सदन अवरोधको 'आत्मघाती' परम्परा
११ असोज २०७१
•
१० मिनेट पाठ
सदन अवरोधको 'आत्मघाती' परम्परा
काठमाडौं- • सरकारले विमान खरिद र भाडामा लिने निर्णय गरेपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको राजीनामा माग गर्दै नेकपा (एमाले) ले २०५८ सालमा ५७ दिन सदन अवरुद्ध गर्‍यो।

• एनेकपा माओवादीले राष्ट्रपति रामवरण यादवले प्रधानसेनापति रुकमांगद कटवालको पद थमौती गरेपछि कदम सच्याउन माग गर्दै २०६६ साल साउनदेखि ४४ दिनसम्म लगातार संसद बैठक अवरुद्ध गर्योि। 
• २०६६ वैशाखमा माओवादीले शान्ति प्रक्रिया धरापमा पारेको, दिनानुदिन सहमतिको राजनीति तोडेको भन्दै नेपाली कांग्रेसले १४ दिनसम्म संसदको कारबाही चल्नै दिएन। 
• चारबुँदे सहमति कार्यान्वयनको माग गर्दै एमाओवादीसहितका विपक्षी दलले २०७१ भदौ–असोजमा व्यवस्थापिका संसदमा १२ वटा बैठक चल्न दिएका छैनन्। 
व्यवस्थापिका संसद अवरुद्ध भएका यी उदाहरण मात्रै हुन्। सरकारसँग कुनै माग गर्नुपरे, सरकारको कामकारबाहीप्रति चित्त नबुझे तथा सहमति कार्यान्वयन, सरकारको राजीनामालगायत विषय उठाउनुपरे सदनको कामकारबाही अघि बढ्न नदिने परम्परा नै बसेको छ। 
मधेसी मोर्चा र सरकारबीच भएको सम्झौता कार्यान्वयनका लागि २०६५ सालमा गरिएको अवरोध होस् वा बुटवलमा प्रचण्ड थैवको हत्यारालाई कारबाहीको माग गर्दै होस् वा विभिन्न हडतालका कारण सातादिनसम्म सूचना टाँस गरेर सदनका कामकारबाही अवरुद्ध भएका उदाहरण छन्। यतिमात्र होइन, २०६४ पछिको व्यवस्थापिका संसदमा दलित जनजाति पार्टीका सांसद विश्वेन्द्र पासवान एक्लैले सदनमा अवरोध खडा गरेका थिए। 
कांग्रेसले २०६८ मा तत्कालीन सरकारसँग भएको पाँचबुँदे सहमति कार्यान्वयनको माग गर्दै हतियार व्यवस्थापन र माओवादी सेनाको समायोजन, सेनाको लोकतन्त्रीकरण र मधेसको माग सम्बोधन गर्न सरकार असफल भएको भन्दै पाँच दिनसम्म लगातार सदनको कामकारबाही अवरुद्ध गर्योध।
अहिले त्यही पार्टी कांग्रेसको नेतृत्वमा दुई तिहाइको गठबन्धन सरकार बनेको छ। तर, एमाओवादीसहित विपक्षमा रहेका दलहरू चारबुँदे सहमति कार्यान्वयनको माग गर्दै सदनको कामकारबाहीमा अवरोध गरिरहेका छन्। 
साउन १३ गतेदेखि लगातार अवरुद्ध भएको सदन झन्डै दुई महिना पुग्न लाग्दा समेत सञ्चालन हुन सकेको छैन। तत्कालीन प्रतिनिधिसभा मात्र होइन, गणतन्त्र स्थापना भएपछि पनि थुप्रैपटक सदन अवरुद्ध भएका छन्। त्यो पनि एक/दुई दिन हुनु त सामान्य नै हुन थाल्यो। हप्तौंसम्म माग पूरा गराउन सदनको काम अवरुद्ध गर्ने प्रचलन पहिलेभन्दा झनै बढ्न थालेको छ।
यतिबेला विपक्षी दलले विगतमा एमालेले लगातार ५७ दिनसम्म सदन बन्द गरेको स्मरण गराउँदै ९७ दिनसम्म पनि अवरोध गर्ने चेतावनी पटक–पटक दिँदै आएका छन्। लगातारको संसद अवरोधका कारण जनताका समस्यासमेत राख्न नपाएको गुनासो सांसदहरूकै छ। उनीहरूले संविधान निर्माणका लागि भनेर गाउँ जान समेत नदिई रोक्ने, तर जनताका समस्या उठाउन पनि नपाएको भन्दै सभामुखसँग गुनासो गरिहेका छन्। 
संसदको कामकारबाही अघि बढाउन भएका वार्ता असफल भएपछि सरकार बजेट अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत बजेट पारित गराउने तयारीमा जुटेको शंका विपक्षीको छ। तर, संसद सचिवालय स्रोतका अनुसार यसरी संसदमा रहेको विधेयक फिर्ता लैजान संसदकै अनुमति चाहिन्छ। त्यसका लागि पनि सदन सञ्चालन हुनुपर्छ। नभए फिर्ता नलगी अध्यादेशबाट बजेट ल्याउन सक्ने अवस्थामा सरकार छैन।
यता सदनको कामकारबाही लगातार अवरुद्ध हुँदा बजेट पारित हुन सकेको छैन जसका कारण निकट भविष्यमा मुलुकको खर्च व्यवस्थापनमा नै समस्या आउने भएको छ। एक तृतीयांश बजेट सकिँदो अवस्थामा रहेको र बजेट पारित हुन नसकेकाले पनि यो अवस्था आइपुगेको हो। 
आफ्ना माग पूरा गराउन लगातार सदन अवरोध गर्नु ठिक हो वा होइन भन्ने बहस सदनभित्रै चल्न थालेको छ। यसमा सभामुख सुवासचन्द्र नेम्वाङले पटक–पटक विपक्षी, सरकार, सत्तारूढ दलका नेताहरूको ध्यानाकर्षण गराउँदै आएका छन्। 'विगतमा हुने गरेका लामो समयको अवरोध पनि ठिक होइन,' नेम्वाङले सदन अवरुद्ध अवस्थामै दलहरूको ध्यानाकर्षण गराउँदै भनेका थिए, 'अहिले पनि ठिक छैन। यसलाई छिटो टुंग्याऊँ।'
नेम्वाङले सदनको अवरोध संस्कृतिका रूपमा स्थापित हुन लागेको भन्दै चिन्ता व्यक्त गरेका छन्। 'संस्कृतिका रूपमा यो विषय स्थापित भयो भने सिस्टम नै फेल हुन सक्छ,' नेम्वाङले नागरिकसँग कुरा गर्दै भने, 'संविधान नै कार्यान्वयन हुन सक्दैन। असफल हुन पुग्छ। यो एकदम बेठिक हो। अवरोधको अवस्थामा संसद धेरै दिन रहनु हुँदैन।' 
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पनि संसद बैठकमा पटकपटक भन्ने गरेका छन्, 'हामी सामान्य अवस्थामा छैनौं। र, विगतका प्रतिपक्षी जस्तो हुन पनि चाहँदैनौं। सकेसम्म सदनको काम अवरोध गर्ने स्थिति नआओस्।' 
दाहाल अहिले विपक्षीले सदनको कामकारबाही अवरोध गरे पनि लगातार बन्द सत्तारूढ दलकै कारणले भएको बताउँछन्। 'सदनको अवरोध खोल्ने दायित्व सरकारमा रहेका पार्टीहरूकै हुन्छ,' दाहालले बुधबार पत्रकारसँग भने, 'जसले सदन अवरुद्ध गरेका छौं उसले छिटो सहमति होस् भनेर प्रयास गरेकै छौं। तर, सत्तापक्षकै कारण सदन सञ्चालन हुन नसकेको हो। अहिले सकारात्मक छलफल भएको छ। दसैंअघि नै अवरोधको अवस्था खुल्छ भन्ने मलाई लाग्छ।'
दाहाल आफू उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक हुनका लागि नै सदनको अवरोध गरेको भन्ने कुरालाई ठाडै अस्वीकार गर्छन्। 'संयन्त्रकै सभापतिका लागि भनेर बाहिर प्रचार मात्र गरिएको छ,' उनले भने, 'कांग्रेस र एमालेले नै तीन पार्टीको संयन्त्र बनाएर तपार्इं नै संयोजक हुनुस् भनेकै हुन्। संयोजक मात्र मैले खोजेको भए भैहाल्थेँ। मैले त राष्ट्रिय सहमति होस् भन्न चाहेको हो।'
कांग्रेसका युवा नेता गगन थापा पनि अहिले 'सफ्ट टार्गेट' का रूपमा संसद देखिएको बताउँछन्। 'नेपालको राजनीतिमा प्रमुख टार्गेट सदन नै भयो,' थापाले नागरिकसँग भने, 'सदनमा अवरोध हुँदा बचाउन र जोगाउन कोही आउँदैन। त्यहाँ रेस्क्यु गर्ने पनि कोही छैन। त्यसैले नै संसदलाई सफ्ट टार्गेट बनाइएको हो।'
थापा संसदीय व्यवस्थाको विकल्प नदेख्ने कांग्रेस र एमालेले यसमा सुधार गर्न नसेको तर्क गर्छन्। 'संविधान बनेपछि पनि यो अवस्था आउँछ कि भन्ने चिन्ता छ,' थापाले भने, 'यो अनिष्टको संकेत हो। भोलि संघीयतामा गएपछि पनि प्रदेशको संसदमा पनि यही अवस्था दोहोरिन सक्छ। नेपालमा एक/दुई जना संासदले नै संसद बन्धक बनाएको इतिहास छ। संवैधानिक बहसकै बेला केही कुरा सुनिश्चित हुनुपर्छ।'
थापाले नेपालमा देखिएको यो संस्कृति राष्ट्रपतीय व्यवस्था भए पनि नसुधि्रने बताउँछन्। 'राष्ट्रपतीय प्रणाली नै भए पनि विधेयक संसदबाटै पारित गर्नुपर्छ,' उनले भने, 'त्यसैले संसद बन्धक बनाउने परिपाटी अन्त्य गर्नुपर्छ।'
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस