बेलायत टुक्रिए विश्वभर तरंग
२६ भदौ २०७१
•
८ मिनेट पाठ
बेलायत टुक्रिए विश्वभर तरंग
काठमाडौं— संयुक्त अधिराज्य बेलायतको एक हिस्सा स्कटल्यान्ड स्वतन्त्र देश हुने कि नहुने भन्ने मुद्दामा मतदान हुनु नौ दिनअघि गरिएको मतसर्वेक्षणले 'स्वतन्त्र स्कटल्यान्ड' पक्षमा बहुमत देखाएपछि विश्व ध्यान बेलायततिर तानिएको छ।




बेलायत टुक्रिँदा त्यसको तरंग विश्व अर्थतन्त्रमै पर्ने विश्लेषणसँगै सेप्टेम्बर १८ (असोज २) मा हुने जनमतसंग्रह सबैको चासो बनेको हो।
जनमतको परिणामले स्कटल्यान्डलाई स्वतन्त्र राष्ट्रका रूपमा पदार्पण गराए त्यसले बेलायत र समग्र विश्वमा कस्तो असर पार्ला भन्ने लेखाजोखा सुरु भइसकेको छ ।

मतसर्वेक्षण सार्वजनिक भएपछि विश्वबजारमा बेलायती मुद्रा स्टलिङ पाउन्ड कमजोर बनेको सन्दर्भलाई सेप्टेम्बर १८ को सम्भावित परिणामसँग जोडेर हेर्न थालिएको छ ।

स्कटल्यान्डलाई स्कटिस पहिचानका आधारमा स्वतन्त्र देश बनाउनुपर्ने पक्षमा ५० प्रतिशतभन्दा बढी मत आउने सर्वेक्षणको नतिजा सार्वजनिक भएपछि बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनसहित प्रमुख दलका नेता उत्तरी क्षेत्रको भ्रमणमा निस्केका छन् ।

एकीकरणका पक्षधर उनीहरू आफ्नो पक्षमा मतदान गरे स्कटल्यान्डको संसदलाई बढी अधिकार दिने प्रतिबद्धता जनाउँदै हिँडेका छन् । कर, शिक्षा, समाजकल्याण जस्ता विषयमा निर्णय लिन लन्डनको मुख नताकी स्थानीय स्तरमा गर्न सक्छन् ।

तीन सय सात वर्षअघि इङ्ल्यान्ड, वेल्स र स्कटल्यान्ड मिलेर संयुक्त अधिराज्य बनेको थियो । स्कटल्यान्ड सन् १७०७ मा अधिराज्य इङ्ल्यान्ड र वेल्ससँग 'एक्ट अफ युनियन' सन्धि गरी एकीकृत भएको थियो ।

स्वतन्त्रता पक्षधरले बेलायतको तीन विषय राजतन्त्र, मुद्रा र प्रसारण संस्था बिबिसीलाई नयाँ स्वतन्त्र देशमा पनि निरन्तरता दिने बताएर आफ्नो पक्षमा पकड जमाइरहेका छन् ।

बेलायती अर्थमन्त्री जर्ज ओस्वर्नले स्वतन्त्र स्कटल्यान्डले स्टर्लिङ पाउन्ड प्रयोग गर्न नपाउने बताएपछि स्वतन्त्रता पक्षधरको संख्या झन् बढेको हो । त्यसअघि एकीकृत देशका पक्षधरले १० प्रतिशतभन्दा बढीले अग्रता लिइरहेका थिए ।

स्वतन्त्र देशका पक्षधर एलेक्स सालमोन्डको स्कटिस नेसनल पार्टीले स्थानीय संसदमा सन् २०११ को निर्वाचनमा ऐतिहासिक सफलता प्राप्त गरेपछि एकीकृत देशमा रहने वा स्वतन्त्र हुने भन्ने मुद्दामा मतदान हुन लागेको हो ।

अभियान सुरु हुँदा धेरैले यसलाई कहिल्यै जित्न नसकिने मुद्दाका रूपमा लिएका थिए । त्यो स्वाभाविक पनि थियो, यही मुद्दा उठाएको स्कटिस नेसनल पार्टीले दोस्रो विश्वयुद्धपछि भएको संसदीय निर्वाचनमा जम्मा ०.५ प्रतिशत मत मात्र प्राप्त गरेको थियो ।

