'नीतिगत भ्रष्टाचारले अख्तियारलाई गाह्रो'
०१ असोज २०७१
•
१० मिनेट पाठ
'नीतिगत भ्रष्टाचारले अख्तियारलाई गाह्रो'
काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीले नीतिगत रूपमा र निजी क्षेत्रमा हुने भ्रष्टाचार आफ्नो क्षेत्राधिकारमा नपर्दा समस्या भएको बताएका छन्। व्यवस्थापिका संसदको सुशासन तथा अनुगमन समितिमा बुधबार सांसदहरूले साना कर्मचारीलाई मात्र पक्राउ गरेको र ठूला भ्रष्टाचारीलाई केही गर्न नसकेको भन्दै प्रश्न गरेपछि कार्कीले नीतिगत समस्या औंल्याएका हुन्।




मन्त्री र सचिवस्तरमा हुने ठूला निर्णय अहिले मन्त्रिपरिषदबाट पारित गराउने प्रचलन बढेको भन्दै उनले त्यस्ता निर्णय आयोगको क्षेत्राधिकारभित्र आउनुपर्ने बताएका थिए। उनले त्यसका लागि आवश्यक ऐन संशोधनको तयारीमा रहेकाले सहयोग गर्न सांसदहरूलाई आग्रह समेत गरे।
'ठूलो रकमको कारोबार हुने निर्णय विभागीय मन्त्रालयले गर्नुपर्ने भए पनि मन्त्रिपरिषदमा पठाउन थालिएको छ,' कार्कीको भनाइ उद्धृत गर्दै एक सांसदले भने, 'यो नीतिगत भ्रष्टाचार हो। यसले ठूला निर्णयमा अख्तियारले हात हाल्न सकेको छैन।' सचिव र मन्त्रीले पनि आफ्नो तहबाट हुने निर्णय मन्त्रिपरिषदमा पठाउने गरेको उनको भनाइ थियो। मन्त्रिपरिषदले गरेका निर्णय अख्तियारको क्षेत्राधिकारमा पर्दैन। 
यसैबीच, समितिले नीतिगत भ्रष्टाचारलाई आयोगको क्षेत्राधिकारभित्र समेट्न आवश्यक कानुन र प्रक्रियाबारे अध्ययन गरी प्रक्रिया अघि बढाउन आयोगलाई निर्देशन दिएको छ। 'सबैभन्दा ठूला भ्रष्टाचार नीतिगत नै भएकाले त्यसलाई नियन्त्रण गर्न आवश्यक सबै प्रक्रिया अपनाउन निर्देशन दिइयो,' समिति सभापति शेरधन राईले पत्रकारसँग भने, 'निर्दोष र साना मान्छेलाई मात्र दुःख दिएको गुनासो छ। यसलाई रोक्न पनि हामीले निर्देशन दिएका छौं।'
कार्कीले कतिपय भ्रष्टाचार निजी क्षेत्रसँग जोडिने गरेकाले विशेष गरी बैंकिङ र बिमा क्षेत्रलाई अख्तियारको दायरामा ल्याउन विधेयकको मस्यौदा आठ महिनाअघि नै सरकारलाई बुझाए पनि अत्तोपत्तो नभएको बताएका थिए। लिखित मन्तव्य दिएका कार्कीले आयोगका थुप्रै चुनौती र अपेक्षा रहेको उल्लेख गर्दै निजी क्षेत्रको संलग्नतामा हुने भ्रष्टाचार पनि अख्तियारको दायरामा आउनुपर्ने उल्लेख गरे।
'विद्यमान कानुनी संरचनाले आयोगको क्षेत्राधिकार सार्वजनिक क्षेत्रमा मात्र सीमित गरिदिएको छ, तर नागरिक सरोकारका करिब ६० प्रतिशत क्रियाकलापमा निजी क्षेत्रको संलग्नता रहने र कतिपय भ्रष्टाचारजन्य कार्यमा निजी क्षेत्रको प्रत्यक्ष संलग्नता समेत हुने गरेको भए पनि अझसम्म आयोगको क्षेत्राधिकारभित्र समेटिन सकेको छैन,' कार्कीले दिएको लिखित मन्तव्यमा उल्लेख छ, 'नेपाल भ्रष्टाचारविरुद्ध अन्तर्राष्ट्रिय महासन्धिको पक्षराष्ट्र बनिसकेको सन्दर्भमा यसबाट सिर्जित दायित्व र चुनौती सम्बोधन गर्न विद्यमान कानुनी संरचनामा परिमार्जन गर्न आवश्यक देखिएको व्यहोरा ध्यानाकर्षण गराउँछु।'
उनले अख्तियारजस्तै अन्य सरकारी निकायका कारण भ्रष्टाचार नियन्त्रण अपेक्षित हुन नसकेको बताए। कार्कीले पछिल्लो समय भ्रष्टाचारको स्वरूप, प्रकृति र प्रवृत्ति थप जटिल बन्दै गएको बताए। 'भ्रष्टाचारको आयाममा देखिएको जटिलतासँगै यसलाई पहिचान गर्ने र अनुसन्धान तहकिकात गर्ने कार्य थप चुनौतीपूर्ण बन्दै गएको छ,' कार्कीले भने, 'आयोगले कार्यसम्पादनका क्रममा केही चुनौती सामना गरिरहेको अवगत गराउँछु। हाल भ्रष्टाचारविरुद्ध कार्य गर्न आयोगका अतिरिक्त अन्य बहुप्रकृतिका सरकारी निकाय पनि रहेकाले कतिपय अवस्थामा कार्यगत अस्पष्टता र दोहोरोपना देखिएको छ। यसले भ्रष्टाचार नियन्त्रण अपेक्षित रूपमा प्रभावकारी हुन सकिरहेको छैन।'
यसैबीच, समितिले सत्य–तथ्य प्रमाण तथा प्रभावकारी अनुसन्धानका आधारमा काम–कारबाही अगाडी बढाउन र पूर्वाग्रही ढंगले कसैमाथि पर्ने उजुरी तथा कारबाहीमा सजग रहन आयोगलाई समितिले निर्देशन दिएको छ। कार्कीले अख्तियारमा उजुरी संख्या २१ हजार ६ सय १६ रहेकोमा १५ हजार १ सय ३१ मुद्दा फर्स्योट भएको जानकारी दिए। उनका अनुसार तीमध्ये १ हजार ७ सय ४४ उजुरी विस्तृत अनुसन्धानका लागि तोकिएको, ७ हजार ७ सय ९० उजुरीमा कारबाहीका लागि सम्बन्धित निकायमा लेखिपठाइएको र ५ हजार ५ सय ९७ उजुरी तामेलीमा राखिएको छ। 
अख्तियारले अहिले शिक्षा, स्वास्थ्य, खानेपानी, सामाजिक सुरक्षा, नागरिकता, राहदानीलगायत सर्वसाधारणको दैनिक जीवनसँग सरोकार राख्ने क्षेत्रमा देखिएका विकृति र विसंगति नियन्त्रणका लागि आयोग प्रयासरत रहेको जनाएको छ। त्यसैगरी, सडक यातायात, उद्योग तथा व्यापार, भूमि प्रशासन, वन, ऊर्जा, वैदेशिक रोजगारी, पर्यटन, हवाई सेवा, राजस्व प्रशासनमा देखिएका विकृति नियन्त्रणका लागि पनि आयोगले अनुगमन र निगरानीलाई सशक्त र सघन रूपमा अघि बढाएको जनाएको छ।
पत्रकार प्रवेशमा रोक 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की समितिमा उपस्थित हुँदा पत्रकारहरूलाई प्रवेशमा रोक लगाएको थियो। संसदीय समिति बैठकमा प्रायः निर्वाध रूपमा प्रवेश पाउने पत्रकारले बुधबार बिहान भने समितिको कार्यकक्षमा प्रवेश पाएनन्।
स्रोतअनुसार अख्तियार प्रमुख कार्कीले समितिमा आफू रहने बेलासम्म पत्रकारलाई प्रवेश नदिन समितिसमक्ष आग्रह गरेका थिए। सचिवालयले पत्रकार प्रवेशमा रोक लगाउने आश्वासन दिएपछि कार्की समितिमा आउन राजी भएको स्रोतको दाबी छ। पत्रकारले प्रवेशका लागि पटक–पटक सभापति शेरधन राई र समितिका सदस्यहरूसँग आग्रह गरेका थिए। 
सभामुख सुवासचन्द्र नेम्वाङले कुनै पनि समितिमा पत्रकार प्रवेशलाई रोक्न नमिल्ने भन्दै सचिवालयका कर्मचारीलाई निर्देशन दिएका थिए। उनको निर्देशनपछि पत्रकारलाई समितिको बैठकमा प्रवेश गराउने प्रयास गरिएको थियो। त्यसबेला कार्की समितिबाट बाहिरिइसकेका थिए।
केही बेर फोटो पत्रकारलाई तस्बिरका लागि बोलाइए पनि सबैलाई एकसाथ नबोलाएसम्म नजाने अडानमा रहेका पत्रकारलाई सामूहिक रूपमा बोलाइएको थियो। तर, तस्बिर खिच्नासाथ सबैलाई समितिबाट निकालिएको थियो। समिति सभापति राईले पछि पत्रकारसँग माफी मागेका थिए। 'प्रवेशमा रोक लगाउने कुनै योजना थिएन,' उनले भने, 'मिसअन्डरस्ट्यान्डिङ भएको हो। अब यस्तो हुँदैन।' समितिको बैठकमा केही सदस्यले पत्रकारलाई प्रवेश दिनुपर्ने माग राख्दा सभापति राईले भने कार्यकक्ष साँघुरो भएको बताएका थिए।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस