काठमाडौं-दसैं सुरु भइसक्यो।
घरबाहिर रहेकाहरू धमाधम थातथलो पुग्दैछन्। सबैजसो नयाँ लुगा, खानपानका सरजमको व्यवस्थामा जुटिरहेका छन्।बाढीले घरखेतविहीन बनाएर विस्थापित जीवन काटिरहेका नेपालीका भने न भरपेट छाक जुटेको छ, न आङ नै ढाकिन पाएको छ।
दसैंको छेको बाढीपीडित क्षेत्रको भ्रमणमा निस्केका राष्ट्रपति रामवरण यादवले यो दारुण दृश्य आफैं नियाले र राजधानी फर्किएर तत्काल विशेष व्यवस्था गर्न सरकारसँग आग्रह गरे।
शुक्रबार कार्यवाहक प्रधानमन्त्री वामदेव गौतमलाई शीतल निवासमा डाकेर उनले बाढीपीडितको पीडाको तस्बिर अगाडि राखिदिए र भने, ‘बाढीपीडितलाई तत्काल विशेष राहत प्याकेज घोषणा गर्नुपर्योो।'
बाढीप्रभावित पाँच जिल्ला सुर्खेत, दाङ, बाँके, बर्दिया र कैलालीको प्रत्यक्ष अवलोकन गरी फर्केका उनले गृहमन्त्रीसमेत रहेका गौतमलाई पीडितले दैनिक व्यहोर्नुपरेका दुःखका नालीबेली सुनाउँदै राहत कार्यक्रम घोषणामा ढिलो नगर्न आग्रह गरे।
‘बाढीपीडितको अवस्था काठमाडौंमा सुनिएको भन्दा निकै दयनीय रहेछ, उनीहरूलाई तत्काल धेरैभन्दा धेरै राहत उपलब्ध गराउन आवश्यक छ,' राष्ट्रपतिलाई उद्धृत गर्दै उनका प्रेस सल्लाहकार राजेन्द्र दाहालले शुक्रबार नागरिकसँग भने, ‘हामीले कल्पनै गर्न नसक्ने क्षति बाढीले पुर्या्एको रहेछ।'
राष्ट्रपति यादव बाढीप्रभावित क्षेत्रको प्रत्यक्ष अवलोकन गर्न भदौ ५, ६ र ७ गते सुर्खेत, दाङ, बाँके, बर्दिया र कैलाली पुगेका थिए। उनले बाढी प्रभावित क्षेत्रमा पीडितसँग प्रत्यक्ष कुराकानी गरी उनीहरूको अवस्था बुझेका थिए। ‘नसोचेको क्षति र बिजोग देखेर फर्किएँ,' उनले गौतमलाई सुनाएका थिए।
दाहालका अनुसार राष्ट्रपतिले बाढीपीडितका सम्बन्धमा तत्काल कार्यान्वयन गर्नुपर्ने तीन आग्रह गरेका थिए। पहिलो, जुन प्रकारको क्षति ती जिल्लामा पुगेको छ, तिनलाई सामान्य राहतले पुग्दैन, तत्काल विशेष राहत प्याकेज घोषणा गर्नुपर्छ। ‘सामान्य राहतका भरमा छाडेर भएन। उनीहरूलाई विशेष रूपमा हेर्नुपर्योत,' राष्ट्रपतिको जोड थियो।
बर्दिया एउटा जिल्लामा मात्र १० हजारभन्दा बढी चौपाया मरेको जानकारी गराउँदै उनले त्यति नै मात्रामा घर, बाली नष्ट भएको सुनाएका थिए। ‘घर, खेत, चौपाया केही छैन। के खाने, कहाँ सुत्ने, जाडो आइसक्यो, के गरी बाँच्ने? तुरुन्त विशेष प्याकेज घोषणा गर्नुपर्योा,' राष्ट्रपतिले कार्यवाहक प्रधानमन्त्री गौतमलाई आग्रह गरेका थिए।
बाढीपीडितलाई घर बनाउन विशेष सहुलियतपूर्ण ऋण दिने हो कि बिउबिजन के कसरी उपलब्ध गराउने भन्नेतर्फ सरकारको तत्काल ध्यानाकर्षण हुनुपर्ने पनि राष्ट्रपतिले जनाए। उनले देशभरका बाढीपीडितलाई सम्बोधन हुने गरी राहत प्याकेज बनाउन सुझाव दिए।
दोस्रो, बाढीपीडितलाई अहिले सरकारले दैनिक ३५ रुपैयाँ उपलब्ध गराउँदै आएको छ जुन अपुग रहेको भनाइ राष्ट्रपतिको थियो। त्यति रकमले बाढीपीडितलाई दुई छाक खान पनि नपुग्ने जनाउँदै उनले रकम वृद्धि गर्न आग्रह गरेका थिए।
‘सबै कुरा बाढीले बगाएर लगेको छ। उनीहरूलाई दुई छाक खानाको मात्र होइन, ओढ्ने–ओछ्याउने कुराको व्यवस्था गरिदिनुपर्छ। उनीहरूलाई बाँच्ने अवस्था सिर्जना गर्नुपर्छ,' राष्ट्रपतिले भने।
तेस्रो, चाडपर्वले हिमालदेखि तराईसम्मका बासिन्दा एकसाथ छोइएकाले तत्काल बाढीपीडितलाई चाडपर्व मनाउन सक्नेसम्मको व्यवस्था मिलाइदिन समेत राष्ट्रपतिले आग्रह गरे। ‘दसैं–तिहार, इद र छठजस्ता चाडले हिमालदेखि तराईसम्म छुँदैछ। चाडबाडका लागि पनि उनीहरूलाई केही व्यवस्था गर्नुस्,' राष्ट्रपतिले भनेका थिए।
बाढीप्रभावित क्षेत्रको भ्रमण गरी फर्केका राष्ट्रपतिको कुरा सुनेपछि कार्यवाहक प्रधानमन्त्री गौतम गम्भीर देखिएका थिए। उनले तत्काल सरकारले गर्न सक्ने सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धतासमेत राष्ट्रपतिसमक्ष गरेका थिए। उनले दैनिक बाढीपीडितलाई उपलब्ध गराइँदै आएको रकम ३५ रुपैयाँलाई बढाएर ७० रुपैयाँ पुर्यााउने प्रतिबद्धता पनि जनाए। ‘छिट्टै मन्त्रिपरिषद बैठकमा प्रस्ताव लगेर रकम बढाउँछु,' उनले राष्ट्रपतिलाई भनेका थिए।
साउन अन्तिम साता पश्चिम नेपालमा आएको बाढीले त्यहाँको जनजीवन अस्तव्यस्त पारेको थियो। बाढीका कारण एक सयभन्दा बढीको मृत्यु हुनुका साथै २० हजारभन्दा बढी घरबारविहीन बनेका थिए। बाढीपीडितलाई सहयोग गर्न भनी प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गरी वितरण गरिए पनि प्रभावकारी नभएको गुनासो पीडितको छ।
प्रत्यक्ष हेरेर आएका राष्ट्रपतिले गृहमन्त्रीलाई पीडितका आवाज सुनाए, ‘अहिले वितरण भइरहेको राहत साह्रै कम छ।'