अभियान अघि बढाएपछि उक्त पार्टीले आफूलाई असर पर्ने निर्णय स्कटिस जनता आफैंले लिनुपर्ने धारणा राख्दै आएको छ । स्वतन्त्र भएपछि स्कटल्यान्डको भविष्य स्कटल्यान्डकै हातमा हुने र त्यसले जीवन अझ राम्रो बनाउन सक्ने उनीहरूले प्रचार गर्दै आएका छन् ।

अर्कातर्फ, एकीकृत बेलायतका पक्षको नेतृत्व डेभिड क्यामरुनले गरिरहेका छन् । उनी युनाइटेड किङडम अफ ग्रेट ब्रिटेन र नर्दन आयरल्यान्डकै अंंशका रूपमा स्कटल्यान्ड रहनुपर्ने धारणा राख्छन् । यो निर्णय गर्ने अधिकार स्कटसिट जनतामै रहनेमा भने उनी प्रस्ट छन् । एकीकृत संयुक्त अधिराज्यले सुरक्षा र सामथ्र्य दिने दाबी उनको छ । स्वतन्त्र हुने घटनालाई क्यामरुनले 'पछि फर्किन नसकिने अवस्था' भन्दै चेतावनी दिइसकेका छन् ।

स्कटल्यान्डको भविष्यमाथि उठ्न थालेको प्रश्नले आन्तरिक र अन्तर्राष्ट्रिय अर्थतन्त्रमा असर पार्न थालिसकेको छ । लामो समयदेखि अन्तर्राष्ट्रिय आर्थिक राजधानीका रूपमा हेरिएको बेलायत विभाजनले कमजोर हुने चिन्ता व्यक्त गरिएका छन् ।

गत महिना १ सय ३० व्याापरिक नेताले मुद्रा, कर नियमन, पेन्सन, युरोपेली संघको सदस्यता र स्कटिस निर्यातमा दिँदै आएको सहयोगलाई असर पार्ने चेतावनी दिँदै खुला पत्र प्रकाशित गरेका थिए । त्यसको एक दिनपछि २ सय भन्दा बढी व्यापारिक नेताले स्वतन्त्र स्कटल्यान्डका पक्षमा खुला पत्र लेखेर प्रतिवाद गरेका थिए । यो अवस्थाले स्कटल्यान्डको भविष्यबारे निक्र्याेल गरिहाल्नुपर्ने बेला भएको संकेत गरेको थियो ।

स्कटल्यान्ड स्वतन्त्र भए त्यसले बेलायतको सुरक्षा क्षमतामा पनि असर पार्नेछ । स्कटल्यान्ड सरकारले यसअघि नै जतिसक्दो चाँडो आफ्नो भूभागबाट आणविक हतियार हटाउन चाहेको जनाउ दिइसकेको छ । स्कटिस सरकारको घोषणा छ– स्वतन्त्र स्कटल्यान्डमा कुनै प्रकारको आणविक हतियार रहनेछैन ।

उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) को सदस्यताबारे पनि उसले यही आधारमा निर्णय लिने जनाइसकेको छ । नेटो र युरोपेली संघ प्रवेशका लागि स्कटल्यान्डले नयाँ वार्ता सुरु गर्नु पर्नेछ । संघका नेताले पनि सदस्यता दिँदा नयाँ देशलाई जस्तै प्रक्रिया स्कटल्यान्डले पूरा गर्नुपर्ने र उनीहरूविरुद्ध कडा नीति अख्तियार गरिने संकेत गरिसकेका छन् ।

स्कटल्यान्ड स्वतन्त्र देश बने स्वतन्त्र देश अभियान चलाउँदै आएका देशहरूले त्यसलाई आदर्श घटना मान्न सक्छन् । स्पेनको क्याटालोनिया, क्यानडाको क्युबेक, फ्रान्सको कोर्सिका द्वीपजस्ता स्वतन्त्रता पक्षधर अहिले स्कटल्यान्डलाई नजिकबाट नियालिरहेका छन् ।

१६ वर्ष पुगेका, स्कटल्यान्ड बसोबास गर्दै आएका सबैले जनमतसंग्रहमा मतदान गर्न पाउनेछन् । यसको अर्थ स्कटल्यान्डमा बस्दै आएका इङ्लिस, वेल्स सबैले मत दिन पाउनेछन् । बेलायतका अन्य स्थान वा विदेशमा रहेकाले भने यसमा मताधिकार पाउनेछैनन् ।

आफ्नोभन्दा धेरै जनसंख्या भएका छिमेकीसँग स्कटल्यान्डको सम्बन्ध लामो समयदेखि तिक्त छ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस