एमालेमा नेपाल-ओली कलह
०५ असोज २०७१
•
८ मिनेट पाठ
एमालेमा नेपाल-ओली कलह
काठमाडौं- -एमालेको नवौं महाधिवेशन सकिनेबित्तिकै भूमिसुधार मन्त्रालयले जिल्ला–जिल्लामा सुकुम्बासी आयोग गठन गर्योो। नेपाली कांग्रेसले उक्त आयोगमा 'एमालेकरण भएको' आरोप लगायो। तर, कांग्रेसको भन्दा ठूलो विरोध एमालेभित्रै भयो। अध्यक्षमा पराजित माधवकुमार नेपाल र उनको समूहले प्रतिद्वन्द्वी केपी शर्मा ओलीतर्फ लक्ष्य गर्दै भने, 'अध्यक्ष जिताउन सहयोग गर्नेलाई पुरस्कृत गर्न सुकुम्बासी आयोग गठन गरिएको हो।'




– संसदीय समितिको सभापति चयन क्रममा एमालेको भागमा चारवटा समिति पर्योल। प्रकाश ज्वाला, रवीन्द्र अधिकारी, रञ्जु ठाकुर र शेरधन राई छानिए। नेपाल पक्षले विरोध गर्दै सभापति चयनमा ओलीले 'एकलौटी' गरेको आरोप लगायो। ज्वालाबाहेक अन्य तीन जना महाधिवेशनमा ओली प्यानलबाट केन्द्रीय सदस्य विजेता हुन्। 

– सरकारले मनोनित गर्ने सभासदमध्ये एमालेको भागमा परेका ८ जनाको नाम सिफारिस गर्दा औपचारिक निर्णय नभएको भन्दै नेपाल पक्षले असन्तुष्टि जनायो। अध्यक्षले गरेको सिफारिसबारे दुवै पक्षबीच बुझाइ फरक रह्यो। अध्यक्षले पदाधिकारी बैठकमा नाम प्रस्तुत गर्ने र त्यसै आधारमा छलफल गरेर सरकारलाई बुझाउने भनिए पनि आफैं नाम छानेर एकलौटी गरेको नेपाल पक्षले दाबी गर्योफ। नेपाल प्यानलबाट सचिव जितेका योगेश भट्टराईले ध्यानाकर्षण प्रस्तावै दर्ता गराए। ओली पक्षले भने पदाधिकारीबाटै नाम मागेर सिफारिस गरेको बताउँदै आएको छ। 

यी केही उदाहरण मात्र हुन्, सत्तारूढ नेकपा एमालेका दुई शीर्षनेता केपी शर्मा ओली र माधवकुमार नेपालबीच महाधिवेशन क्रममा सुरु तीक्तता तीन महिनापछि पनि जारी छ। महाधिवेशनमा प्यानल बनाएर चुनाव लडेका नेताले 'पार्टीलाई एक बनाएर लैजाने' प्रतिबद्धता व्यक्त गरे पनि दुवै पक्षले आफ्ना गतिविधिबाट त्यस्तो लक्षण देखाएका छैनन्। 

पछिल्लो समय अध्यक्षको सिफारिसमा दुई मन्त्री फिर्ता बोलाउने निर्णयले नेपाल पक्षको असन्तुष्टि झनै चुलिएको छ। वरिष्ठ नेता झलनाथ खनालको सहयोगमा अध्यक्ष ओलीले पर्यटन तथा नागरिक उड्डयन मन्त्री भीम आचार्य र उद्योगमन्त्री कर्णबहादुर थापालाई फिर्ता बोलाएका थिए। पर्यटनमा दीपकचन्द्र अमात्य र उद्योगमा महेश बस्नेतलाई लगिएको छ। पार्टीको यो निर्णयसँग नेपाल पक्ष सहमत छैन।

खनालनिकट आचार्य र ओलीनिकट थापालाई फिर्ता बोलाएको निर्णय सञ्चारमाध्यमबाट थाहा पाएको भन्दै नेपाल पक्ष आक्रोशित छ। नेपालले 'जनताबाट तिरस्कृतहरूलाई मन्त्री बनाइएको' भन्दै आपत्ति जनाएका छन्। अमात्य लामो समय खनालका स्वकीय सचिव थिए भने युवा संघका अध्यक्ष बस्नेतले ओलीलाई अध्यक्ष बनाउने अभियानको नेतृत्व गरेका थिए।

