काठमाडौं- 'पार्टी ड्रग्स' भनेर चिनिने मेथाफेडामाइन (आइस ड्रग्स) बनाउन नेपालमा उत्पादित रुघाको औषधि तस्करी भइरहेको पाइएको छ। लागुऔषधिका कारोबारीले चिसो लागेका बिरामीलाई दिइने औषधिमा हुने स्युडोफ्रिडिन निकाल्न नेपालमा उत्पादन हुने टि्रडिनलगायतको तस्करी गरिरहेको नेपाल प्रहरी, लागुऔषध नियन्त्रण ब्युरोको अनुसन्धानमा खुलेको हो।
नेपाली औषधि उत्पादकले चिसो लागेका बिरामीका लागि चलाइने औषधि बनाउन स्युडोफ्रिडिन आयात गर्ने गरेका छन्। रुघा, एलर्जी र दमविरुद्ध दिइने यस्ता औषधिमा प्यारासिटामोलसँगै स्युडोफ्रिडिनको मात्रा झन्डै आधा हुन्छ। तस्करले यस्ता औषधिका चक्कीबाट स्युडोफ्रिडिन सहजै अलग पारेर आइस ड्रग्स बनाउन प्रयोग गर्छन्।
'नेपालमा स्युडोफ्रिडिन प्रयोग गरेर औषधि बन्छजस्तो लागेको थिएन,' औषधिसम्बन्धी जानकार एवं नेपाल फर्मास्युटिकल्स एसोसिएसनका महासचिव विवेकसिंह महतले नागरिकसँग भने, 'लागुऔषध नियन्त्रण ब्युरोले यस्तो प्रकृतिको तत्व लागुऔषधिमा उपयोग भएको आशंका गरेपछि अनुसन्धान गर्दा नेपालमा स्युडोफ्रिडिन प्रयोगमा रहेको भेटियो।'
गत वर्ष पर्यटक भिसामा नेपाल आएका तीन चिनियाँका गतिविधिबाट प्रहरीले आइस्ड ड्रग्सका लागि स्युडोफ्रिडिन संकलन गर्न तस्करले यहाँ उत्पादित औषधि चीन लैजाने गरेको खुलेको थियो।
गत कात्तिक ६ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले १५ किलो टि्रडिन बोकेर हवाइमार्ग हुँदै चीन जाने क्रममा रहेका याङ चेङक्वेन, याङ मुच्याङ र जेङ सु मिङलाई त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको थियो। उनीहरूका साथबाट २४ प्याकेट टि्रडिन चक्की बरामद भएको थियो।
सिआइबीले लागुऔषध नियन्त्रण ब्युरोलाई समेत साथ लिएर उक्त घटना अनुसन्धान गरेको थियो।
'ठूलो मात्राको औषधि किन चीन लैजाने प्रयास भयो भन्ने पाटो केलाउँदा उनीहरूले स्युडोफ्रिडिनका लागि यस्तो गरेको खुल्यो,' ब्युरोका एसएसपी रणबहादुर चन्दले भने, 'मुद्दा अदालतसम्म पुग्दा उनीहरू धरौटीमा छुटे।'
गत वर्ष नै काभ्रे दोलालघाटमा यस्तै लागुऔषधसहित चिनियाँ पक्राउ परे पनि कुन प्रक्रियाबाट कारबाही अघि बढाउने भन्नेमा प्रहरी अलमलिँदा तिनीहरूले उन्मुक्ति पाएका थिए।
ब्युरो अधिकारीका अनुसार नेपालमा पनि आइस्ड ड्रग्स फेला परिसकेको छ, तर यहीँको उत्पादन हो या विदेशबाट ल्याइएको भन्ने यकिन हुन सकेको छैन।
सामान्य औषधि, गम्भीर असर
फर्मासिस्ट महतका अनुसार नेपालमा रुघा लाग्दा दिइने चक्की औषधिमा प्यारासिटामोलसँगै स्युडोफ्रिडिनको मात्रा करिब आधाआधी हुन्छ। लागुऔषधिका तस्करले घरेलु प्रविधिबाट सहजै चक्कीको स्युडोफ्रिडिन अलग गर्न सक्छन्।
जानकारका अनुसार स्युडोफ्रिडिनयुक्त आइस ड्रग्सले प्रयोगकर्तामा भ्रम (इलुजन) पैदा गराउँछ। त्यसले केन्द्रीय स्नायु प्रणालीमा प्रत्यक्ष असर गर्छ। यसको प्रयोगपछि शक्तिसमेत बढेको भ्रम हुन्छ। अर्थात् यो सेवन गरेर नाच्न थालेको व्यक्ति नाच्यानाच्यै, हाँस्न थाले हाँस्या हाँस्यै हुन्छन्। दुर्व्यसनीले पार्टी, जमघटमा बढी प्रयोग गर्ने गरेकाले नै यसलाई पार्टी ड्रग्स भनिएको हो।
'यसले मस्तिष्क र स्नायु प्रणालीमा असर गर्दा प्रयोगकर्ताले जस्तो सोच्यो, त्यस्तै अनुभव गर्छन्,' महतले भने, 'नाच्छु भन्ने सोचे नाचेको नाच्यै हुन्छन्।' असर गम्भीर हुनाले यसको प्रयोगमा अमेरिका र भारतमा समेत कडाइ गरिएको उनले जनाए।
यस्तो 'घातक' रसायन भएको औषधि नेपालमा भने सहजै उपलब्ध हुन्छ, चिकित्सकको सिफारिससम्म नखोजी बिक्री गरिन्छ। न बिक्रेताले खरिदकर्ताको रेकर्ड राख्नुपर्छ न निर्यातमा कुनै बारबन्देज।
औषधि व्यवस्था विभागको तथ्यांकअनुसार नेपालका औषधि उत्पादकले वार्षिक ६ हजार किलो स्युडोफ्रिडिन मगाउँदै आएका छन्। नेपाल भित्रिएको परिमाण हेर्दा यहाँ वार्षिक ७ करोड चक्की औषधि उत्पादन भइरहेको छ। जनसंख्या तुलनामा यो परिमाण निकै बढी रहेको विज्ञको धारणा छ।
नेपालमा सन् २००८ मा ४ सय ७५ किलो स्युडोफ्रिडिन आयात भएको महतले तथ्यांक दिए। जुन परिमाणबाट ५५ लाख ट्याब्लेट उत्पादन हुन्छ। सन् २०१२ मा यो परिमाण बढेर ६ हजार १ सय २५ किलो पुग्यो जसबाट ७ करोड ट्याब्लेट उत्पादन हुन सक्छ। उनका अनुसार नेपालमा आयातित स्युडोफ्रिडिनमध्ये ७० प्रतिशत वयस्कका लागि ट्याब्लेट र बाँकी केटाकेटीका लागि झोल औषधि बनाउन प्रयोग हुने गरेको छ।
'करिब ३ करोड जनसंख्या भएको मुलुकमा त्यसको तेब्बर औषधि उत्पादन हुनुले कतै त्यसको दुरुपयोग त भइरहेको छैन भन्ने आशंका उब्जायो,' उनले बुधबार लागुऔषध नियन्त्रण ब्युरोले आयोजना गरेको अन्तर्त्रि्कयामा भने, 'चिसोका बिरामीलाई दिइने औषधिका लागि अन्य कच्चा पदार्थसमेत प्रभावकारी हुने भएकाले यो पाटोलाई गम्भीर रूपमा हेर्नुपर्छ।'
औषधि व्यवस्था विभागका महानिर्देशक गजेन्द्रबहादुर भुजूले पछिल्लो समय स्युडोफ्रिडिन प्रयोग गरेर बन्ने औषधि उत्पादनको मात्रा बढे पनि दुरुपयोग नै भएको भन्दा गलत हुने बताए। विभागले औषधि बनाउन स्युडोफ्रिडिनको विकल्प खोजी गरिरहेको पनि उनले जानकारी दिए।
गम्भीर प्रकृतिका मनोद्दिपक औषधि नियन्त्रणसमेत चुनौतीपूर्ण रहेको अवस्थामा रुघा लाग्दा प्रयोग गरिने औषधिको बिक्रीवितरणमा समेत कडाइ गर्न तत्काल असम्भव हुने उनले बताए।
'औषधिउत्पादन लागि नेपालमा आयात भएका स्युडोफ्रिडिनको प्रत्यक्ष दुरुपयोग भएको भेटिएको छैन,' भुजूले भने, 'सहजै पाइने हुँदा चक्कीको दुरुपयोग भइरहेको हुन सक्छ।'
गृह मन्त्रालयको लागुऔषध नियन्त्रण शाखाका प्रमुख ऋषिराम तिवारीले औषधि उत्पादनमा स्युडोफ्रिडिन प्रयोगको जोखिम देखिएपछि यस्तो प्रकृतिका औषधि उत्पादकका कारखाना अनुगमन गरेको जानकारी दिए। 'बढी जोखिम देखिएपछि केही अघि तीन फ्याक्ट्री अनुगमन गरेका थियौं,' उनले भने, 'तिनमा कुनै गडबड भेटिएन।'
भुजूका अनुसार अन्य देशमा स्युडोफ्रिडिनको विकल्पमा फिनालफ्रिडिन प्रयोग गरेर औषधि उत्पादन गर्न थालिएको छ। बालबालिकाका लागि प्रयोग हुने झोल उत्पादन नरोक्ने, चक्की उत्पादनमा भने स्युडोफ्रिडिनको विकल्प खोजिरहेको उनले बताए।
'हामी चक्की उत्पादन नै बन्द गर्नुपर्छ कि भन्ने पाटोमा छलफल गरिरहेका छौं,' उनले भने। झोल औषधिबाट स्युडोफ्रिडिन सहजै निकाल्न नसकिने हुनाले यसको दुरुपयोग नभएको उनले जानकारी दिए।