गण्डकी प्रदेश सरकारको अनुरोधः पोखरालाई पर्यटकीय राजधानी बनाऔं
०१ मंसिर २०७८
•
२ मिनेट पाठ
गण्डकी प्रदेश सरकारको अनुरोधः पोखरालाई पर्यटकीय राजधानी बनाऔं
गण्डकी प्रदेश सरकारको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार मन्त्री कुमार खड्का। तस्बिरः सन्देश /नागरिक
गण्डकी प्रदेश सरकारले पोखरालाई पर्यटकीय राजधानी बनाउन दोश्रोपटक संघीय सरकारलाई अनुरोध गरेको छ। गण्डकी प्रदेशको कात्तिक २९ गते बसेको बैठकले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न संघ सरकारसँग अनुरोध गर्ने निर्णय गरेको हो।  




यसअघी पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकारले पनि पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न संघ सरकारसँग अनुरोध गरेको थियो। सोहि निर्णय अनुसार संघ सरकारमा सिफारिस गरिए पनि तत्कालीन केपी ओली नेतृत्वको सरकारले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न नसकिने भन्दै सो सिफारिस अस्वीकार गरेको थियो। तर, अघिल्लो सरकारले गरेका निर्णय र संघ सरकारले सो प्रस्ताव अस्वीकार गरेकोबारे जानकारी नभएपछि कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको वर्तमान सरकारले पुनः यस्तो निर्णय गरेको हो।

गण्डकी प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार मन्त्री कुमार खड्काले अघिल्लो सरकारले गरेको निर्णय थाहा नभएको बताए। ‘यसअघि निर्णय गरेको हामीलाई थाहा भएन, हामीलाई थाहा नभएपछि पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न माग गर्ने निर्णय गरेका हौं,’ उनले भने। उनले यसअघि निर्णय भएर संघ सरकारलाई सिफारिस भइसकेको भए त्यो फाइल कहाँ पुगेको छ त्यसैमा टेकेर पोखरालाई पर्यटकीय राजधानी बनाउनका लागि लबिइङ गर्ने बताए।

मन्त्री खड्काले अघिल्लो सरकारले गरेका निर्णय अस्वीकार भएको भए अब पर्यटकीय राजधानी बनाउनका लागि मापदण्ड बनाएर त्यही अनुसार पूर्वाधार तयार गरेर प्रक्रिया अघि बढाइने बताए। ‘पर्यटकीय राजधानी बनाउनका लागि आवश्यक पूर्वाधार, विकास र त्यसका लागि कुन सरकारको भूमिका कस्तो हुने भन्ने तय गरेर संघ सरकारको पुग्छौं,’ उनले भने। 

यसअघि ओली नेतृत्वको सरकारले नगरेपनि शेरवहादुर देउवा प्रधानमन्त्री भएकाले उहाँले पोखरालाई पर्यटकीय राजधानी बनाउन सकारात्मक निर्णय गर्नुहुन्छ भन्नेमा विश्वस्त रहेको उनको भनाई छ। उनले भने, ‘हामीलाई के विश्वास छ भने नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा नेतृत्वको सरकारले हाम्रो यो आग्रहलाई सहजै स्वीकार गर्नुहुन्छ भन्ने विश्वास छ।’

प्रदेश सरकारले आर्थिक सहायता सम्बन्धी कार्यविधि पनि पारित गरेको मन्त्री खड्काले जानकारी दिए। गण्डकी प्रदेशका गम्भीर प्रकृतिका विरामीलाई सहयोग गर्ने उद्देश्यले यो विधेयक पारित गरेको उनको भनाई छ। उनका अनुसार सोहि बैठकले २० जना नागरिकलाइृु १३ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय भएको छ। ‘न्युनतम ५० हजारदेखि अधिकतम १ लाखसम्म दिनेगरी २० जनालाई आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको छ, ’उनले भने।
अर्को समाचार
विश्वासको मतका सभामुखले धारा १८६ प्रयोग गर्नु गैरसंवैधानिक: कांग्रेस (रिट निवेदनसहित)
२५ वैशाख २०८१
•
१ मिनेट पाठ
विश्वासको मतका सभामुखले धारा १८६ प्रयोग गर्नु गैरसंवैधानिक: कांग्रेस (रिट निवेदनसहित)
गण्डकी प्रदेश सरकार गठनमा सभामुखले धारा १८६ प्रयोग गर्नु गैरसंवैधानिक भएको कांग्रेसले जनाएको छ।




मंगलबार कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सर्वोच्च अदालतमा दायर गरेको रिटमा प्रदेश सरकार गठनमा सभामुखले धारा १८६ प्रयोग गर्नु गैरसंवैधानिक भएको दाबी गरिएको छ।

कांग्रेसले विश्वासको मतका लागि संविधानको धारा १८८ मात्र प्रयोग हुने जिकिर गरेको छ। 

यस्तो छ रिट निवेदन:
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस