ओली मधेसी जनताका ‘खलनायकः दाहाल
०२ मंसिर २०७८
•
३ मिनेट पाठ
ओली मधेसी जनताका ‘खलनायकः दाहाल
माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी ओलीलाई मधेस रकधेसीको ‘खलनायक’ भएको टिप्पणी गरेका छन्।




मधेसी जनताको हक सुनिश्चित गर्न आफूले संविधान संशोधन प्रस्ताव संसद्मा दर्ता गराउँदा ओलीले पारित हुन नदिएको उनले जिकिर गरे।

बुधबार महोत्तरीको रामगोपालपुरस्थित स्वास्थ्य केन्द्र उद्घाटन गर्दै उनले मधेसले चुनाव जिताएर आफूलाई प्रधानमन्त्री बनाएको गुण कहिल्यै बिर्सिन नसक्ने बताए।‘मधेसी जनताका अधिकार संविधानमा सुनिश्चित गर्न गरिएको प्रयत्नलाई ओली र एमाले गुटले सफल हुन दिएन,’ उनले भने।

ओली र एमाले मधेस र मधेसी विरोधी छ भन्नेमा अब कुनै भ्रम नरहेको उनले बताए। ‘ओली मधेसविरोधी मात्र नभई देश,संविधान, समानुपातिकता, समावेशिताका पनि विरोधी हुन्।’ मधेसविरोधी तत्वको नेतृत्वमा रहेको सरकारमा ‘मधेसी जनताका मसिहा हौं’भन्ने महन्थ ठाकुर र राजेन्द्र महतोहरू घुँडा टेकेर सामेल भएको आरोप लगाए।‘अब पनि मधेसी जनतामा केही भ्रम बाँकी छ?’ उनले थपे, ‘को मधेसी जनताको मित्र, को दुस्मने, स्पष्ट भइसक्यो।’

उत्पीडित जनताको हकअधिकारका लागि रगत बगाउने आफू कहिल्यै नझुक्ने बरु मर्न तयार हुने दाहालको भनाइ थियो।‘दलाल तत्वले जहिल्यै विश्वासघात र बेइमानी गर्छ। माओवादी केन्द्र नै मधेसी जनता, आदिवासी जनजातिलगायत उत्पीडित समुदायको नायक हो,’ उनले भने, ‘अब मधेसी जनता कुनै महन्थ/राजेन्द्रहरू र विदेशीले सिँगारपटार गरेर पठाएकाहरूको पछि लाग्नुहुनेछैन। मधेसी जनताको पक्षमा इमानदारीपूर्वक लडिरहेकाले अबको निर्वाचनबाट प्रदेश २ मा माओवादी केन्द्र एक नम्बर पार्टी बन्नेछ।’ उनले भावुक हुँदै थपे, ‘म अन्तिम साससम्म तपाईंहरूको पक्षमा लडिरहन्छु।’ दाहालले पहाड र मधेसका उत्पीडितबीच तुलना गर्दै पहाडका निमुखा जनतालाई पहाडिया सामन्तले ठगेजस्तै मधेसकालाई पनि मधेसकै सामन्त जमिनदारले ठगेको स्पष्ट पारे।

एमाले र माओवादी केन्द्रबीचको एकीकरण र फुटको सन्दर्भ जोड्दै दाहालले भने, ‘बलियो कम्युनिस्ट पार्टी बनाएर देशविकासलाई गति दिने सपना थियो। ओलीले कुठाराघात गरिदिए।’ जनताको एकताभन्दा ठूलो कुनै ताकत नभएको उल्लेख गर्दै दाहालले देशभित्र र बाहिरका ठूला ताकतसँग मिलेर आफूलाई बादशाह घोषणा गर्न तयार भएका ओलीलाई बालुवाटारबाट बालकोट पुर्‍याएको उनले बताए। जनताको शक्तिले यो सम्भव भएको उनको भनाइ थियो। ‘अहिले सातै प्रदेशमा ओलीबिहिन सरकार बनेको छ,’ उनले भने, ‘सातै प्रदेशमा गठबन्धको सरकार छ।’

अब फेरि मधेसी जनताको हक खोस्ने संविधान संशोधन नगर्नेप्रति धोका दिन्छ भने लाखौंको संख्यामा सडकमा निस्कन अपिल गर्दै उनले भने,‘जनताको एकता र ताकतको अगाडि कुनै शक्तिको जोर चल्दैन। मधेसी जनताले पुरै अधिकार पाएका छैनन्, संविधान संशोधनको प्रस्ताव दुईचोटि दर्ता गराएको छु, त्यो पास नहुँदासम्म सिंहदरबार र बालुवाटारमा लडिरहन्छु।’ अहिलेको गठबन्धन सरकारमा प्रधानमन्त्री आफू प्रधानमन्त्री नभए पनि प्रधानमन्त्री बनाउने मान्छे भएको बताए।

चुरे दोहनको विषय महोत्तरीको मात्र नभई मधेसकै जल्दोबल्दो समस्या भएको उनले बताए। ‘चुरे दोहन गर्ने र गिट्टीढुंगा बाहिर बेच्ने काम हुनुहुँदैन। गठबन्धन सरकारले चुरे संरक्षणको एकीकृत योजना ल्याएर मधेसलाई मरुभूमीकरण हुनबाट रोक्छौं,’ उनले भने। मधेसको जीवन र जमिन जोगाउन सबै प्रयत्न गर्ने प्रतिबद्धता उनले जनाए। महोत्तरीको सदरमुकाम जलेश्वरमा वर्षौंदेखि खालि रहेको मणिपालको जग्गामा छिट्टै इन्जिनियरिङ कलेज/स्वास्थ्य प्रतिष्ठान वा यस्तै कुनै ठूलो परियोजना आउने दाहालले बताए।

रामगोपालपुर जानुअघि दाहाल जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरूसँग सर्वोच्च अदालतमा देखिएको समस्या छिट्टै सामाधान हुने बताएका थिए। उनले भने, ‘सर्वोच्चको समस्या अदालतभित्रैबाट सामाधन हुने विश्वास छ।’ सरकारलाई सहयोग गर्न गठित पाँचदलीय गठबन्धन समन्वय समितिको बैठकले सन्तुलित वक्तव्य दिइसकेको जनाउँदै उनले यस विषयमा थप बोल्न आवश्यक नरहेको बताए।
अर्को समाचार
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
१८ मिनेट अघि
•
१ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
विराटनगर । कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका छन्।




कोशी प्रदेश अधिवेशनबारे जानकारी दिन शनिबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा नेता राईले यस्तो बताएका हुन्।

राईले राणा र पञ्चायतले चारतारे झण्डा र रुख चिन्ह बोक्न रोक्न नसकेको बताउँदै थापाले आफूहरूलाई रोक्न नसक्ने दाबी गरेका हुन्। नेता राईले भने, ‘राणा र पञ्चायतले रोक्दा त बरु जेल गयौं तर, चारतारे झण्डा र रुख चिन्ह बोक्न छाडेनौं, गगन थापाले रोकेर रोकिदैनौं।’ राईले नियमित महाधिवेशन पक्षधर नै आधिकारिक कांग्रेस भएकाले रुख चिन्ह र चारतारे झण्डा आफूहरूकै भएको दाबीसमेत गरे।

उनले गगन थापाप्रति कटाक्ष गर्दै रुख चिन्हबाट चुनाव जितेका आफूहरूलाई चुनाव हारेकाहरूले हटाउने विषय आफैँमा हास्यास्पद रहेको बताए। ‘रुख चिन्हबाट चुनाव जितेका हामीहरूलाई चुनाव हारेकाहरूले हटाउने भन्ने विषय गलत हो’, राईले भने, ‘उहाँले यसलाई विशेष महाधिवेशन ठान्नुभएको भए त्यो भ्रमबाट मुक्त हुनुहोस्।’ राईले नेपाली कांग्रेस कोशी प्रदेशको अधिवेशन मंसिर १७ र १८ गते विराटनगरमा हुने जानकारी दिए।

उनले अधिवेशनको तयारी धमाधम भइरहेको बताउँदै कोशी प्रदेशका १४ वटै जिल्लाबाट अधिवेशनमा २ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने जानकारी दिए। अधिवेशनका लागि विभिन्न समितिहरू गठन गरेर तयारीलाई तीव्र पारिएको राईले बताए। अधिवेशनको उद्घाटन कार्यक्रममा सभापति शेरबहादुर देउवा, १५औँ महाधिवेशनका संयोजक डा. शशांक कोइरालालगायत केन्द्रीय नेताहरू सहभागी हुने नेता राईले जानकारी दिए।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
यो पनि पढौँ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस