सुनसरीमा एमाले दुवै कमिटीको संयुक्त बैठक बस्दै
२४ कार्तिक २०७८
•
३ मिनेट पाठ
सुनसरीमा एमाले दुवै कमिटीको संयुक्त बैठक बस्दै
जेठ २ पक्षीय धरानका नेता, कार्यकर्ताहरुको बैठक।
नेकपा एमाले सुनसरीको विवाद समाधान गर्न आज दुवै पक्षको जिल्ला कमिटीको संयुक्त बैठक बस्दैछ। नेताहरुले विवाद समाधान गर्ने सहमति गरेर बोलाएको यो बैठक नै विवादमा फसेको छ।




जेठ २ अघिको कमिटीका अध्यक्ष रमेश बस्नेतसहित धरानका जिल्ला कमिटी सदस्यहरुले संयुक्त बैठक विधि, विधान र निती विपरीत बोलाइएको भन्दै विरोध जनाएका छन्। धरानमा आज (बुधबार) बिहान बसेको जेठ २ पक्षीय नेता, कार्यकर्ताहरुको बैठकले संयुक्त बैठकमा सहभागीता नजनाउने निर्णय पनि गरेका छन्। 

बैठकपछि जारी विज्ञप्तीमा विवाद समाधान गर्न गठित प्रदेशको सहजीकरण कार्यदलले रमेश बस्नेत अध्यक्ष भएको नयाँ कमिटीलाई आधिकारिकता दिएको पत्र पाइसकेकोले सोही कमिटीले बोलाएको बैठकमा मात्र सहभागी हुने पनि निर्णय भएको उल्लेख छ। विज्ञप्तीमा पार्टीलाई विधि र निती विपरीत एउटा अराजक झुण्डले अन्तरपार्टी निर्देशन १२ लाई धज्जी उडाउने काम गरेको पनि आरोप लगाइएको छ। विज्ञप्तीमा २ दर्जन बढी जिल्ला कमिटी सदस्यसहित ३२ जनाको हस्तक्षर छ।  

कार्तिक ८ गते प्रदेशको कार्यदलका संयोजक सुवास नेम्बाङ र सदस्य भीम आचार्यले रमेश बस्नेत अध्यक्ष भएको अधिवेशन आयोजक कमिटी गठन गर्न निर्देशनसहितको पत्र पठाएका थिए। अधिवेशन आयोजक कमिटीको पदाधिकारीमा दुवै पक्षका नेताहरुलाई मिलाइएको थियो। तर, उक्त निर्देशन कार्यान्वनमा आउन नसकेपछि पुनः पार्टी सचिव तथा १ नम्बर प्रदेश इञ्चार्य आचार्यसहित सुनसरीमा रहेका केन्द्रीय सदस्यहरुले आज संयुक्त बैठक बोलाउने निर्णय गरेका थिए। 

उक्त बैठकमा जेठ २ अघिको कमिटीका अध्यक्ष बस्नेत र संस्थापन पक्षीय कमिटीका अध्यक्ष रेवतीरमण भण्डारी दुवैको अध्यक्षतामा नगर्ने र तेस्रो व्यक्तिलाई अधिवेशन आयोजक कमिटी अध्यक्ष बनाउने सहमति गरेका थिए। यो सहमतिप्रति बस्नेत र उनी पक्षीय कमिटीका सदस्यहरु असन्तुष्ट भएका छन्।

बस्नेतले आजको संयुक्त बैठकबारे आफूलाई औपचारिकरुपमा जानकारी नआएको बैठकमा सहभागी पनि नहुने प्रतिक्रिया दिए। उनले संयुक्त बैठकविधि, विधान, पार्टीको निर्देशन विपरीत भएको र आफ्नो सहमति पनि नभएकोले वैधता नहुने दाबी गरे। ‘त्यो बैठकको जानकारी मलाई छैन। त्यो आधिकारिक होइन। पार्टी विधि, विधान, पार्टीको निर्देशन र १० बुँदे मानेर जाने हो। त्यस विपरीत हुने बैठक वैध हुदैन' उनले भने।  

आजको संयुक्त बैठकले खेमराज पोख्रेललाई जिल्ला अधिवेशन आयोजक कमिटीको अध्यक्ष बनाउने नेताहरुबीच सहमति भएको छ। इनरुवा निवासी पोख्रेल हाल एमालेको प्रदेश कमिटी सदस्य छन्। उनी लामो समय जिल्ला कमिटीमा रहेर काम गरेका नेता हुन्। २०५४ सालमा स्थानीय निकायको निर्वाचनमा इनरुवा नगरपालिकाको मेयरसमेत भएका थिए। 

एमाले सुनसरीमा संस्थापन पक्षका अध्यक्ष भण्डारी र जेठ २ अघिको कमिटीका अध्यक्ष बस्नेतले एकले अर्काको नेतृत्व स्वीकार नगर्ने भएपछि नेताहरुले विवाद मिलाउन विकल्पकोरुपमा पोख्रेललाई नेतृत्वमा ल्याउने सहमति गरेका थिए। यो सहमतिमा भण्डारीले समर्थन जनाए पनि बस्नेत भने सन्तुष्ट छैनन्।

आफ्नो क्षेत्रमा भीम आचार्यलाई गलपासो

गएको प्रदेशसभा निर्वाचनमा १ नम्बर प्रदेशको मुख्यमन्त्री बन्ने लक्ष्य लिएर एमालेका प्रभावशाली नेता भीम आचार्य सुनसरी क्षेत्र नं १ (ख) बाट चुनाव लडेर। कांग्रेसका निकटतम प्रतिस्पर्धीलाई हराउँदै उनी प्रदेश सांसद चुनिए। यो निर्वाचन क्षेत्रमा बराहक्षेत्र नगरको ५ वटा वडा, रामधुनीको २ वटा वडा र धरान उपमहानगरपालिकाको १६, ११, १७ र १८नम्बर वडा पनि समेटिएको छ। यो निर्वाचन क्षेत्रमा धरानको मतदाता निर्णायक छन्।  

एमालेको धरान उपमहानगर कमिटीमा विगतमा माधव नेपाल समुहको एकछत्र कब्जा थियो। सोही समुहका केन्द्रीय नेता आचार्यको यहाँ प्रभाव थियो। त्यसै उनी यहाँबाट चुनाव लडेका थिए। पार्टी विभाजन गरेर माधव नेपाल एमालेबाट बाहिरिदा भने आचार्य एमालेमै बसे, र धरानका नेता, कार्यकर्ताहरुले पनि उनकै बाटोमा हिडे। धरानबाट एक जना कार्यपालिका सदस्यबाहेक कोही पनि जनप्रतिनिधिले नेकपा एस रोजेनन्। अहिले भने नेता आचार्य आफ्नै निर्वाचन र प्रभाव क्षेत्र धरान गलपासो भएको छ। 

यहाँका उनी पक्षीय नेता, कार्यकर्ताहरु उनले गरेको सहमति र निर्देशन मान्न तयार छैनन्। विगतमा आचार्यको बोली आदेश सरह कार्यान्वयन हुने ठाउँ धरानमा उनको पकडबाहिर गएको पछिल्लो गतिविधिहरुले देखाउछ। माधव नेपाल पार्टीबाट बाहिरिए पछि कमजोर भएका आचार्यले पार्टीमा प्रभाव जमाइराख्न ओली पक्षलाई रिझाउन जस्तो सुकै सहमति गर्न थालेको विगतमा उनको पक्षमा भएका नेता, कार्यकर्ताहरुको आरोप छ।
अर्को समाचार
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
७ मिनेट अघि
•
१ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले भारत भ्रमणका क्रममा प्रधानमन्त्री बालेन्द्र साहले सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै आपत्ति जनाएको छ।




शनिबार पार्टी मुख्यालय सानेपामा केन्द्रीय समितिका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा कांग्रेस महामन्त्री प्रदीप पौडेलले प्रधानमन्त्रीको व्यवहारप्रति असन्तुष्टि जनाएका हुन्। सीमा विवादको विषयमा प्रवेश नै नगराई फर्कनुले प्रधानमन्त्री साहको दोहोरो चरित्र उदाङ्गो भएको पौडेलको भनाइ छ।

प्रधानमन्त्रीको विगतका अभिव्यक्ति र भारत भ्रमणका क्रममा देखिएको व्यवहारबीच विरोधाभास देखिएको मूल्याङ्कन कांग्रेसले गरेको उनले बताए। विगतमा भारतसँगको सम्बन्ध र विशेषगरी सीमा मुद्दामा साहले प्रस्तुत गर्ने अभिव्यक्ति कूटनीतिक संवादको अवसर प्राप्त हुँदा पनि व्यवहारमा नदेखिएको पौडेलले उल्लेख गरे।

प्रधानमन्त्री बन्नुअघि र पदमा रहँदा पनि भारतसँगको सम्बन्ध र सीमाका विषयमा साहको प्रस्तुतिलाई कांग्रेसले अपरिपक्व तथा उत्तेजक अभिव्यक्तिका रूपमा लिएको उनले बताए। ‘लोकप्रियता आर्जन गर्न मात्रै ती विषयहरू सीमित थिए भन्ने हाम्रो बुझाइ थियो। राष्ट्रवादको नक्कली प्रदर्शन थियो भन्ने पनि हाम्रो बुझाइ थियो,’ महामन्त्री पौडेलले भने।

कूटनीतिक संवादमार्फत निर्णायक रूपमा विषय उठाउने अवसर प्राप्त गर्दा पनि ती विषय नउठेको स्थितिले हिजो कांग्रेसले गरेको अनुमान आज पुष्टि भएको उनको जिकिर छ। विगतमा साहले सीमासम्बन्धी अभिव्यक्ति लोकप्रियता हासिल गर्ने उद्देश्यले गरेको राष्ट्रवादको प्रदर्शन मात्रै रहेको पुष्टि भएको उनले बताए।

नेपाल-भारत सम्बन्ध ऐतिहासिक, बहुआयामिक र विशिष्ट रहेको उल्लेख गर्दै दुई देशबीच सहकार्यका प्रशस्त सम्भावना भए पनि सीमालगायत संवेदनशील विषय लामो समयदेखि समाधान हुन नसकेको पौडेलले बताए।

यस्ता विषयको समाधान एकपटकको भ्रमण वा बैठकबाट सम्भव नहुने भन्दै उनले निरन्तर, गम्भीर र परिणाममुखी कूटनीतिक पहल आवश्यक रहेको धारणा राखे।
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
यो पनि पढौँ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस