प्रमुख तीन दलको बैठक निष्कर्षविहीन
१४ असोज २०७१
•
३ मिनेट पाठ
प्रमुख तीन दलको बैठक निष्कर्षविहीन
काठमाडौं-संविधान निर्माणमा देखिएका विवादित विषयहरुमा सहमति खोज्न मंगलबार बसेको प्रमुख राजनीतिक दलको बैठक पुनःअनिर्णित हुन पुगेको छ।सिंहदरबारमा बसेको प्रमुख तीन दलको बैठकमा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले सोमबार प्रस्तुत गरेको विवादित विषयमा सहमति खोज्ने अनौपचारिक प्रस्तावमा समेत कुनै सहमति हुन सकेन। 
संविधान निर्माणको प्रमुख विवादित विषयहरुमध्ये शासकीय स्वरुप, राज्य पुनःसंरचना, न्याय प्रणाली, निर्वाचन प्रणाली र नागरिकताको विषयमा छलफल गरिए पनि हालसम्म यी विषयमा कुनै पनि औपचारिक सहमति हुन सकेको छैन।
यद्यपि, नेताहरुले भने संविधानसभाको बैठकले विवादित विषयमा सहमति खोज्न आजसम्मको समयसीमा निर्धारण गरेको भएपनि यही असोज २१ गतेसम्म सहमति बनाउन सकिने सभाध्यक्ष सुवासचन्द्र नेम्वाङको रायअनुसार सोही अवधिसम्म प्रयत्न गरिने जानकारी दिए। 
विवादित विषयमा सहमति खोज्न दलहरुले तीन दलीय कार्यदललाई जिम्मा दिएको छ। सो कार्यदलमा नेपाली काँग्रेसका तर्फबाट महामन्त्री कृष्णप्रसाद सिटौला र नेता नरहरि आचार्य, नेकपा (एमाले)का तर्फबाट उपाध्यक्ष भीमबहादुर रावल र अग्नि खरेल र एकीकृत नेकपा (माओवादी)का तर्फबाट महासचिव कृष्णबहादुर महरा र नेता खिमलाल देवकोटा सदस्य छन्। 
कांग्रेस उपसभापति रामचन्द्र पौडेलले छलफल सकारात्मक दिशामा केन्द्रित रहेपनि कुनै पनि विषयमा सहमति हुन नसकेको जानकारी दिए। उनले भने, ‘सहमति खोज्ने प्रयत्न जारी रहेको छ। संवाद समितिको बैठकमै छलफल हुन्छ। विवादित विषयलाई हल गर्ने प्रयत्न जारी छ।’ 
कार्यदलका सदस्यसमेत रहनुका नेता देवकोटाले आजको बैठकमा प्रमुख विवादित विषयमा नै छलफल भएपनि सहमति जुट्न नसकेको जानकारी दिए।
विवादित विषयमा सहमति खोज्न सहज होस् भन्दै संवाद समितिका सभापति भट्टराईले सोमबारको बैठकमा शासकीय स्वरुप, राज्य पुनःसंरचनालगायतका विषयमा प्रस्ताव राखेका थिए। रासस
अर्को समाचार
राजनीतिक संयन्त्र गठनको विवादले बैठक निष्कर्षविहीन
०८ भदौ २०७१
•
५ मिनेट पाठ
राजनीतिक संयन्त्र गठनको विवादले बैठक निष्कर्षविहीन
 काठमाडौँ - प्रमुख तीन राजनीतिक दल नेपाली काँग्रेस, नेकपा (एमाले) र एकीकृत नेकपा (माओवादी) को बैठक उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विवादले निष्कर्षविहीन बनेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको तीन दलको बैठक संविधान निर्माणलगायत यसअघि थाती रहेको विभिन्न नियुक्ति र सरकारका कामकारबाहीका सम्बन्धमा नजिक पुगे पनि राजनीतिक संयन्त्र गठन गर्ने विषयले निष्कर्षविहीन बनेको हो।

बैठकमा समयमै संविधान निर्माण गर्न विवादित विषयमा तीन दलको समान धारणा बन्न लागेको बेला एमाओवादीले राजनीतिक संयन्त्र गठन हुनुपर्ने अनावश्यक विषय तेर्साएर बैठकबाट बाहिरिएको काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले सञ्चारकर्मीलाई जानकारी दिए।  

बैठकमा सत्य, निरुपण तथा मेलमिलाप र बेपत्ता खोजबिन आयोग छिट्टै गठन गर्ने, शासकीय र सङ्घीय स्वरुप, निर्वाचन र न्यायप्रणालीलगायत विषयमा सहमति नजिक पुगी काँग्रेस एमालेले नेकपा–माओवादी र अन्य दलसमेतको सहमतिमा निष्कर्षमा पुग्ने धारणा राखेका थिए।

सोही बेला एमाओवादीले विगतको सहमतिअनुसार उच्चस्तरीय संयन्त्र गठन गर्नुपर्ने माग गरेपछि सत्तारुढ दलहरुले एमाओवादीकै नेतृत्वमा राजनीतिक सहमति तथा संवाद समिति निर्माण भई काम गरिरहेकाले संयन्त्रको औचित्यमाथि प्रश्न गरेको उपसभापति पौडेलले बताए।

बैठकमा संविधान निर्माण अघि बढिरहेको परिस्थितिमा एमाओवादीले आफ्नो नेतृत्वमा गठन गरेको सङ्घीय गणतान्त्रिक मोर्चाका कामकारबाहीका सम्बन्धमा समेत सत्तारुढ दलले आलोचना गरेका थिए।

आजको बैठकमा एमाओवादी एकाएक राजनीतिक संयन्त्र गठन हुनुपर्ने माग राखेर अघि बढिरहेको संविधान निर्माणको कामबाट विचलन हुन खोजेको एमालेका उपाध्यक्ष भीम रावलले आशङ्का व्यक्त गरे।

नियमित तीन दलको बैठक बसिरहेको र प्रधानमन्त्री स्वयम्ले संविधानसभा बाहिरका दलसँग पनि वार्ता गरिरहेको बताउनुहुँदै उपाध्यक्ष रावलले संविधानसभाको दोस्रो निर्वाचनपछि दलहरुबीच संविधानसभा बाहिर कुनै पनि संयन्त्र गठन नगर्ने सहमति भएको समेत जानकारी गराए।

तर यस सम्बन्धमा एमाओवादीले फरक विचार राखेको छ। एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफूहरुले बैठकमा विगतमा प्रमुख तीन दलबीच भएको चारबँुदे सहमतिका कार्यान्वयन हुन बाँकी काम यथाशक्य हुनुपर्ने माग राखेको जानकारी दिए।

उपाध्यक्ष श्रेष्ठले सत्तारुढ प्रमुख दलले शनिबारमात्रै चारबुँदे सहमतिमा रहेको उच्चस्तरीय राजनीतिक संयन्त्र गठन आवश्यक नरहेको निष्कर्ष निकालेका कारण समस्या उन्पन्न भएको सञ्चारकर्मीलाई जानकारी गराए।

साथै, उनले तोकिएको समयमै संविधान निर्माण गर्ने वातावरण बनाउन सत्तारुढ दल गम्भीर नभएको समेत आरोप लगाए।

बैठकमा काँग्रेसका तर्फबाट सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्ण सिटौला, केन्द्रीय सदस्य नरहरि आचार्य र प्रवक्ता दीलेन्द्रप्रसाद बडू, एमालेका तर्फबाट अध्यक्ष केपी शर्मा ओली, पूर्व वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्षद्वय भीम रावल र विद्या भण्डारी, महासचिव ईश्वर पोखरेल र एमाओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल, नेता डा बाबुराम भट्टराई, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव पोष्टबहादुर बोगटी र नेता देवेन्द्र पौडेल सहभागी थिए।

सत्तारुढ काँग्रेस र एमालेको बैठक आजै साँझ ५ बजे बालुवाटारमा बसी सहमति खोजिने बताइएको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस