काठमाडौं- नेपाली कांग्रेस र नेकपा (एमाले) का सभासदहरूले संविधानसभालाई 'बाइपास' गरेर संविधानका अन्तर्वस्तुमा सहमति नखोज्न शीर्ष नेतासँग आग्रह गरेका छन्। उच्चस्तरीय राजनीतिक संयन्त्र र सर्वदलीय राजनीतिक सभामार्फत संविधानका अन्तर्वस्तुमा सहमति कायम गर्ने प्रयास भएको भन्दै आपत्ति जनाएका हुन्।
संविधानसभाको आइतबार बैठकमा सभासदहरूले संविधानसभा बाहिर सहमति खोज्दा अघिल्लोपल्ट पनि संविधान नबनेको स्मरण गराउँदै हरेक विवादित विषयमा संविधानसभामै छलफल गरेर निकास निकाल्न सुझाव दिए।
कांग्रेस नेता रमेश लेखकले अहिले पनि संविधानका विवादित विषयमा बाहिरबाट सहमति खोज्नतिर लागे संविधानसभाकै लागि खतरनाक सावित हुने धारणा राखे। संविधानले तय गरेको बाटोबाट मात्र अघि बढ्न उनले सुझाव दिए। 'पहिले पनि संविधानसभाभित्र छलफल नहुँदा संविधान बन्न सकेन,' लेखकले भने, 'अहिले पनि त्यो भयावह दृष्य मैले देखिरहेको छु। संविधानसभाभित्रैबाट संविधान बनाउनुपर्छ। बाहिर नै सहमति खोज्नुपरे पनि संवाद समितिलाई अधिकार दिइएको छ। कसैले चाहेन भन्दैमा संवाद समिति पछि हट्नुहुँदैन।'
कांग्रेसकै गगन थापाले पनि संविधानसभाले संविधान र नियमावलीबाहेक बाहिरका कुनै पनि संरचना नचिन्ने धारणा राख्दै बाहिर भएका सहमति संविधानसभाले ग्रहण गर्नुपर्छ भन्ने बाध्यता नरहेको स्पष्ट पारे। उनले संवैधानिक–राजनीतिक संवाद समितिका सभापति बाबुराम भट्टराईप्रति संकेत गर्दै भने, 'अब यत्तिकै बसेर पानी उम्लिन्न, पोखिन्छ। बलेको आगो पनि निभ्छ। समय घर्किसकेको छ। समयले अब कुर्न सक्दैन।'
उनले विवादित विषय अब निसर्त संवाद समितिमा पठाउन नहुनेसमेत बताए। 'मस्यौदा समितिले काम गर्दै जाने अवस्था आउने हो भने विवादित विषयमा सहमति गर्न केही समय दिन सकिन्छ,' थापाले भने, 'तर, सहमति गरेर असोज मसान्तसम्म मस्यौदा तयार पार्नुपर्छ। संवाद समितिले सहमति गर्न सक्दैन भने प्रश्न बनाएर ल्याउने काम गरोस् उत्तर कसरी दिनुपर्छ हामीलाई थाहा छ।'
उनले टुंगिएका विषय दिन नसक्ने अवस्थामा निसर्त समय दिनुको कुनै औचित्य नहुने धारणा राखे।
नेकपा एमालेका रामहरि सुवेदीले पनि संविधानसभालाई लाद्न भारदारी सभाजस्तो उच्चस्तरीय राजनीतिक संयन्त्र आवश्यक नरहेको भन्दै संविधानसभा बाहिर गएर कुनै विषयमा सहमति कायम गर्न नहुने धारणा राखे।
एमालेका चुडामणि विक जंगलीले संविधानसभालाई बाइपास गरेर संविधानसभाले संविधान दिन नसक्ने भन्दै विधि र प्रक्रियाभन्दा बाहिर नजान शीर्ष नेतासँग आग्रह गरे। उनले सहमतिका नाममा अघिल्लोपल्ट पनि गल्ती भएकाले अब दोहोर्या उन नहुने धारणा राखे। 'हामी अब गल्ती गर्दैनौं भनेर आएका हौं,' उनले भने, 'सुझाव लिने भए पनि संवाद समितिले नै लिनुपर्छ।'
एमालेकै भरतमोहन अधिकारीले माघ ८ गतेको समयसीमा ननाघ्ने गरी बढीमा ७ दिनको समय फेरि संवाद समितिलाई दिन सकिने धारणा राखे। उनले सहमति हुन नसकेका विषयमा प्रक्रियामा जानैपर्ने बताए। 'प्रमुख दलका शीर्ष नेताले रोस्ट्रममा आएर यो मितिसम्म सहमति भएन भने हामी सहमतिमै प्रक्रियामा जान्छौं भन्नुपर्योर।'
त्यसैगरी, एमाले सभासद युवराज ज्ञवालीले प्रक्रियामा गएर पनि माघ ८ भित्र संविधान बनाउनुको कुनै विकल्प नभएको धारणा राख्दै मुलुकलाई ठूलो संकटबाट जोगाउन प्रक्रियामा जानैपर्ने बताए। 'संविधान बन्न नसके मुलुक ठूलो संकटमा जाने निश्चित छ,' उनले भने, 'त्यो संकट टार्न प्रक्रियामा नै जानुपर्छ।' एमालेकै सिद्धिलाल सिंहले पनि सहमतिका नाममा माघ ८ भित्र संविधान नबनाउने खेल भइरहेको टिप्पणी गरे। 'हामीले समयमा संविधान दिन सकेनौं भने सबै नेताको अस्तित्वमा प्रश्न उठ्ने निश्चित छ,' उनले भने।
कांग्रेसकै राधेश्याम अधिकारीले पनि विवादित विषय राज्यको पुनःसंरचना, शासकीय स्वरूप, निर्वाचन प्रणाली र न्याय प्रणालीमा देखिएको विवाद रातारात मिल्ने अवस्था नरहेको भन्दै सहमतिको नाममा समय खेर फाल्न नहुने धारणा राखे।
कांग्रेसकै बुद्धिसागर चौधरीले पनि संविधानसभा बाहिर गएर कुनै विषयमा सहमति कायम गर्न नहुने धारणा राखे। माघ ८ को समयसीमा ननाघ्ने गरी कार्यतालिकामा केही थपघट गर्न सकिने उनको भनाइ थियो।
कांग्रेसकै राजीव शाहले संविधानका विवादित विषयमा सहमति कायम गर्न शीर्ष नेताको ध्यान अझै नपुगेको गुनासो गरे। उनले सबैले अडान त्यागेर विवाद मिलाउन थाल्ने हो भने संविधान निर्माणमा समस्या नपर्ने तर्क गरे। अडान त्यागेर वार्तामा बस्न उनको आग्रह थियो।
तर, एकीकृत नेकपा (एमाओवादी) का जनार्दन शर्माले एक थान संविधान मात्र नभई सबैको सहमतिको दस्तावेज आवश्यक परेको धारणा राखे। 'संविधान सहमतिमा बनाउनुपर्छ,' उनले भने, 'शान्ति प्रक्रियाका साझेदारसँग सहमति हुनुपर्छ। मूल विषय सहमतिमा टुंगो लगाएर अन्य विषयमा प्रक्रियामा जान सकिन्छ। सहमति नभए बहुमत पनि छ, तर माघ ८ मा संविधान घोषणा गर्नुपर्छ।'
एमाओवादीकै रामनारायण बिडारीले बहुमतका नाममा जनविरोधी संविधान बनाउन नपाइने धारणा राखे। 'सहमतिको संविधान नभएर जनविरोधी संविधान बन्यो भने झन् उत्पात हुन्छ,' उनले भने, '१२ बुँदे सहमतिलाई नभुलौं। सहमतिमा पनि प्रक्रिया हुन्छ। सबैको हितमा संविधान बनाउनुपर्छ।'
राप्रपा नेपालका गणेश थापाले पनि माघ ८ मै संविधान बनाउन लाग्नुपर्ने बताए। सहमति हुन नसकेका विषयमा प्रक्रियामा गएर टुंगो लगाउनुपर्ने उनको धारणा थियो। मूल विषयमा जनमत संग्रह गर्नसमेत थापाले सुझाव दिए।