काठमाडौं- विभिन्न दलका सभासदले संविधानका थाती विवादमा सहमति जुटाउन दलहरूलाई 'अन्तिम मौका' दिनुपर्ने बताएका छन्। संविधानसभा संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदनमाथि शुक्रबार संविधानसभा बैठकमा बोल्दै उनीहरूले अन्तिम मौकाका रूपमा प्रतिवेदन समितिमै फर्काएर सहमति खोजिनुपर्ने औंल्याए। त्यसो गर्दा पनि नभए मात्र प्रक्रियामा लगेर मतदानमार्फत विवादको छिनोफानो गर्नुपर्ने उनीहरूको तर्क छ।संवाद समितिलाई अन्तिमपटक समय थपिदिन सुझाव दिनेमा यसअघि प्रक्रियामा जानुपर्ने अडान लिँदै आएका सत्तारूढ नेपाली कांग्रेस र एमालेका सभासदसमेत छन्।
स्रोतअनुसार सभासदहरुकै सुझावअनुसार संवाद समितिको प्रतिवेदनमा आइतबार र सोमबार छलफल गराई अन्तिम एकपटकका लागि संवाद समितिमै पठाउने तयारी संविधानसभा सचिवालयको छ।
संवाद समितिका सभापति बाबुराम भट्टराईले समितिले गरेका कामको पूर्ण विवरण बिहीबार संविधानसभा बैठकमा पेस गरेका थिए। संविधानका मुख्य अन्तरवस्तु राज्य पुनःसंरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीबारे टुंगो लाग्न बाँकी छ।
बैठकमा धारणा राख्दै कांग्रेस सभासद भरत साहले विवादित विषय बहसमा ल्याएर टुंगो लगाउनुपर्ने बताए। उनले थोरै समय दिएर अन्तिम एकपटक संवाद समितिमै पठाउनुपर्ने धारणा राखे।
नेकपा एमालेका भीम रावलले विवादित विषयमा गम्भीर बहस गरेर निकास निकाल्नुपर्ने सुझाव दिए। उनले सबै क्षेत्रमा समानुपातिक राख्न नसकिनेसमेत बताए। 'राजदूतमा एक जना नियुक्ति गर्नु छ भने कसरी त्यसमा समावेशी र समानुपातिक गराउन सकिन्छ?,' उनको प्रश्न थियो।
रावलले राज्य पुनःसंरचनामा एकल जातीय हुन नसक्ने, दुई सदनात्मक व्यवस्था भए पनि सांसद संख्या प्रतिनिधिसभामा १५१ र राष्ट्रियसभामा ६५ मात्र हुनुपर्ने धारणा राखे।
एकीकृत माओवादीका शक्ति बस्नेतले पनि अहिले प्रक्रियाको कुरा नगरी संवाद समितिमा सहमतिका लागि पठाउनुपर्ने बताए। 'संवाद समितिमै लगेर सहमतिका लागि थप प्रयास गर्नुपर्छ,' बस्नेतले भने, 'प्रक्रियाको कुरा गरेर अन्तरवस्तुमा थप विवाद र जटिलता थप्नुहुँदैन।'
कांग्रेसकै रामहरि खतिवडाले विवादित विषयमा सहमति गर्न पठाएको भए पनि जम्मा ६९ घन्टा मात्रै छलफल गरेर शीर्षनेता गम्भीर नभएको बताएका थिए। उनले एकपटक संवाद समितिलाई समय दिन सकिने भए पनि पटकपटक दिन नसकिने उल्लेख गरे।
'केही सदस्यले संसदीय व्यवस्था असफल भयो भन्नुभएको छ,' खतिवडाले भने, '०१७ सालमा महेन्द्र र ०५२ मा माओवादीले नै संसदीय व्यवस्थामा प्रहार गरेर उठ्न दिएका होइनन्।'
उनले 'नेताभन्दा नाता, नाताभन्दा दाता' चल्ने अवस्था आएकाले प्रतिनिधिसभामा प्रत्यक्ष मात्र सहभागी हुने व्यवस्था कायम हुनुपर्ने धारणा राखे।
कांग्रेसकै राजन केसीले 'तराईमा आधा जनसंख्या भएकाले विकासका लागि पनि आधा बजेट चाहिन्छ भन्नेहरूले तराईमा एक र पहाडमा १२ प्रदेश भन्न मिल्छ कि मिल्दैन' भन्दै प्रश्न गरेका थिए।
एमालेकै काशीनाथ अधिकारीले पहिलो संविधानसभामा जस्तै गल्ती दोहोर्या्उने काम गर्न नहुने धारणा राखे। 'माघ ८ को प्रतिबद्धता हामी पूरा गर्नैपर्छ,' उनले भने, 'प्रक्रियामा गएर पनि माघ ८ भित्र संविधान बनाउनैपर्छ।' उनले गलत साबित भएको संसदीय प्रणाली आफूहरूलाई मान्य नहुने धारणासमेत राखे।
एमाओवादीका अग्नि सापकोटाले पनि १२ बुँदेदेखि नै सहमतिको यात्रा जारी रहेकाले अहिले पनि प्रक्रियामा नभई सहमतिमा विवादित विषय टुंगो लगाउनुपर्ने बताए।
उनले अहिले विषयभन्दा राजनीति नमिलेको बताए। 'प्रदेशको नाम, संख्या र सीमा नमिलेको होइन,' उनले भने, 'यहाँ नमिलेको त राजनीति मात्र हो।'
राप्रपा नेपालका अध्यक्ष कमल थापाले भने संवाद समितिमा पठाउनुभन्दा छिटो प्रक्रियामा लैजानुपर्ने बताएका थिए। 'अब विलम्ब नगरी विधि र प्रक्रियामा जानुपर्छ,' थापाले भने, 'सहमतिको आवरणमा समय थप्ने काम गर्नुहुँदैन।'
थापाले धर्मनिरपेक्षता, संघीयता र गणतन्त्रजस्ता विषयमा जनमतसंग्रह हुनुपर्ने धारणासमेत राखे।
तमलोपाका बृजेशकुमार गुप्ताले पनि प्रक्रियामा जान नहुने धारणा राख्दै विवादित विषय संवाद समितिमै पठाउनुपर्ने बताएका थिए। नेमकिपाका डिल्लीप्रसाद काफ्लेले सहमतिका नाममा असहमति भइरहेको धारणा राखेका थिए।
'हिजो एउटा राजा थिए,' उनले भने, 'अहिले ३/४ जना राजाको ठाउँमा रहेर निरंकुशता लादिरहेका छन्।'
उनले हिमाल, पहाड र तराईलाई मिलाएर साझा नाममा १४ प्रदेशमा जान सकिने बताएका थिए।