काठमाडौं- उच्चस्तरीय राजनीतिक समिति गठनलाई लिएर लगातार व्यवस्थापिका संसद अवरुद्ध हुँदा संविधान निर्माणमा असर परेको छ। संविधानसभाको संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिलाई असोज १४ सम्म विवादित विषयमा सहमति कायम गर्न पुनः समय दिइए पनि उच्चस्तरीय समिति गठन, नेतृत्व, क्षेत्राधिकार, सहभागितालगायत विषयमा प्रमुख दलबीच सहमति हुन नसक्दा संविधानका विवादित विषयमा छलफल हुन सकेको छैन।
प्रमुख दलका शीर्ष नेताहरूले आइतबार पनि पटक–पटक गरी दिनभर छलफल गरे पनि राजनीतिक समिति गठनमै केन्द्रित रह्यो। संविधानका विवादित विषय राज्य पुनःसंरचना, शासकीय स्वरूप, निर्वाचन प्रणाली र न्याय प्रणालीजस्ता विषयमा दैनिक छलफल गरेर सहमति कायम गर्ने बताइए पनि अझै मूल विषय बैठकको एजेन्डा नै बन्न सकेको छैन।
चारबुँदे सहमतिमा उल्लेख भएबमोजिम उच्चस्तरीय राजनीतिक समिति गठन गर्न कांग्रेस र एमाले तयार भए पनि संयन्त्रको स्थायी नेतृत्वमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले अडान नछाडेपछि सहमति कायम हुन नसकेको हो। सहमति नभएपछि आइतबार बोलाइएको संसद बैठक पनि सञ्चालन हुन सकेन।
सत्तारूढ दल केही दिनअघिसम्म तीन दलको मात्र सहभागिता रहने गरी संयन्त्र गठन गर्न तयार भए पनि एमाओवादीले १२ बुँदे सहमतिका सहयात्री पनि सँगै हुनुपर्ने अडान राखेको थियो। त्यसमा आइतबार कांग्रेस र एमाले तयार भएर अन्य दललाई पनि सहभागि गराउन सकिने बताएका थिए। त्यसपछि एमाओवादीले स्थायी नेतृत्व खोज्दा सत्तारूढ दलका नेता थप सशंकित बनेका छन्।
कांग्रेस उपसभापति रामचन्द्र पौडेलले पुस ९ गते भएको चारबुँदे सहमति अक्षरस पालना गर्न आफूहरू तयार भए पनि विपक्षीले लगातार सदन अवरोध गरेको बताए। 'चारबुँदे सहमति अक्षरस पालना गर्न तयार छौं,' पौडेलले भने, 'हामीले त्यसो भन्दा पनि उहाँहरू किन सदन अवरुद्ध गर्नुहुन्छ? चारबुँदेमा नलेखिएको कुरा प्रचण्डलाई स्थायी अध्यक्ष चाहियो रे! चारबुँदेमा त्यो कहाँ लेखिएको छ? आसय पनि छैन। त्यो हुँदै नभएको कुरा मान्न हामी तयार छैनौं। उहाँहरू आउनुहुन्छ भने सबैले पालैपालो नेतृत्व गर्न सकिन्छ। प्रचण्डले पनि पालो पाउनुहुन्छ।'
पौडेलले माग पूरा भएपछि पनि सदन अवरोध गर्ने प्रचलन नेपालमा मात्रै भएको बताए। उनले नेतृत्व 'रोटेसन' मा जाने गरी संयन्त्रमा अन्य दललाई पनि सहभागी गराउन सकिने धारणा राखे। शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने गरी तयार हुने समितिको नेतृत्व प्रचण्डलाई पनि दिन तयार रहेको पौडेलको भनाइ छ। तर, एमाओवादीले स्थायी नेतृत्व नै खोजेपछि संविधान निर्माण नै हुन नदिने खेल हो कि भन्ने आशंका थपिएको पौडेलले बताए।
'संविधान नबनाउने नियत देखिन थाल्यो,' पौडेलले भने, 'राजनीतिक समितिप्रति नै आशंका बढ्न थाल्यो। संविधानमा नै अप्ठेरो पार्न बनाउन लागिएको हो कि भन्ने शंका लाग्न थाल्यो। उहाँहरूको के नियत हो त्यो बुझ्न जरुरी छ।'
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने गरी राजनीतिक समिति बनाउने विषयमा छलफल भए पनि सहमति कायम हुन नसकेको बताए। उनले सदनको अवरोध खुलाउने विषयमा भएको छलफल पनि निष्कर्षमा पुग्न नसकेको धारणा राखे।
नेकपा एमालेका प्रमुख सचेतक अग्नि खरेलले पनि शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नका लागि राजनीतिक समिति बनाउन आफूहरू तयार रहे पनि एमाओवादीले स्थायी नेतृत्व खोजेपछि सहमति कायम हुन नसकेको बताए। 'शान्ति प्रक्रिया र अन्य समसामयिक राजनीतिक विषयमा पनि हामीले छलफल गर्न संयन्त्र बनाउन सकिन्छ भन्ने कुरा गर्यौंर,' उनले भने, 'उहाँहरूले संविधानका विषय पनि कार्यक्षेत्रभित्र परोस् र विपक्षी दललाई राजनीतिक समितिको स्थायी नेतृत्व दिनुपर्छ भन्ने कुरा गर्नुभयो।'
यता एमाओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेलले सदनको अवरोध खोल्न सरकार नै तयार नभएको दाबी गरे। उनले प्रधानमन्त्रीले छलफल बोलाएर पनि राम्रो व्यवस्थापन नगरी विदेसिएको र पेस्की खर्च विधेयक ल्याएर एक तृतीयांश खर्च गर्न पाएको समय पनि सकिन लागेका बेला सरकारले प्रयास गरेजस्तो देखाए पनि सदन सञ्चालनमा गम्भीर नभएको आरोप लगाए।
उनले सरकार नै सदन अन्त्य गरेर फेरि मनोमानी ढंगले अघि बढ्न खोजेको आरोप लगाए। आइतबार भएको छलफलमा पनि कुनै विषयमा सहमति कायम हुन नसकेको पोखरेलको दाबी छ। द्वन्द्वपीडितलाई २ लाख दिने कुरामा पनि सरकार तयार नभएको उनको आरोप छ। उनले पनि सदनको अवरोधले संविधान निर्माणमा केही समस्या पारेको उल्लेख गरे। 'संविधान निर्माणमा यसको असर त मुख्य पक्ष नै मानिन्छ,' उनले भने, 'तर, कार्यतालिका अझै प्रभावित भएको छैन।'
आइतबारको संसद बैठकमा सद्भावना पार्टीका नेता लक्ष्मणलाल कर्णले प्रतिपक्षीले लगातार संसद खोलौं भनेर प्रयास गर्दा पनि सत्तारूढ दल तयार नभएको आरोप लगाए। उनले संसदप्रति सरकार नै उत्तरदायी नभएको टिप्पणी गरे। 'संसदप्रति सरकार उत्तरदायी हो कि होइन?' उनले भने, 'सरकारका मन्त्रीले दुईपटक रोस्ट्रमबाट बोलेको कुरा किन पूरा हुँदैन? यसले सरकार नै उत्तरदायी छैन भन्ने देखिन्छ।' उनले सभामुखले दिएको निर्देशनसमेत सरकारले पालना नगरेको बताए।
संसदमा बोल्न पाउनुपर्ने सत्तापक्षको माग
व्यवस्थापिका संसद बैठक सुरु हुनासाथ प्रमुख सचेतक चीनकाजी श्रेष्ठको नेतृत्वमा सत्तारूढ कांग्रेसका सांसदहरू पनि उठेका थिए। उनीहरूले आफूहरू पनि बोल्न पाउनुपर्ने माग गर्दै थिए। तर, विपक्षी दलमा रहेका सबै सांसद उठेर विरोध जनाएपछि उनीहरूलाई सभामुखले रोकेका थिए। श्रेष्ठसहित कमल पंगेनी, रामहरि खतिवडा, अब्दुल रजाक, उषा गुरुङलगायतका सांसदले बोल्न पाउनुपर्ने माग गरेका थिए।
'दलहरुबीच राजनीतिक संयन्त्र गठनको कुरा मिलेको छ,' कांग्रेस सांसद खतिवडाले भने, 'आयोग गठन प्रक्रिया पनि अघि बढेको छ। तर, संविधानसभालाई छायामा पार्ने गरी संयन्त्र गठन गर्न पाइँदैन भन्ने हाम्रो धारणा हो। संविधान निर्माणमा असर पर्छ भनेर हामीलाई गाउँ जान पनि नदिने, यहाँ काम पनि नहुने। संसदमा बोल्न पनि नपाउने भन्ने हुँदैन।' उनले संयन्त्र गठन भए त्यसको विरोध गर्ने चेतावनीसमेत दिए।