति हुनेछन्।
सर्वोच्चमा शर्मापछि रामप्रसाद श्रेष्ठ, खिलराज रेग्मी र बलराम केसी वरिष्ठ न्यायाधीश हुन्। माओवादी अध्यक्ष एवं विपक्षी दलका नेता पुष्पकमल दाहाल उपस्थित नभएका कारण यसअघि प्रधानमन्त्रीले बोलाएका परिषद्का दुई बैठक स्थगित भएका थिए। परिषदमा एक जनामात्र सदस्य अनुपस्थित भए पनि बैठक स्थगित गर्ने परम्परा छ।
यसैबीच प्रधानमन्त्रीले सेना समायोजन विशेष समितिको बैठकसमेत मंगलबारै नै बोलाउन मन्त्रिपरिषद् सचिवालयका कर्मचारीलाई निर्देशन दिएका छन्। यसअघि बोलाइएको समितिको बैठकसमेत माओवादीका प्रतिनिधि नआएका कारणले एकपटक स्थगित भएको थियो।