काठमाडौं– मोहन बैद्य नेतृत्व नेकपा–माओवादीले केन्द्रीय सदस्य अनिल शर्मा बिरहीलाई निलम्बन गरेको छ। एकीकृत नेकपा माओवादीका पूर्व जिल्ला सेक्रेटरी रमेश रेग्मीसँग मिलेर संयुक्त प्रेस बिज्ञप्ति जारी गरेपछि केन्द्रीय सदस्य शर्मालाई निलम्बन गरिएको हो।
'भदौं १९ नेकपा माओवादीका केन्द्रीय समितिका सदस्य क. अनिल शर्मा बिरहीद्वारा एनेकपा माओवादीका एक सदस्यसहित संयुक्त बिज्ञप्ति प्रकाशित गरी नेतृत्वविरुद्ध अर्नगल आक्षेप लगाइएको छ' महासचिव रामबहादुर थापाद्वारा हस्ताक्षरित बिज्ञप्तिमा भनिएको छ, 'यस प्रकारको मर्यादा बिपरित तथा अनुशाषनहीन काम गरेकोमा तत्काल उहाँलाई अनिश्चितकालका लागि सम्बन्धित कामको जिम्मेबारीवाट निलम्बन गरिएको कुरा सार्वजनिक गरिन्छ ।'
महासचिव थापाको विज्ञप्तिमा शर्माले नेतृत्वबिरुद्ध के आरोप लगाएका थिए भन्ने केही खुलाइएको छैन ।
स्रोतका अनुसार चितवनस्थित पार्टी कार्यालय बिक्रीका बारेमा विवाद बढ्दै गएपछि शर्माले त्यसको आलोचना गरेका थिए। दुवै पार्टीका नेतृत्व मिलेर विवादित सो पार्टी कार्यालय बिक्री गर्न खोजेको भन्दै शर्माले आपत्ति जनाएका थिए। सोही आपत्तिका कारण शर्मालाई केन्द्रीय कार्यालयले निलम्बन गरिएको बुझिन आएको छ।