काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारबाट पार्टीले मन्त्री फिर्ता बोलाउनु आश्चर्य नभएको बताएका छन्।
नेकपा एमाले मेची-काठमाडौं सम्पर्क मञ्चले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा ओलीले फिर्ता बोलाइएका मन्त्रीहरुले संविधान निर्माण र आफ्नो निर्वाचन क्षेत्रमा समय दिनुपर्ने देखिएकोले फिर्ता बोलाइएको जनाए।
एमालेले शुक्रबार पर्यटनमन्त्री भीम आचार्य र उद्योगमन्त्री कर्णबहादुर थापालाई सरकारबाट फिर्ता बोलाएको थियो। उनीहरुका ठाउँमा महेश बस्नेतलाई उद्योग मन्त्री र दीपकचन्द्र अमात्यलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा सिफारिस गरेको थियो।