संविधान वार्तामा 'जघन्य अपराधी'
२६ भदौ २०७१
•
८ मिनेट पाठ
संविधान वार्तामा 'जघन्य अपराधी'
काठमाडौं- साउन दोस्रो साता संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिद्वारा गठित प्रारम्भिक वार्ता उपसमितिको टोली इलाम पुगेर किरात जनवादी वर्कस पार्टीसँग वार्तामा बस्यो। सभासद आनन्दप्रसाद ढुंगानासहितको टोली नयाँ संविधानमा सहमति जुटाउन वर्कसका वार्ता टोली संयोजक सुमन बान्तवासँग प्रारम्भिक सहमति गरी फर्कियो।

ऐतिहासिक संविधानसभामार्फत जनताले बनाइरहेको नयाँ संविधानबारे संसदीय समितिसँग सहमति गर्ने सुमन कुन हैसियतका व्यक्ति हुन्, त्यो भने समितिले ख्यालै गरेन।
प्रहरीका अनुसार सुमन हातहतियार तथा खरखजाना र विष्फोटक पदार्थ मुद्दाका अभियुक्त हुन्। सरकारी सुरक्षा घेराबीच सभासद टोलीसँग वार्तामा बसेका उनको नाम प्रहरीकै खोजी सूचीमा 'फरार' छ।
गृह मन्त्रालयले तयार पारेको पछिल्लो प्रतिवेदनअनुसार बान्तवाविरुद्ध २०६७ जेठ ८ मा जिल्ला प्रशासन कार्यालय, खोटाङमा हातहतियार खरखजाना मुद्दा दर्ता छ।
सुमनसँगै वार्ता टोली सदस्यका रूपमा सहभागी वर्कसका सदस्य गंगालाल दाहाल (गंगालाल तुफान) पनि हातहतियार र विष्फोटक पदार्थ प्रयोग अभियोगमा सुरक्षा निकायको खोजी सूचीमा छन्। जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको सूचीमा उनीविरुद्ध हातहतियार खरखजाना र विष्फोटक पदार्थको मुद्दा दर्ता छ। प्रहरी रेकर्डमा उनको अवस्था पनि फरार छ। उनी अपहरण मुद्दामा दोषी ठहर भई जेल परेर २०७१ असार ९ मा मात्र कैदभुक्तान गरी रिहा भएका थिए।
नयाँ संविधानका अन्तर्वस्तुमा सहमति जुटाउन संविधानसभाभित्र र बाहिरका राजनीतिक दल तथा सरोकारवाला पक्षसँग वार्ता गर्न बनेको उपसमितिका सभासद इलाम, जनकपुर र नेपालगन्ज गएर १७ समूहसँग वार्ता गरेको थियो।
संसदीय टोलीसँग संविधान वार्तामा बसेकामध्ये ६ जना त हत्या अभियोगमा 'फरार' हुन्। 
वार्ता गरिएका समूहमा पछिल्ला दिन निष्त्रि्कय सशस्त्र गतिविधिमा संलग्न समूहको बाहुल्य छ। संसदीय टोलीले २०७१ साउन ११ र १२ गते इलाममा जनवादी किरात वर्कस पार्टी (अनन्त) संयुक्त जातीय मुक्ति मोर्चा, स्टेटस फोर्स लिम्बुवान, जनवादी वर्कस पार्टी (विद्रोही समूह), संघीय लिम्बुवान राज्यपरिषद (कुमार लिङदेन समूह), संयुक्त जातीय मुक्ति मोर्चा (देवराज लामा), संघीय लिम्बुवान राज्यपरिषद (सञ्जुहाङ पालुवाङ) सँग वार्ता गरेको थियो।
यही सिलसिलामा साउन २५ र २६ मा जनकपुर पुगेर टोलीले संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा (सञ्जयकुमार गुप्ता समूह), मधेसी भाइरस किलर्स, जनतान्त्रिक तराई मुक्ति मोर्चा (पृथ्वी समूह), अखिल तराई मुक्ति मोर्चा (अजित सिंह) र मधेस राष्ट्र जनतान्त्रिक पार्टी (क्रान्तीकारी) सँग वार्ता गरेको थियो। 
भदौ ७ र ८ मा नेपालगन्जमा भएको वार्तामा जनतान्त्रिक तराई मधेस मुक्ति पार्टी (भगत सिंह) र माओवादी कम्युनिस्ट केन्द्र नेपालको टोली वार्तामा थिए। 
जनकपुर पुगेको संसदीय टोलीसँग वार्ता गर्ने संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा ( सञ्जयकुमार गुप्ता समूह) का सदस्य नसिम खान ७ वटा आपराधिक घटनाका अभियुक्त हुन्। उनीमाथि कर्तव्यज्यानका छवटा र डकैतीको एउटा मुद्दा चलिरहेको छ।
गृहले तयार पारेको 'गोप्य' प्रतिवेदनअनुसार खानमाथि २०६३ जेठमा धारिलो हतियारले सोनु बरईको हत्या गरेको, २०६४ वैशाखमा प्रेम परियारलाई गोली हानी मारेको, सोही वर्ष चैतमा शिवपुजन कुर्मीको गोलीले हत्या गरेको, २०६५ भदौमा नसिबुल्लाह मुसलमान र अकला कोहारको गोली हानी हत्या गरेको, सोही वर्षको कात्तिकमा पिपरा गाविस सचिव रामिलनप्रसाद गुप्ताको गोली हानेर हत्या गरेको र २०६७ वैशाखमा राजेन्द्रप्रसाद तिवारीको गोली हानेर हत्या गरेको मुद्दा छ। 
खानविरुद्ध २०६४ वैशाखमा कपिलवस्तुका सन्दीपकुमार गुप्तालाई बन्दुक देखाएर २ लाख रकम लुटेको मुद्दासमेत छ। उनको डाँका मुद्दा सर्वोच्चमा विचाराधीन छ भने अन्य मुद्दा जिल्ला अदालतमा।
संयोजक सञ्जयकुमार गुप्ता (कौटिल्य) पनि हत्या अभियोगमा अदालतको तारेख धाइरहेका छन्। २०६७ असारमा इन्द्रकुमार श्रेष्ठलाई गोली हानी मारेको अभियोग लागेका उनी चैतमा पक्राउ परेपछि कारागार चलान भएकोमा सर्लाही जिल्ला अदालतको आदेशमा तारेखमा छुटेका थिए। वार्तामा संलग्न संघीय लिम्बुवान राज्य परिषद्का संयोजक मिन्सु चगेवु श्रीअन्तुमा रहेको गणेश स्टेट प्रालिको गोदाममा आगो लगाएको घटनाका आरोपी हुन्। 
जनतान्त्रिक तराई मुक्ति मोर्चा (पृथ्वी समूह) का वार्ता संयोजक महाराज यादव (पृथ्वी सिंह) दुइटा हत्या मुद्दाका अभियुक्त हुन्। प्रहरी रेकर्डमा उनी पनि फरार छन्। 
गृहको गोप्य प्रतिवेदनअनुसार २०६५ असोजमा जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन शाखा अधिकृत मोहनप्रसाद मैनाली र २०६६ भदौमा पर्साकै लिपनीमा धानखेतमा पड्काइएको बममा परेर दसंै महतो मारिएको घटनामा संयोजक यादवविरुद्ध मुद्दा चलिरहेको छ।
संयुक्त जातीय मुक्ति मोर्चा (देवराज लामा) समूहका संयोजक नरेश केसी (अविरल) अपहरण अभियोग पुष्टिसँगै जेल परेका व्यक्ति हुन्। २०६८ मा मुद्दा चलाइएका उनी कैद सजाय काटेर २०७० माघ १४ मा छुटेका थिए।
संसदीय वार्ता टोलीसँग संविधान वार्ता गरेको मधेस राष्ट्र जनतान्त्रिक पार्टी (क्रान्तीकारी) का संयोजक रामबाबु यादव (रणवीर सिंह) माथि २०६९ देखि विष्फोटक पदार्थ मुद्दा चलिरहेका व्यक्ति हुन्। उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय, सप्तरीमा मुद्दा दर्ता छ भने उनी फरार सूचीमा छन्। 
गृहको प्रतिवेदनअनुसार वार्तामा बसेका ४६ विरुद्ध मात्र प्रहरीप्रशासनमा कुनै अभियोग रेकर्ड छैन।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस