काठमाडौं- राप्रपा नेपालको 'सूद्धीकरण अभियान'को राष्ट्रिय भेला स्थगित भएको छ। असोज २ र ३ गते राजधानीमा हुने भनिएको अभियान यातायात अभावले स्थगित गरिएको अभियानका विभाग प्रमुख सगुनलाल लावतीले बताए। उनले सुद्धिकरण अभियानको राष्ट्रिय भेला मंसिर ५ र ६ गते तोकिएको बताए।
'सुद्धिकरण अभियानको मिति दसैंको मुखमा भएकाले जिल्लाका साथीहरुलाई यातायात असुविधा हुने देखिएकाले तत्काललाई भेला स्थगित गरिएको हो,' अभियान प्रमुख लावतीले नागरिकन्युजसँग भने, 'अभियान दसैंपछि गर्ने सहमति भएपछि नयाँ मिति मंसिर ५ र ६ गते तोकिएको छ।'
उनले ४० वटा जिल्लामा सम्पर्क कार्यालय खुलिसकेको र कात्तिकभरिमा पचहतरै जिल्लामा सम्पर्क कार्यालय खुल्ने बताए।
यता कमल थापाको कार्यशैलीप्रति असन्तुष्ट रहेका पूर्व सहअध्यक्ष पद्मतसुन्दर लावतकी नेतृत्वमा असन्तुष्ट समूहले समान्नतर गतिविध गर्दै आएको छ।