नेपालले शनिबार एक कार्यक्रममा ओलीको कार्यशैलीप्रति टिप्पणी गर्दै पार्टीलाई 'प्राइभेट लिमिटेड' बनाउन लागेको आरोप लगाए। ओलीले पनि नेपालप्रति लक्ष्य गर्दै भने, 'पार्टी भागबन्डाका आधारमा चल्ने मोर्चा होइन, अहिलेसम्म भागबन्डामा चल्यो होला, अब चल्दैन।'

'कुनै विषयमा नियुक्ति गर्दा एउटै प्यानलबाट चुनाव लडेको व्यक्ति पर्न सक्छ। योग्यता र क्षमताका आधारमा पार्टी चल्छ भन्ने अध्यक्षको धारणा हो,' एमाले सचिव तथा ओलीनिकट प्रदीप ज्ञवालीले आइतबार नागरिकसँग भने, 'अर्कोपटक नियुक्ति गर्दा अर्को प्यानलबाट लडेको व्यक्ति पर्न सक्छ।' 

उनले एमाले नेपाली कांग्रेसजस्तो ६०–४० को भागबन्डामा नचल्ने उल्लेख गर्दै भने, 'बराबरी मत प्राप्त भएको हो, त्यसै आधारमा भागबन्डा गर्नुपर्छ भन्नेजस्तो कुरा आएको छ। एमाले मोर्चाहरूको पार्टी होइन। यसले पार्टीलाई कमजोर बनाइराख्छ।' 

आन्तरिक विषयलाई सार्वजनिक मञ्चबाट छताछुल्ल बनाउनु भने दुःखपूर्ण घटना भएको उनले जनाए। 'महाधिवेशनको परिणाम स्वीकार्न नसकेजस्तो देखिएको छ, दाउपेच गरेर, षड्यन्त्र गरेर चुनाव हराएजस्तो कुरा आएका छन्,' ज्ञवालीले भने, 'पार्टीको शीर्ष नेताबाट सार्वजनिक रूपमा यस्तो अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण हो।'

पार्टीका अर्का सचिव योगेश भट्टराईले भने अध्यक्षले पार्टीगत निर्णय गर्दा 'सहमति वा प्रक्रिया' कुनैलाई नपछ्याएको आरोप लगाए। 

'कि सहमतिका आधारमा पार्टी चलाउने हो कि विधिका आधारमा,' नेपालनिकट भट्टराईले नागरिकसँग भने, 'अहिले यी दुवै तरिकाबाट पार्टी चलेको छैन। मन लागेका बेला परामर्श गरेजस्तो गरेर पदाधिकारी बैठक डाक्ने र मन नलाग्दा नडाक्ने गरिएको छ। पिटिए र पिडिए गर्दा बैठक गर्ने, अनि मन्त्री नियुक्त गर्दा, सांसद बनाउँदा, सभापति बनाउँदा केही गर्न नपर्ने?'

ओली पक्षले भने स्थायी कमिटी र पोलिटब्युरो नभएको अवस्थामा केन्द्रीय कमिटीबाटै प्रस्तुत गरेर निर्णय गर्नुपर्ने बताउँदै आएको छ।

'पदाधिकारीमा किन छलफल गरियो भनेर कसैले भनेको छैन। दीर्घकालीन महत्वका विषयमा परामर्श गरेर निर्णय गरिएको छ। परामर्श कति गरियो भन्ने छलफलको विषय बन्न सक्छ,' ज्ञवालीले भने, 'संसदीय दलका नेताले आफूले विश्वास गरेका व्यक्तिलाई प्रमुख सचेतक तथा सचेतकमा नियुक्त गर्न पाउँछ, विरोधका नाममा जे पनि विरोध गर्न हुँदैन।'

भट्टराईले भने अध्यक्षको कार्यशैलीकै कारण समस्या उब्जेको बताएका छन्। 'स्थायी कमिटी र पोलिटब्युरो नभएर समस्या परेको भए एक दिन केन्द्रीय कमिटी बैठक डाकेर गठन गरे भइहाल्छ,' उनले भने, 'महाधिवेशन हलबाट पदाधिकारी नै निर्वाचित भएर आएका हुनाले उनीहरूको कमिटीलाई नै स्थायी कमिटी मानेर जान सकिन्छ।'
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस