पर्खिबसेँ, आउला भनी....तर आएनन्
३१ भदौ २०७१
•
८ मिनेट पाठ
पर्खिबसेँ, आउला भनी....तर आएनन्
काठमाडौं-सिंहदरबारस्थित शान्ति मन्त्रालयको ल्होत्से हलमा मंगलबार प्रधानमन्त्री सुशील कोइराला कसैको व्यग्र प्रतीक्षामा थिए। करिब एक घन्टा कुर्दा पनि आउने छेकछन्द देखिएन। त्यही बेला अचानक कोइरालाको मोबाइलको घन्टी बज्यो। मोबाइलमा तिनै व्यक्ति बोल्दै थिए जसलाई उनीसहित देशका सबै प्रमुख पार्टीका प्रमुख नेता निकै समयदेखि कुरिरहेका थिए।




उताबाट मोबाइलमा आवाज आयो, 'आउँदैछु, अब आधा घन्टा लाग्छ।'

आधा घन्टा बित्यो, उनी आएनन्। मोबाइलमा फेरि '१५ मिनेट लाग्ने' खबर आयो।

निकै बेर कुर्दा पनि नआएपछि प्रधानमन्त्री कोइरालाले फोन फर्काए । उताबाट जवाफ आयो, 'हामी आउँदैनौं।'

जवाफमा कोइराला ती व्यक्तिसँग नराम्ररी झोक्किए, 'तपाईंहरूले नै राजनीतिक सम्मेलन नभइहुन्न भनेपछि आयोजना गरिएको हो। अहिले यत्रो तयारी गरिसकेपछि आउँदैनौं भन्ने?'

माइक 'अन' रहेकाले प्रधानमन्त्रीको आवाजले हलै गुन्जियो। यो सुनेर त्यहाँ उपस्थित सबैले निश्चित गरे, 'वैद्य मोर्चाले मागेको राजनीतिक सभा उनीहरूकै गैरहाजिरीले रद्द भयो।'

नजिकै रहेका नेताले प्रधानमन्त्रीलाई 'क्यान्सिल' शब्द लेखेर थमाए। कोइरालाले त्यही वाचन गरे, 'क्यान्सिल'। थपे, 'दुःखसाथ भन्नुपर्छ, सम्मेलन क्यान्सिल भएको छ।'

यसरी मंगलबार सबै तयारी गरेर पनि एउटा पक्ष अनुपस्थित हुँदा ख्यालख्यालमै 'राजनीतिक सम्मेलन' रद्द भयो। संविधानसभा चुनाव बहिष्कार गरेका पक्षलाई पनि संविधान निर्माण प्रक्रियामा समेट्ने कोइरालाको अथक प्रयत्न फलहीन बन्न पुग्यो।

त्यसो त आफैंले माग गरेको गोलमेच (पछि राजीनिक सभा भनिएको) मा वैद्यहरू बस्छन् भन्ने विश्वास कमैलाई थियो, न सत्तारुढ दल, न विपक्ष। राजनीतिक सभाबाट समाधान निस्कन्छ भन्नेमा पनि कोही आश्वस्त थिएनन्। कोइराला तैपनि अघि सरे, जसरी पनि वैद्यलाई संविधान निर्माण प्रक्रियामा सहमत गराउँछु भनेर।

त्यस क्रममा उनले नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य तथा शीर्ष नेताहरूसँग पटक–पटक एक्लै कुराकानी गरे। प्रधानमन्त्री आफैंले नेकपा–माओवादीले अघि सारेको सर्वदलीय राजनीतिक सभा गर्न तीन दल बैठकमा प्रस्ताव राखेेका थिए। अन्य प्रमुख दलका शीर्ष नेता भने अझै विश्वस्त थिएनन्।

'यो सर्वदलीय राजनीतिक सभाको सूत्रधार बालुवाटार हो, प्रधानमन्त्री सुशील कोइराला नै हो,' एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले केही दिनअघि संविधानसभा भवन नयाँबानेश्वरमा पत्रकारसँग भनेका थिए।

पटक–पटक छलफल र गृहकार्यपछि सर्वदलीय राजनीतिक सभाको मिति टुंगो लाग्यो, भदौ ३१ बिहान ८ बजे, संविधानसभा भवन नयाँबानेश्वरमा।

निर्धारित मितिको पूर्वसन्ध्यामा नेकपा–माओवादीले शान्ति प्रक्रिया, संविधानका अन्तर्वस्तु र संक्रमणकालीन राजनीतिमा प्याकेज सहमतिको अड्को थापे। त्यसले भने वैद्यसँगको वार्ता सफल हुन सक्दैन भन्ने पक्षमा बल पुग्यो।

सरकार आफैं आयोजक रहेको राजनीतिक सभाको व्यवस्थापन शान्ति तथा पुनःनिर्माण मन्त्रालयले गरेको थियो। मंगलबार बिहान ८ बजेअघि नै शान्ति मन्त्रालय तर्फबाट संविधानसभा भवनको लोत्से हलमा करिब २ सय कुर्सी अण्डाकार शैलीमा मिलाइएको थियो। कार्यक्रमको विवरण, डायरी, कलम र फाइल प्रत्येक सहभागीका अगाडि डेक्समा राखिएको थियो।

तीन सयभन्दा बढीका लागि चिया, खाना र खाजा व्यवस्था गरिएको थियो। त्यहीअनुसार संविधानसभाभित्र रहेका दुई स्वतन्त्र सभासदसहित ३० दल र नेकपा–माओवादी मोर्चाले दिएको ४१ दलको नामावली तथा प्रतिनिधिको नाम टिप्ने व्यवस्था मिलाइएको थियो।

सम्मेलनमा नेपाली कांग्रेस, नेकपा एमाले, एमाओवादी र नेकपा–माओवादीका पाँच/पाँच जनालाई बोलाइएको थियो।

सहभागी प्रतिनिधिलाई दिइएको विवरणमा साढे ८ बजेसम्म नाम दर्ता, साढे ८ देखि ९ बजेसम्म नास्ता, ९ बजे कार्यक्रम आरम्भ, ९ देखि पाँचमिनेट आसन ग्रहण, ९ बजेर १० मिनेटसम्म शान्तिमन्त्री नरहरि आचार्यले स्वागत मन्तव्य दिने र २० मिनेट प्रधानमन्त्रीले विशेष सम्बोधन गर्ने कार्यक्रम तय गरिएको थियो।

चिया, दिवाभोज, पत्रकार भेटघाटसहित बेलुका ७ बजेर ५ मिनेट जाँदासम्मको समयतालिका थियो, सर्वदलीय राजनीतिक सभाको।

प्रमुख चार दलका शीर्ष नेताबाहेक अन्य सबैजसो दलका शीर्ष नेता निर्धारित समयमै ल्होत्से हल पुगेका थिए। निर्धारित समयभन्दा करिब २ घन्टा ढिलो प्रधानमन्त्रीसहित कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेता सिंहदरबार पुगेका थिए।

सभा रद्द भएपछि शान्ति तथा पुनर्निर्माण मन्त्रालयका कर्मचारी, साना दलका प्रतिनिधिले सर्वपक्षीय राजनीतिक सभा लेखेको ब्यानरमुनि तस्बिर खिचाएका थिए। बाहिरिँदै गर्दा कांग्रेस उपसभापति रामचन्द्र पौडेल भन्दै थिए, 'हामीले वैद्यहरू आउँदैनन् भनेकै थियौं। त्यति सर्वपक्षीय सभा पनि गर्न सक्नुभएन भन्दै तपाईंहरूले नै सोध्नुहुन्थ्यो। अनि अहिले आयोजना गर्यौं । उहाँहरू आउनुभएन।'

स्वास्थ्यका कारण लामो समय एकै कार्यक्रममा नबिताउने प्रधानमन्त्री कोइरालाले मंगलबार ३ घन्टाभन्दा बढी समय हुन नसकेको सभामा बिताएका थिए।

त्यसपछि पनि उनी अन्य दलका नेतासँग क्यान्टिनमा बसेर खानपान र गफगाफ गरेका थिए। हिँड्नेबेला प्रधानमन्त्री कोइरालाले पत्रकारसँग भने, 'उहाँहरूले नै भनेर हामीले आयोजना गरेको हो, तर आउनुभएन।'
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस