काठमाडौं—संविधान निर्माणका क्रममा देखिएको विवाद समाधान गर्न गठित संविधानसभाको संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको म्याद असोज १४ गतेसम्म थप्ने निर्णय भएको छ। बिहीबारको संविधान सभा बैठकले असोज १४ सम्म सहमति नभएका विवादित विषयमा प्रश्नावली बनाएर २१ गतेसम्म संविधान सभामा पेश गर्ने समय सीमा तोकेको छ।४ दिनसम्मको छलफलपछि संविधान सभाले बिहीबार बहुमतद्वारा म्याद थप्ने निर्णय गरेको हो। कमल थापाको राप्रपा समय थप्ने प्रस्तावको विपक्षमा थियो।
समिति सभापति बाबुराम भट्टराईले नयाँ संविधानका अन्तर्वस्तुमा सहमति खोज्न समितिको म्याद थप गर्न माग गरेका थिए।
समिति सभापति बाबुराम भट्टराईले नयाँ संविधानका अन्तर्वस्तुमा सहमति खोज्न समितिको म्याद थप गर्न माग गरेका थिए।