काठमाडौं-खरिद प्रक्रियामा कानुनी व्यवधान देखिएपछि सरकारले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को शिखर सम्मेलनका लागि बुलेटप्रुफ गाडी भाडामा ल्याउने भएको छ।सार्वजनिक खरिद ऐन, २०६३ र नियमावलीअनुसार प्रयोग गरिएका गाडी खरिद गर्न नमिल्ने भएपछि परराष्ट्र मन्त्रालयले सार्क सदस्य रहेका छिमेकी राष्ट्रबाट बुलेटप्रुफ गाडी भाडामा ल्याउने प्रक्रिया अघि बढाएको छ। ‘कानुनी अड्चनले गर्दा प्रयोग भएका बुलेटप्रुफ गाडी खरिद गर्न नसकिने भयो। त्यसैले आवश्यक पर्ने १४ वटा बुलेटप्रुफ गाडी भाडामा ल्याउने निर्णय भएको छ,' परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, ‘त्यसका लागि काठमाडौंमा रहेका भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाका राजदूतसँग छलफल सुरु गरेका छौं।'
सार्कको १८ औं शिखर सम्मेलन आगामी मंसिर १० र ११ गते काठमाडौंमा हुँदैछ। त्यसका लागि सरकारले विभिन्न समिति, उपसमिति बनाएर तयारी तीव्र रूपमा अघि बढाएको छ।
बुलेटप्रुफ गाडी उत्पादक कम्पनीहरूले मंसिरसम्ममा नयाँ गाडी उपलब्ध गराउन नसक्ने सूचना दिएपछि परराष्ट्र बिएमडब्लुका पुराना गाडी खरिद गर्ने तयारीमा थियो। तर, पुराना गाडी खरिद गर्न कानुनी अड्चन देखियो। त्यसैले परराष्ट्र गाडी भाडामा लिने निर्णयमा पुगेको हो।
सार्कमा नेपाल, भारत, बंगलादेश, भुटान, श्रीलंका, माल्दिभ्स, पाकिस्तान र अफगानिस्तान गरी आठ सदस्य राष्ट्र छन्। शिखर सम्मेलनमा सबै राष्ट्राध्यक्ष तथा सरकार प्रमुख सहभागी हुने गर्छन्। सुरक्षाका दृष्टिले उनीहरू सबैलाई बुलेटप्रुफ गाडी उपलब्ध गराउने अभ्यास छ।
सम्मेलनका दौरान राष्ट्राध्यक्ष तथा सरकार प्रमुख आवतजावत गर्दा गाडी कारणवस बिग्रिहाले तत्काल उपलब्ध गराउन अलग्गै आठवटा बुलेटप्रुफ गाडी पनि तयारी अवस्थामा राख्नुपर्छ। राष्ट्राध्यक्ष तथा सरकार प्रमुखको श्रीमतीलाई पनि अलग–अलग गाडी उपलब्ध गराउने अभ्यास छ। ‘भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाले के कति बुलेटप्रुफ गाडी उपलब्ध गराउन सक्छन्, हामी छलफल गरिरहेका छौं। गाडी ल्याउन र फिर्ता गर्न लाग्ने सम्पूर्ण खर्च नेपालले नै बेहोर्छ,' स्रोतले भन्यो।
नेपालमा अहिले राष्ट्रपति रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला र पूर्वराजा ज्ञानेन्द्र शाहले मात्र बुलेटप्रुफ गाडी चढ्ने गरेका छन्। यीबाहेक दरबारका दुइटा बुलेटप्रुफ गाडी बिग्रिएका छन्। २ हजार किलोमिटर पनि नचलेका ती दुई गाडी अहिले स्टार्टसमेत नहुने अवस्थामा छन्। ‘सकेेसम्म बिग्रेका दुई बुलेट प्रुफ गाडीसमेत बनाउने प्रयास गर्छौं,' स्रोतले भने।
केही साताअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदासमेत उनी चढ्ने गाडी ल्याउन भारतलाई नै आग्रह गरिएको थियो। नेपालको आग्रह अनुसार भारतले मोदीका लागि दुइटा बुलेटप्रुफ गाडी भ्रमणको दुई दिनअघि नेपाल ल्याएको थियो र भ्रमण सकिएपछि फिर्ता लगेको थियो। ‘सम्मेलनको मिति ज्यादै नजिक आइसकेको छ, हामीसँग समय छैन। त्यसैले चार देशले के कति गाडी उपलब्ध गराउन सक्छन् भन्ने जानकारी दिनेबित्तिकै गाडी ल्याइहाल्छौं,' स्रोतले भन्यो।
सार्कको १८ औं शिखर सम्मेलनको विदेशमन्त्री स्तरीय बैठक मंसिर ९ गते हुनेछ भने सचिव स्तरीय बैठक मंसिर ७ र ८ गते काठमाडौंमै हुनेछ। यस्तै, सहसचिव स्तरीय प्रोग्रामिङ कमिटीको बैठक मंसिर ६ गतेलाई राखिएको छ।