न्यायपालिकाको समस्या समाधानका लागि राजनीतिक दलहरुलाई दबाब दिन सुझाब
०१ मंसिर २०७८
•
२ मिनेट पाठ
न्यायपालिकाको समस्या समाधानका लागि राजनीतिक दलहरुलाई दबाब दिन सुझाब
न्यायपालिकामा देखिएको वर्तमान संकटको लागि भागबण्डामा न्यायाधीश नियुक्ती गर्नु प्रमुख कारक रहेको आरोप लगाइएको छ।




नेपाल मजदुर किसान पार्टी निकटको कानुन अध्ययन समाजका अध्यक्ष रामप्रसाद प्रजापतिले बुधबार विज्ञप्ति प्रकाशित गरी यसमा शासक राजनीतिक दलहरु नै दोषी भएको आरोप लगाए। शासक दलहरुले आफ्नो कमजोरी नदेखाई प्रधानन्यायाधीशलाई फसाएको आरोप उनले लगाएका छन्।

नेपाल बार एशोसिएसनमा प्रतिनिधित्व गर्ने कानून ब्यवसायीहरुले अहिले न्यायपालिकामा देखिएको समस्याको निकासका लागि भनिएको आन्दोलनले आ–आफ्नो आस्थासँग सम्बन्धित राजनीतिक दलहरुलाई पनि दबाब दिनु आवश्यक छ, विज्ञप्तिमा भनिएको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको सर्वोच्च अदालत संवैधानिक इजलासले विघटित प्रतिनिधिसभा पुनःस्थापना गरेको र प्रतिनिधिसभाको अधिवेशन ७ दिनभित्र बोलाउन र शेरबहादुर देउवालाई दुईदिनभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको तथा प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिनेबेला सांसदहरूलाई दलीय ह्विप नलाग्ने भनी संसदीय व्यवस्था, संविधान तथा न्यायिक प्रचलन विपरीतको फैसला गरेबाट प्रधानन्यायाधीश जबराले मन्त्रीमण्डलमा असंवैधनिक र अनैतिक भागबन्डा गरेको आरोप लागेबाट वर्तमान संकट सिर्जना भएको हो, विज्ञप्तिमा थपिएको छ।

यसो हुँदा सो फैसला, सो फैसला गर्ने सबै न्यायाधीशहरु र कार्यपालिका प्रमुख वा प्रधानमन्त्री देउवा, सत्ता गठबन्धन दलका नेताहरूसमेत जिम्मेवार रहेको कानून अध्ययन समाजको ठहर रहेको जनाएको छ।

न्याय क्षेत्रमा देखिएको भ्रष्टाचार, अराजकता, विकृति विसंगतिको अन्त्य गरी नागरिकले सहज न्याय पाउने अवस्था सिर्जना गर्नु सबैको प्रथम कर्तव्य भएको भन्दै वर्तमान संकटको सिघ्र निकासको लागि सम्बद्ध सबै पक्षले मार्ग प्रशस्त गर्न, भागबण्डामा न्यायाधीश र संवैधानिक नियुक्ती रोक्न, न्यायालय सुधारको लागि बनेको अध्ययन प्रतिवेदन तत्काल कार्यान्वयन गर्न एवं नेपालको संविधानको भावना अनुसार सक्षम र स्वतन्त्र न्यायापालिकाको सिद्धान्त पूर्ण परिपालनामा जिम्मेवार रहन अनुरोध गरेको छ।
अर्को समाचार
‘कार्की प्रतिवेदन’को कार्यान्वयन
१० वैशाख २०८१
•
४ मिनेट पाठ
‘कार्की प्रतिवेदन’को कार्यान्वयन
सरकारका तीन अंगहरू कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका एकअर्कामा सहयोगी तर सन्तुलन गर्न परिकल्पना गरिएको व्यवस्था हो। सरकार जब जब निरंकुश हुन्छ, त्यसलाई ठिक ठाउँमा ल्याउन न्यायपालिका अन्तर्गतको अदालतले गर्छ। नेपालमा कयौँ अवस्थामा अदालतले देशको बेइज्जत हुनबाट जोगाएको छ। कयौँ अवस्थामा यसले आफूलाई संसारका अन्य मुलुकभन्दा प्रगतिशील प्रमाणित गरेको छ। कयौँ अवस्थामा यसले आफ्नै जनतालाई न्यायबाट विमुख हुनुपर्ने अवस्थाबाट पार लगाएको छ। खासगरी स्वतन्त्रता र मानव अधिकारका पक्षमा अदालतले खेलेको भूमिका संसारका अन्य मुलुकका लागि समेत उदाहरणीय बन्न पुगेको छ।




नेपालले गणतन्त्र र संघीयताको अभ्यास गर्न थालेको करिब एक दशक पुगिसकेको छ। यस अवधिमा प्रदेश र स्थानीय तहमा राजनीतिको सबैभन्दा उत्तम अभ्यासहरू भइरहेको छ। नियमित चुनावपछि बनेका प्रदेश सरकार तथा स्थानीय सरकारले आफ्नो बजेटको सीमितता, त्यसलाई कार्यान्वयन गर्ने क्षमता र कौशलअनुसार कार्यान्वयन गरी गाउँठाउँमा विकास गर्ने हुटहुटीलाई क्रियान्वित गर्न थालेको छ। त्यसो त संघीयताको अभ्यासका क्रममा केही सीमितता र व्यवहारिकताको अभाव नदेखिएको भने होइन। यस्तोमा न्यायपालिकाको पुनर्संरचनाको विषय स्वयं न्यायपालिका क्षेत्रमा उठ्न थालेको छ ताकि संघीयता कार्यान्वयनको ‘अन्तिम प्रक्रिया’ पूरा होस्।

हालै कानुन व्यवसायीको छाता संगठन नेपाल बार एसोसिएसनले संविधानमा भएको न्यायपालिकासम्बन्धी व्यवस्थालाई पुनर्परिभाषित गर्नुपर्ने आवश्यकता देखेको समाचार सार्वजनिक भएको छ। आउँदो जेठको पहिलो साता काठमाडौँमा हुने सम्मेलनमा न्यायपालिकालाई पुनर्परिभाषित गर्न वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यको संयोजकत्वमा नौ सदस्यीय अध्ययन तथा सुझाव समितिसमेत गठन गरेको छ।

भुइँमान्छेको पहुँचमा न्याय पुग्न नसकेको, विकृति–विसंगति बढेको, अनियमितता, भ्रष्टाचार तथा बिचौलियाहरूको सक्रियता बढेको भन्दै कहिलेकाहीँ न्यायाधीश र कहिलेकाहीँ वकिलहरू नै आफूलाई आलोचनात्मक चेतले नियाल्न थालेको निकै भइसकेको छ। खासगरी न्यायमूर्ति हरिकृष्ण कार्कीले तयार पारेको २३४ पृष्ठ लामो ‘कार्की प्रतिवेदन’ को कार्यान्वयनसँगै सर्वोच्चको बोझ कम गराउन संविधान संशोधनका कुराहरू पनि उठेका छन्। संविधान नयाँ बन्यो तर भुइँमान्छेका समस्या समाधान गर्ने ढर्रा भने पुरानै रहेकामा धेरै न्यायाधीश र वकिलहरूलाई चित्त बुझेको छैन।

त्यसो त ‘कार्की प्रतिवेदन’ भन्दा पहिले देशको न्यायपालिका सुधारबारे चिन्ता नभएको होइन। न्यायपालिकालाई ‘न्यायप्रेमी’ बनाउन आठ वर्षका क्रममा तीन वटा प्रतिवेदनसमेत तयार पारिए। थन्क्याइए। ‘कार्की प्रतिवेदन’ भन्दा अघि पनि न्याय क्षेत्रको सुधारका लागि भन्दै २०६४ मा श्रीहरि अर्याल प्रतिवेदन तयार पारिएको थियो। त्यसको ठीक दुई वर्षपछि २०६६ मा रामप्रसाद श्रेष्ठको प्रतिवेदन बन्यो। पछि २०७२ सालमा गिरीशचन्द्र लाल प्रतिवेदन तयार गरियो । ती प्रतिवेदन किन बनाइए र तिनको कार्यान्वयन किन भएन, कसैसँग जवाफ छैन। देशका अन्य अ·हरूमाझैँ अदालतमा पनि जवाफदेहीको अभाव ती प्रतिवेदनले झल्काइरहेकै थिए। यस्तोमा अझ विस्तृत रूपमा तयार पारिएको कार्की प्रतिवेदनले आफूलाई फराकिलो रूपमा प्रस्तुत गरेको कुरालाई नकार्न सकिन्न।

अहिले बार एसोसिएसनको सम्मेलन नजिकिँदै जाँदा अदालतको इज्जत धूलिसात पार्ने बिचौलिया लगायतका प्रकरण बारेमा कुरा उठ्नु निश्चय नै स्वागतयोग्य कुरा हो। नत्र त यहाँ निजी स्वार्थका कुरा हुने तर बृहत्तर हितका पक्षमा सानो स्वरमा आवाज पनि नउठ्ने अवस्था आइसकेको थियो।

न्यायिक सदाचार, सुशासन, स्वतन्त्र न्यायपालिका, शक्ति पृथकीकरणको सिद्धान्त, कानुनी शासन, सुशासन, सूचनाको हकजस्ता संसारमै स्थापित भएको र नेपालले कुनै समय प्रशंसा कमाएका कुराहरूमै अहिले धमिरा लागिसकेको छ। अझ न्यायाधीशहरूको नियुक्ति, सरुवा, काज र कारबाहीका बेथितिबारे त कसैले ध्यान दिन पनि पाएको छैन। भ्रष्टाचार र बिचौलियाको भूमिका, न्यायको ढिलासुस्ती, सरकारवादी फौजदारी मुद्दाको अनुसन्धान तथा अभियोजनका कमजोरीको त कुरा गरिसाध्य छैन।

मूलतः ‘ठूला माछा’माथि कारबाही हुन नसक्नुमा सरकारवादी फौजदारी मुद्दाको अनुसन्धान र अभियोजनको कमजोरीले ठूलो भूमिका खेलेको छ । एक हिसाबले सर्वसाधारणमा दुई किसिमको वितृष्णा छ, अदालतप्रति । पहिलो, अदालतमा ठोक्किन पुगेका सामान्य जनताले भोग्नुपर्ने सास्ती र चरण–चरणमा हुने आर्थिक शोषण र दोस्रोमा, ठूला राजनीतिक काण्डमा परेका नेताहरूले पाउने सफाई । त्यो छविलाई सङ्ल्याउन खेल्नुपर्ने भूमिका कुनै पनि तह र तप्काबाट भएको छैन ।

वास्तवमा न्यायालयमा भएका समस्या समाधान गर्ने काम न्यायालय स्वयंको हो । त्यसका लागि ‘कार्की प्रतिवेदन’ले पर्याप्त सुझाव दिएको छ । साँच्चिकै इमान्दारी देखाउने हो भने यस्ता प्रतिवेदनलाई गम्भीरतापूर्वक क्रियान्वयन गरे पुग्छ ।
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस