काठमाडौं- नयाँ बन्ने संविधानमा सातवटा संवैधानिक आयोग बनाउने सहमति भएको छ। संविधानसभाको संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको शनिबार बसेको बैठकले पहिले भएका पाँच आयोगलाई कायमै राखी दलित र महिला आयोगलाई पनि संवैधानिक बनाउने निर्णय गरेको हो।
समितिमा वित्तीय र प्राकृतिक आयोग छुट्टाछुट्टै बनाउने कि एउटै भन्ने विषयमा भने सहमति कायम हुन बाँकी छ। विवाद समाधान उपसमितिले एउटै आयोग बनाउने सहमति गरेको भए पनि समितिको पूर्ण बैठकमा कांग्रेस, एमाले र एमाओवादीकै सभासदले छुट्टाछुट्टै बनाउनुपर्ने धारणा राखेका थिए। त्यसपछि राज्य पुनःसंरचनासँग जोडिएको विषय भन्दै त्यसलाई पन्छाइएको छ। संवाद समिति सभापति बाबुराम भट्टराईलाई त्यसलाई पछि सहमति गरिने जानकारी दिए।
सबै संवैधानिक आयोगलाई राष्ट्रिय सभा र प्रतिनिधिसभाका सांसद रहने संसदीय समिति बनाएर त्यसले अनुगमन गर्ने भएको छ। यसअघि संवैधानिक निकायमा नियुक्त हुनेहरूको संसदीय सुनुवाइ हुने बाहेक अनुगमन गर्ने अर्को निकाय थिएन। यो नयाँ व्यवस्था गरिएको संवाद समितिका सभापति भट्टराईले जानकारी दिए।
'अख्तियार, निर्वाचन, लोकसेवा, महालेखा, मानवअधिकार आयोगमा रहेका असहमतिलाई टुंगो लगायौं,' भट्टराईले पत्रकारहरूसँग भने, 'महिला र दलित आयोगलाई पनि संवैधानिक आयोगकै रूपमा थप गर्ने भन्नेमा सहमति भएको छ।'
कांग्रेस उपसभापति रामचन्द्र पौडेलले संवैधानिक आयोग सातवटा बनाउने विषयमा सबैको एकमत रहे पनि वित्तीय आयोग र प्राकृतिक आयोग एउटै बनाउने कि छुट्टाछुट्टै बनाउने भन्ने विषयमा सहमति कायम हुन नसकेको जानकारी दिए।