काठमाडौं- व्यवस्थापिका संसद बैठक सुरु हुनासाथ कांग्रेस प्रमुख सचेतक चिनकाजी श्रेष्ठ कड्किए, ‘हामीलाई जिल्ला पनि नजा भन्ने, यहाँ पनि जनताका कुरा राख्न नपाउने? सधैं हाजिर गरेर जाने मात्र हाम्रो काम होइन, बोल्न पनि पाउनुपर्छ, सभामुख महोदय!'
श्रेष्ठलाई साथ दिँदै सोमबार बैठकमा कांग्रेस र एमालेका केही सांसद पनि जर्याकजुरुक उठे। चारबुँदे सहमति कार्यान्वयन माग गर्दै लगातार ११ औं बैठक पनि विपक्षीले अवरोध गर्ने तयारी गरेपछि जनताका समस्या राख्न पाउनुपर्ने माग गर्दै सत्तारूढ दलसम्बद्ध सभासद आक्रोशित भएका थिए। सँगसँगै विपक्षी दलका सांसद पनि सत्ता पक्षसँगै टेबल ठोक्दै उठ्न थाले। सभामुख सुवासचन्द्र नेम्वाङ भने अब कसलाई बोल्ने समय दिने भन्दै बिलखबन्दमा परेका थिए।
बैठकमा केही बेर सत्तापक्ष र विपक्षका संासदबीच जुहारी नै चल्यो।
एमाले प्रमुख सचेतक अग्नि खरेलले आफ्ना सांसदलाई बस्न आग्रह गर्दै इशारा गरेपछि कांग्रेसका प्रमुख सचेतक श्रेष्ठले पनि आफ्ना सांसदलाई रोके र आफू पनि बसे।
सभामुख नेम्वाङले विपक्षी दलका तर्फबाट मधेसी जनअधिकार फोरम नेपालका नेता लालबाबु राउतलाई बोल्न समय दिए। उनले बोल्न सुरु गर्नासाथ कांग्रेस प्रमुख सचेतक श्रेष्ठ ‘नियमापत्ति' जनाउँदै उठिहाले। राउतले धारणा राख्ने क्रममा कांग्रेस र एमालेका कारणले लामो समयदेखि मुलुक अनिर्णयको बन्दी बनेको बताइरहँदा श्रेष्ठले नियमापत्ति गरेका थिए।
त्यसपछि नेम्वाङले राउतलाई रोक्दै श्रेष्ठलाई समय उपलब्ध गराए। उनले छलफल क्रममा राखेका धारणा मान्य नभएको बताउँदै चारबुँदे सहमति संविधानसभा बाहिर भएको र संविधानभन्दा बाहिरको कुरा संविधानसभाले नचिन्ने बताए। श्रेष्ठ बोलिनसक्दै विपक्षी सांसदहरूले फेरि एकाएक उठेर उनको विरोध गरे।
‘यति धेरै किन एकैसाथ उठनुभयो? नियमापत्ति गर्न कसलाई दिने?' सभामुख नेम्वाङले यस्तो प्रश्न विपक्षी दललाई तेर्स्याएपछि श्रेष्ठले फेरि भने, ‘जनतासँग प्रत्यक्ष सरोकारका विषय पनि हामीले उठाउन पाएनौं। सदनको काम अवरोध हुँदा कस्तो असर परेको छ भन्ने पनि ख्याल गर्नुपर्यो। हलो अड्काएर गोरु चुट्ने काम नगरौं।'
त्यति भनिसक्दा सभामुखले नियमापत्ति नभएको भन्दै श्रेष्ठलाई रोकेर माइक हातमा समातेर उभिरहेका राउतलाई बोल्न समय दिए। राउतले फेरि धारणा राख्ने क्रममा ‘सिके राउतलाई समात्नुपर्ने आवश्यकता सरकारलाई किन पर्यो' भन्ने प्रश्न तेर्स्याएपछि एमाले प्रमुख सचेतक खरेल संविधानसभा नियमावली हातमा समाउँदै उठे र सभामुखसँग समय मागे।
‘राष्ट्रिय एकता, सार्वभौमिकता, अखण्डतासँग गाँसिएर केही विषय उठ्छन् भने त्यसलाई गम्भीरतापूर्वक लिनुपर्छ,' खरेलले भने, ‘सिके राउतले देश टुक्र्याउने अभिव्यक्ति दिएका छन्। उनको मुद्दा अदालतमा पनि विचाराधीन छ। अदालतमा विचाराधीन रहेेको विषयमा सदनमा बहस गर्न पाइन्छ कि पाइँदैन? वक्ता मित्रले उठाएको विषयमा नियम ३९ बमोजिम मेरो नियमापत्ति हो। यो विषय सदनमा नउठाउन रुलिङ गरियोस्।'
यत्तिकैमा सभामुखले रुलिङ गरे, ‘अदालतमा विचाराधीन रहेको विषयमा प्रवेश नगरौं। त्यसलाई छोएर नबोलौं।'
नेम्वाङले राउतलाई समय उपलब्ध गराउनासाथ फेरि उनले संविधानसभाको समितिले नै सिके राउतलाई बोलाएर छलफल गरेको बताए। ‘कसैले यही संविधानसभामा बसेर संघीयता चाहिँदैन, देश टुक्र्याउँछौं भनिरहेका छन्। यो अन्तरिम संविधानविपरीत हो कि होइन?'
एमाले प्रमुख सचेतक खरेलले फेरि उठेर सभामुखको रुलिङपछि पनि यो विषय उठाइएको भन्दै रेकर्ड ‘डिलिट' गर्न माग गरे।
एमाले सांसद रविन्द्र अधिकारीले पनि एकोहोरो नभई संसदमा दोहोरो छलफल हुनुपर्ने माग गर्दै समय उपलब्ध गराइदिन आग्रह गरे। कांग्रेसकै उषा गुरुङले एक व्यक्तिको पदका लागि सिंगो मुलुक नै अनिर्णयको बन्दी बन्न नहुने धारणा राख्दै आफूले बोल्न पाउनुपर्ने माग गरिन्। तर, सदन अवरोधको अवस्थामा रहेकाले नेम्वाङले समय उपलब्ध गराउन सकेनन्।
सत्तारूढ दलका सांसदहरू नै एक–एक वाक्यलाई लिएर नियमापत्ति गर्दै उठेर विरोध गर्न थालेपछि राउतले आफ्ना भनाइ टुंग्याएका थिए।
सत्तारूढ र विपक्षीका सांसदहरूबीच यसरी जुहारी चलिरहेकै बेला अर्थमन्त्री रामशरण महतले हात उठाउँदै आफ्नो स्थानबाट जुरुक्क उठेर सभामुखसँग बोल्न समय मागे। त्यसबेला सभामुख नेम्वाङले समय दिन सक्ने अवस्था थिएन। विपक्षमा रहेका सबै दलका सांसदले उठेर विरोध जनाइरहेका बेला अर्थमन्त्री महत पनि आफूले बोल्न पाउनुपर्ने भन्दै उठिरहे। धेरैबेर उभिरहेपछि सभामुख नेम्वाङले अर्थमन्त्री महतलाई आसन ग्रहणका लागि आग्रह गर्नुपरेको थियो।
सभामुख नेम्वाङले दैनिक कार्यसूचीमा प्रवेश गर्न नदिइए पनि जनताका सरोकारका विषयमा छलफल गर्न आग्रह गरेका थिए। तर, विपक्षी दलले नमानेपछि सोमबारको बैठक पनि स्थगित गरिएको थियो। नेम्वाङले विगतमा पनि लामो समय सदनको काम अवरुद्ध हुनु ठिक नभएको उल्लेख गर्दै अहिले पनि यसरी अवरोध गर्दा जनताको आवाज बन्द भएको भन्दै छिटो समाधान गर्न आग्रह गरे।
उनले आफूहरू एकदमै अप्ठेरो अवस्थामा रहेकाले यसलाई जतिसक्दो चाँडो अन्त्य गर्न दलका नेताहरूसँग आग्रह गरे। यसअघि सिंहदरबारमा भएको तीन दलका शीर्ष नेताको बैठक पनि उच्चस्तरीय राजनीतिक समितिको नेतृत्वका विषयमा सहमति कायम हुन नसकेपछि स्थगित गरिएको थियो। विपक्षी दलले संयन्त्रको स्थायी नेतृत्व माग गरेका छन् भने सत्तारूढ कांग्रेस र एमालेले आलोपालो हुनुपर्ने बताउँदै आएका छन्।