काठमाडौं-संविधानसभाको संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले विवादित विषयमा सहमति जुटाउन फेरि कसरत थालेको छ।कार्यतालिकामा तोकिएको समयसीमाभित्र सहमति जुट्न नसकेर संविधानसभाले म्याद थपिदिएपछि समितिले शनिबारबाट काम सुरु गरेको हो।
संविधानसभाले समितिलाई विवादित विषयमा सहमति गर्न असोज १४ गतेसम्म समय उपलब्ध गराएको छ। त्यतिन्जेल सहमति कायम नभए असोज २१ सम्ममा प्रश्नावली बनाएर संविधानसभामा पेस गर्न भनिएको छ। यसअघि तोकिएको समयसीमा भदौ २१ भित्र सहमति नभएपछि समितिले आफूले गरेका सबै कामको विवरण संविधानसभामा पठाएको थियो।
सहमतिका लागि संवाद समिति सभापति बाबुराम भट्टराईले अनौपचारिक छलफल गर्नेछन् भने समितिअन्तर्गतको विवाद समाधान उपसमितिले सहमति प्रयास जारी राख्नेछ। औपचारिकभन्दा पनि अनौपचारिक छलफललाई तीव्रता दिएर सकेसम्म सहमतिमै विवादित विषयको टुंगो लगाउने प्रयास जारी राख्ने समितिका सभापति भट्टराईको भनाइ छ। व्यवस्थापिका संसदमा देखिएको अवरोधले संविधान निर्माण प्रक्रियामा भावनात्मक असर परेको भन्दै आइतबार बिहान बसेर सदनको अवरोध पनि खोल्ने प्रयास गरिने भट्टराईले जानकारी दिए। ‘व्यवस्थापिका संसद अवरोध हुँदा भावनात्मक असर संविधानसभामा पनि परेको छ, भट्टराईले नागरिकसँग भने, ‘यसलाई पनि सँगै टुंगो लगाउने तयारी छ।
राज्यको पुनःसंरचना र शासकीय स्वरूप नै विवादका मूल विषय भएकाले त्यसमा शीर्ष नेताहरू आइतबार बिहानैदेखि अनौपचारिक छलफल गर्ने सभापति भट्टराईले जानकारी दिए। ‘हामी निरन्तर अनौपचारिक छलफल गर्छौं' भट्टराईले भने, ‘मैले प्रधानमन्त्रीसँग पनि तपार्इं नभएका बेला सहमति हुँदैन भने प्रयास नगरौं भनेको थिएँ। उहाँले मैले साथीहरूलाई सबै कुरा भनेर हिँडेको छु भन्नुभएको छ। प्रधानमन्त्रीसँग फोनमा कुरा गरेर पनि सहमति कायम गर्न सकिन्छ।'
कांग्रेस उपसभापति एवं समिति सदस्य रामचन्द्र पौडेलले पनि प्रमुख दलका बढीमा दुई–दुई सदस्य बसेर विवादित विषयमा १४ गतेभित्रै टुंगो लगाउने तयारी गरिएको जानकारी दिए। उनले कसैले लम्ब्याउन चाहे मात्र सहमति कायम नहुने धारणा राखे। ‘हामी बढीमा दुई–दुईजना बसेर सहमति गरौं भनेका छौं,' पौडेलले नागरिकसँग भने, ‘विषय नमिल्ला जस्तो मलाई लाग्दैन। कसैलाई विषय लम्ब्याएर राखौं भन्ने भएको छ भने मिल्दैन, नभए अब समयभित्र मिल्ने देखेको छु।'
उनले राज्य पुनःसंरचनाका सन्दर्भमा एमाओवादी लचिलो हुनैपर्ने धारणा राखे। आफूले भनेका सबै ठिक भनेर मात्र सहमति कायम हुन नसक्ने उनको भनाइ छ। विवादित विषयमा भएको अनौपचारिक छलफल र उपसमितिले गर्ने कामको विवरण समितिको पूर्ण बैठकमा बुधबारसम्म राखिनेछ। त्यसका लागि सभापति भट्टराईले शनिबार नै तीन दलका शीर्ष नेतासँग अनौपचारिक छलफल प्रयास गरेका थिए। तर, केही नेता काठमाडौं बाहिर रहेकाले आइतबारलाई सारिएको हो। भट्टराईले राज्य पुनःसंरचना र शासकीय स्वरूपमा देखिएको विवादमा सहमति कायम गर्न सके अन्य विषय प्रक्रियामा लगेर मतदानबाट टुंगो लगाउन पनि सकिने बताउँदै आएका छन्।
प्रमुख दलका शीर्ष नेताबीच विवादित विषयमा अनौपचारिक सहमति कायम गरेर समितिको बैठकमा पेस गर्ने तयारी सभापति भट्टराईको छ। यसअघि पनि उनले यसैगरी गरेको प्रयास सफल हुन सकेको थिएन। शनिबार बसेको समिति बैठकले दुईवटा उपसमितिमा सदस्य हेरफेर गर्दै म्यादसमेत थप गरेको छ। कांग्रेस नेता आनन्दप्रसाद ढुंगाना नेतृत्वको प्रारम्भिक वार्ता उपसमिति र लक्ष्मणलाल कर्ण नेतृत्वको विवाद समाधान उपसमितिको समय थप गरिएको समितिका सचिव मुकुन्द शर्माले जानकारी दिए।
दुवै उपसमितिको बैठक आइतबार सुरु हुनेछ। प्रारम्भिक वार्ता उपसमितिले विभिन्न सशस्त्र समूहसँग गरेको वार्ताका क्रममा केहीले हतियार बुझाउने तयारी गरेकाले समय थप गर्नुपरेको स्रोतले जनाएको छ। यस उपसमितिलाई २० गतेसम्म समय उपलब्ध गराइएको छ।
राज्य पुनःसंरचना र शासकीय स्वरूपबाहेक अन्य विषयमा सहमति जुटाउने मौका पाएको विवाद समाधान उपसमितिको म्याद १३ गतेसम्म थप गरिएको छ। समितिमा एमालेका केशव बडालको सट्टा सुरेन्द्र पाण्डे र एमाओवादीका शिवकुमार मण्डलको सट्टा कृष्णबहादुर महरालाई राखिएको छ। उपसमितिमा भएको सहमति पनि समितिमा उल्टिन थालेपछि उपसमितिलाई नै थप प्रभावकारी बनाउन हेरफेर गरिएको हो।
मौलिक अधिकार तथा राज्यको निर्देशक सिद्धान्त, संवैधानिक समिति, व्यवस्थापकीय अंगको स्वरूप निर्धारण समिति, संवैधानिक अंग, न्याय प्रणालीका प्रतिवेदनमा रहेका विवादित विषयसाथै उपसमितिलाई विभिन्न सरोकारवाला समूहले दिएको सुझावमा पनि सहमति कायम गरेर समितिमा प्रतिवेदन पेस गर्न भनिएको छ। संवाद समितिले अब सहमति भएका विषय संविधानसभालाई दिँदै जाने पनि समिति सभापति भट्टराईले जानकारी दिए। ‘सहमति भएका विषय समेटेर आंशिक प्रतिवेदन पनि दिँदै जान्छौं,' उनले भने।
राज्य पुनःसंरचना, शासकीय स्वरूप, निर्वाचन प्रणाली, न्याय प्रणालीलगायत विषय अझै पनि विवादका प्रमुख विषय हुन्। यी विषयमा कांग्रेस, एमाले, एमाओवादी, मधेसवादी दललगायतले फरक–फरक धारणा राखेकाले सहमति कायम हुन नसकेको हो।
विवाद समाधान उपसमितिले भने सम्पत्तिसम्बन्धी हक, सामाजिक न्यायको हक, प्रतिनिधिसभा गठन, राष्ट्रियसभा गठन र सदस्यहरूको पदावधि, विश्वासको मत, प्रदेशसभा गठन, प्रस्तावना, राष्ट्रिय गान र निशाना छाप, संविधान संशोधन, संक्रमणकालीन व्यवस्थामा राष्ट्रपति र उपराष्ट्रपतिको अवस्थालगायत विषयमा सहमति कायम गरेर समितिमा पेस गरेको भए पनि सहमति कायम हुन सकेको छैन।
सम्पत्तिसम्बन्धी हकमा जग्गालाई कस्तो सम्पत्तिका रूपमा लिने भन्नेमा दलहरूबीच विवाद छ। प्रतिनिधिसभाको निर्वाचनमा कति वर्ष उमेर पुगेको हुनुपर्ने, प्रत्येक सदनमा कति संख्या रहने भन्ने विषयमा विवाद कायमै छ।