धादिङमा एमसिसीविरुद्ध जुलुस र सभा
०१ मंसिर २०७८
•
१ मिनेट पाठ
धादिङमा एमसिसीविरुद्ध जुलुस र सभा
एमसिसी सम्झौताको विरोधमा धादिङमा विरोधसभा भएको छ। एमसिसी सम्झौता विरुद्ध देशव्यापी जनजागरण अभियानमा लागेको नेपाल मजदुर किसान पार्टीले धादिङको सदरमुकाम धादिङवेसीमा सभा गरेको हो।




सभाअघि बजारमा जुलुस समेत गरेको थियो। जुलसमा सहभागीहरुले एमसिसी देशघाती सम्झौता भएकाले सम्झौता खारेजीको माग गरेका थिए।

जुलुसपछि भएको सभालाई पार्टीका केन्द्रीय सदस्य एवम् बागमती प्रदेशसभा सांसद सुरेन्द्रराज गोसाईँले सम्बोधन गरेका थिए। सो क्रममा उनले एमसिसी सम्झौताले देशको हित नगर्ने भएकाले सोको विरोधमा पार्टी र देशभक्त नागरिकले संघर्ष गरिरहेको बताए।

‘युद्ध नचाहने, शान्ति चाहनेले एमसिसीको विरोध गर्नुपर्छ’, उनले भने, ‘एमसिसी लागू भए हाम्रो देश अर्को छिमेकी देश चीनविरुद्ध प्रयोग हुने सम्भावना ज्यादा छ।’ उनले पार्टीले ठाउँठाउँमा गरिरहेको विरोधका कारण पनि एमसिसी पारित हुन नसकेको बताउँदै विरोधलाई निरन्तर रुपमा अघि बढाइरहनुपर्नेमा जोड दिए।

सभामा नेक्राविसंघका केन्द्रीय सहसंयोजक सुरेश परियारले एमसिसीले कुनै पनि नागरिकको भलो नगर्ने भएकाले समय छँदै सो सम्झौताविरुद्ध संघर्ष गर्नुपर्ने बताए भने नेक्रायुसंघ भक्तपुरका अध्यक्ष मीनबहादुर बाटाले धादिङबेसीका जनतालाई एमसिसीविरोधी देशव्यापी संघर्षमा होमिन आह्वान गरे।
अर्को समाचार
एमसिसीविरुद्ध नारा लाग्दा झुक्यो दाहालको शिर
२३ माघ २०७७
•
२ मिनेट पाठ
एमसिसीविरुद्ध नारा लाग्दा झुक्यो दाहालको शिर
नेकपा दाहाल–नेपाल समूहले बिहीबार आमहडतालका क्रममा आयोजना गरेको सभामा अमेरिकन सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को विरोधमा नारा लागेपछि समूहका अध्यक्ष पुष्पकमल दाहाल शिर झुकाएर सभास्थलबाट हिँडेका छन्।  




नेकपाका नेता–कार्यकर्ताले ललितपुरको पुल्चोकमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमविरुद्ध प्रदर्शन गरिरहेका बेला दाहालले पनि उनीहरूसँग स्वरमा स्वर मिलाएर नारा लगाइरहेका थिए। कार्यकर्ताले एमसिसीविरुद्ध नारा लगाउन थालेपछि उनले सुरुमा त्यसो नगर्न आग्रह गरे। तर कार्यकर्ताले एमसिसीविरुद्धको नाराबाजी जारी नै राखेपछि असहज महसुस गर्दै दाहालले शिर झुकाएका थिए। त्यसलगत्तै उनी कार्यक्रमबाट बाहिरिएका थिए। एमसिसीविरुद्ध नारा लाग्दा दाहालको देखाउको भावभंगीको सामाजिक सञ्जालमा समेत चर्चा भइरहेको छ।

नेकपामा विभाजन हुनुअघि नै एमसिसी संसद्बाट पारित गर्ने विषयमा चर्काे विवाद भएको थियो। एमसिसीका बारेमा अध्ययन गर्न नेकपाले झलनाथ खनाल नेतृत्वमा कार्यदल गठन गरेको थियो। कार्यदलले यथास्थितिमा एमसिसी संसद्बाट पारित नगर्ने सुझाव दिएपछि त्यो विषय थप पेचिलो बनेको थियो। त्यसपछि उक्त विषय संसद्बाट पारित हुन सकेको थिएन। एमसिसी कार्यान्वयनसम्बन्धी सम्झौताअनुसार उक्त परियोजना नेपालमा लागु गर्न संसद्बाट अनुमोदन हुनुपर्छ।  

विशेष गरी अहिले दाहाल–नेपाल समूहमा रहेका नेताहरूले यथास्थितिमा एमसिसी पारित गर्न नसकिने अडान राखेकै कारण संसद्बाट एमसिसी अनुमोदन हुन नसकेको हो। नेकपाको एउटा खेमा एमसिसी कुनै पनि हालतमा पारित गर्न नहुने पक्षमा अडियो। त्यो धारको नेतृत्व गर्दै अध्यक्ष दाहालले संशोधन गरेर मात्र एमसिसी पारित गर्न सकिने धारणा राख्दै आएका थिए। अहिले नेकपामा विभाजन हुनुको एउटा कारणका रूपमा कतिपयले एमसिसीलाई पनि लिने गरेका छन्।  

प्रधानमन्त्री ओलीले एमसिसी अघि बढाउन चाहने तर अर्काे पक्षले रोक्न खोज्दा नेकपाभित्र विवाद बढेको थियो। एमसिसी सहज ढंगले पारित हुने अवस्था नभएपछि नेकपा विभाजनको बाटोमा बढेको र त्यसमा अमेरिकी स्वार्थले पनि काम गरेको कतिपयको तर्क छ। पार्टीभित्र आन्तरिक विवाद बढ्दै गएका बेला प्रधानमन्त्री ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेका थिए। त्यसपछि नेकपा दुई समूहमा विभाजित छ। ओलीको कदमलाई अमेरिकासँगै भारतको समेत समर्थन रहेको कतिपयको बुझाइ छ।  

प्रधानमन्त्री ओलीले संसद् विघटन गरेपछि आन्दोलनरत दाहाल–नेपाल समूहका अध्यक्ष दाहालले संविधानको रक्षाका लागि भइरहेको आन्दोलनमा भारत र अमेरिकासहितका अन्तर्राष्ट्रिय समुदायको समर्थन खोज्दै आएका छन्। सार्वजनिक रूपमै एमसिसीको विरोध गर्दा अमेरिकासँगको सम्बन्ध बिग्रन सक्ने ठानेर पनि उनले विरोध नगरेको राजनीतिक विश्लेषक बताउँछन्।
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock २५ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस