काठमाडौं-पार्टीमा देखिएका पछिल्ला विवादबारे छलफल गर्न एमाले पदाधिकारी बैठक आज पाँच बजे बस्ने भएको छ।पदधिकारीको बैठकमा २६ सभासद मनोनयनपछि देखिएका विवाद, दुई मन्त्रीको फिर्ता बोलाएको र नयाँ मन्त्री सिफारिसको सम्बन्धमा छलफल गरिने एमाले स्रोतले जनाएको छ।
एमालेले शुक्रबार आफ्ना दुई मन्त्रीलाई फिर्ता बोलाउँदै महेश बस्नेतलाई उद्योग मन्त्री र दीपकचन्द्र अमात्य संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा सिफारिस गरेको थियो। फिर्ता बोलाइने मन्त्रीहरु पर्यटनमन्त्री भीम आचार्य र उद्योगमन्त्री कर्णबहादुर थापा हुन्।