गठबन्धन कायम रहने वा नरहने भन्नेमा अहिल्यै भन्न सकिन्न: काँग्रेस नेता महत
१७ कार्तिक २०७८
•
२ मिनेट पाठ
गठबन्धन कायम रहने वा नरहने भन्नेमा अहिल्यै भन्न सकिन्न: काँग्रेस नेता महत
नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले अहिलेको सत्तारुढ गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने वा नरहने भन्ने बारेमा अहिल्यै निश्कर्षमा पुग्न नसकिने बताएका छन्। काँग्रेस एक्लैले निर्वाचनमा बहुमत ल्याउने गरी प्रयास जारी राखेको भन्दै उनले गठबन्धन आगामी निर्वाचन सम्मका लागि तय नभएको संकेत गरे।




‘सरकारको अवधिभर गठबन्धन कायम रहन्छ’, पाथीभरा मन्दिरको दर्शनपछि काठमाडाँै फर्कनुअघि ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा सञ्चारकर्मीहरुसँग उनले भने, ‘आगामी निर्वाचनमा गठबन्धनले निरन्तरता पाउने नपाउने विषयमा अहिले नै भन्न सकिन्न।’ घुमाउरो पारामा उनले निर्वाचनका बेला गठबन्धन साझेदार दलहरु पनि आ–आफ्नो हितको योजनामा हुनसक्ने भन्दै आगामी निर्वाचनमा काँग्रेस एक्लै चुनावी मैदानमा जान सक्ने संकेत गरे।

काँग्रेस नेता महतले हाल न्यायको क्षेत्रमा देखिएको समस्याप्रति प्रधानन्यायाधीस चोलेन्द्रशम्सेर जबरा गम्भीर बन्नुपर्ने बताए। प्रधानन्यायाधीस आफैं गम्भीर बन्दै समस्याको निकास अदालतबाटै निस्कनुपर्ने महतले धारणा राखे।

स्वतन्त्र न्यायपालिकामा हाल देखिएको समस्या चाँडै अन्त्य हुनुपर्ने बताउँदै प्रधानन्यायाधीसले संविधान विपरीत कार्य गरेको भन्ने कुनै प्रमाण नभएकाले अहिलेसम्म सरकारले कुनै हस्तक्षेप नगरेको दावी गरे। न्यायालयमा देखिएको समस्याप्रति विभिन्न टिकाटीप्पणी आइ रहेपनि संवैधानिक व्यवस्थाप्रति सबै जिम्मेवार हुनुपर्ने र समस्यालाई निकास दिँदै चाँडै न्याय सम्पादनको कार्य शुरु गर्ने वातावरण बनाउन प्रधानन्यायाधीस गम्भीर हुनुपर्ने उनको भनाइ थियो। नेता डा. महतले पार्टीको महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने तयारी गरिरहेको बताए।

पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका नेता महतले यसअघि पार्टी सभापति शेरबहादुर देउबालाई सभापतिका लागि सहयोग गरेको उल्लेख गर्दै अब आउँदो महाधिवेशनमा महामन्त्रीका लागि आफूले सहयोग पाउने विश्वास व्यक्त गरे।

पार्टीको महाधिवेशन निर्धारित समयमै हुने पनि उनको भनाइ थियो।
अर्को समाचार
राजीनामा नदिए देशभर आन्दोलन: बार
१० कार्तिक २०७८
•
२ मिनेट पाठ
राजीनामा नदिए देशभर आन्दोलन: बार
नेपाल बार एसोसिएसनले न्यायपालिकामा विवाद आउनुमा राजनीतिक दल जिम्मेवार रहेको ठहर गरेको छ। बारले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई अविलम्ब पदत्याग गर्न आग्रह समेत गरेको छ।




बारको मंगलबारको बैठकले न्यायाधीश चयन प्रक्रिया गलत रहेको भन्दै न्यायपालिकाको प्रणाली नै परिवर्तन गर्न संविधान संशोधनसम्मको माग गरेको छ। वर्तमान गतिरोध अन्त्य गरी सहज निकास दिन प्रधानन्यायाधीश राणाले अविलम्ब राजीनामा दिई मार्ग प्रशस्त गर्न उपयुक्त हुने बैठकको निष्कर्ष छ।

‘प्रधानन्यायाधीशलाई पदत्याग गर्न आह्वान गर्दछौं’, बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ।

बारले विज्ञप्तिमा लेखेको छ, ‘न्यायपालिकामा राजनीतिक हस्तक्षेप बढ्दै जानुमा संसदीय सुनुवाइसम्बन्धी व्यवस्था, संवैधानिक परिषद्मा प्रधानन्यायाधीशको संलग्नताको व्यवस्था, न्याय परिषद्को संरचनासम्बन्धी व्यवस्था पनि जिम्मेवार छन्।

संविधान संशोधन गरी न्यायपालिकामा कार्यपालिका, व्यवस्थापिका र राजनीतिक दलहरूको हस्तक्षेप नहुने व्यवस्था गर्न सरकार, संसद्, राजनीतिक दललाई समेत आह्वान गर्दछौं।’

न्यायपालिकाका नेतृत्वलाई कार्यपालिकामा भाग दिन र न्यायाधीशलाई मानपदवीसमेत दिई न्यायपालिकाको स्वतन्त्रता, निष्पक्षतामा प्रभाव पार्न खोज्ने सरकार र राजनीतिक दलहरूको कार्यप्रति पनि बारले निन्दा गरेको छ।

प्रधानन्यायाधीशले राजीनामा नदिएमा देशभरका एकाइमार्फत आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने महासचिव लीलामणि पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ। पटकपटक प्रधानन्यायाधीशबाट सार्वजनिक प्रतिबद्धता व्यक्त भए पनि व्यवहारमा देखिनेगरी सुधारका काम नभएको बरु विकृति, विसंगति र बिचौलियाको प्रभाव र दबाब मौलाउँदै गएकोप्रति ध्यानाकर्षण गराइएको छ।

सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्की संयोजक रहेको समितिको प्रतिवेदनले औंल्याएका कमीकमजोरी सुधार्न दिएका सुझाव कार्यान्वयन हुन नसकेकोमा बारको चिन्ता छ।

केही मुद्दा अस्वाभाविक रूपमा पेसी नचढाइ सुनुवाइ गर्न ढिलाइ गरेको, केही मुद्दा अविश्वसनीय तरिकाले छिटो पेसी राखी सुनुवाइ गरेको, मन्त्रिपरिषद्, संवैधानिक नियुक्तिसमेतमा हिस्सेदारी खोजेको, आफू विपक्ष भएको मुद्दाको पेसी लामो समय नचढेको, कुनै मुद्दा निश्चित न्यायाधीशको इजलासमा मात्र पारेको, बिचौलिया व्यक्तिहरूलाई संरक्षण गरेको विषयमा बारले लिखित मौखिक जानकारी गराइसकेको स्मरण गराएको छ।

बारसहित सोमबार बोलाइएको फुलकोर्ट बैठक नबसेकोलाई पनि बारले गम्भीर रूपमा लिएको छ। ‘प्रधानन्यायाधीश निरन्तर एकपछि अर्को विवादमा तानिनुले न्यायपालिकाको प्रतिष्ठा, गरिमामा गम्भीर आँच आई स्वतन्त्र न्यायपालिकाप्रति गम्भीर प्रश्न उठेकाले अब उहाँबाट संवैधानिक दायित्व पूरा हुन नसक्ने’ बारको ठहर छ।
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस