काठमाडौं– नेकपा एमाले केन्द्रीय कमिटी बैठक एक महिना पछि सरेको छ। पहिलो केन्द्रीय कमिटीको बैठकले असोज १० देखि १४ सम्म दोस्रो बैठक गर्ने निर्णय गरेको थियो।
‘बैठक एक महिना ४ दिनपछि सरेको छ। कात्तिक १४ गतेदेखि बैठक हुने सूचना प्राप्त भएको छ,' केन्द्रीय सदस्य सूर्य थापाले नागरिकन्युजसँग भने।
स्थायी कमिटी, पोलिटब्युरो गठन, जिम्मेवारी बाँँडफाँडजस्तो महत्त्वपूर्ण विषयमा निर्णय दोस्रो बैठकले गर्ने कार्यसूचीमा छ। ‘चाडबाडको समयमा आउन–जान समस्या हुने भन्दै साथीहरूबाट आएको सुझावलाई ध्यानमा राखेर बैठक सरेको हो,' सचिव प्रदीप ज्ञवालीले भने।