काठमाडौं-४ बुँदे सहमति कार्यान्वयन, बजेटमा अर्थमन्त्रीले गरेको प्रतिवद्दता कार्यान्वयन लगायतका माग राख्दै प्रतिपक्षी दलले संसद बैठक अवरुद्द गरेका छन्।
विपक्षी दलका तर्फबाट संसदमा बोल्दै फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सहमति कार्यान्वयन गर्न सरकारले आलटाल गरेको बताए। संविधान निर्माणमा मिलिसकेका कुरामा पनि सत्तारुढ दलका नेताहरुले सहमति विपरित अभिव्यक्ति दिएको भन्दै यादवले आपत्ति जनाएका थिए।
४ बुँदे सहमतिमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन लगायतका विषय रहेका छन्।
अवरुद्द बैठक भोली ३ बजेको लागि बोलाइएको छ। भोली ५ बजे नै संविधानसभाको बैठक पनि बस्ने भएको छ।