पोखरा- नियमविपरीतको चेक काट्न अस्वीकार गरेका कर्मचारीलाई कुटेको आरोपमा नेपाली कांग्रेस कास्कीका उपसभापति विष्णु बास्तोलालाई कास्की प्रहरीले पक्राउ गरेको छ। सोमबार पोखरा उपत्यका नगर विकास समितिको कार्यालयका लेखा अधिकृत दयामोहन आचार्यलाई कुटेका बास्तोलालाई मंगलबार पक्राउ गरिएको हो। बास्तोला समिति अध्यक्ष हुन्।
आफूमाथि कुटपिट गरी जिउज्यान नै खतरामा पारेको भन्दै आचार्यले सुरक्षा मागसहित उजुरी गरेपछि कास्कीको हेम्जाबाट बास्तोलालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
सुरक्षाको माग गर्दै आचार्यले सोमबारै वडा प्रहरी कार्यालय बैदामा उजुरी दिएका थिए। दुवैलाई राखेर मिलाउने प्रयास गरिएको जानकारी वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक सुन्दर तिवारीले दिए। तर सहमति नभएपछि उनलाई हिरासतमै राखिएको प्रहरीले जनाएको छ।
अध्यक्ष बास्तोलाले आफूले नपिटेको दाबी गरिहेका छन् भने आचार्यले आफूमाथि बास्तोलाले कुटपिट गरेको दाबी गरेका छन्। पोखरा-८ सिमलचौरस्थित विश्वेश्वर शिव पञ्चाङ्ग मन्दिरका लागि ५१ हजार रुपैयाँ र अर्को एक आमा समूहलाई ५१ हजार रुपैयाँ भुत्तानी दिन अध्यक्ष बास्तोलाले चेक काट्न भनेका थिए। तर मन्त्रालयको स्वीकृतबिना अनुदानका लागि चेक काटन् नमिल्ने भन्दै लेखा अधिकृतले चेक काट्न मानेका थिएनन्। ‘नियमले मिल्दैन हजुर। भोलि केही भए म पर्छु,' आचार्यले भनेका थिए। तर बास्तोलाले आफूको आदेश नै कानुन भएको भन्दै आफ्नो हुकुम नमान्ने भन्दै कुटपिट गरेका थिए।
नियमविपरीत भुक्तानीका चेक काट्न अस्वीकार गरेका कारण आफूमाथि हातपात भएको आचार्यले बताएका छन्। ‘म विष्णु बस्तोला हो, मेरो अगाडि केको कानुन?,' भन्दै कुट्नुभयो,' आचार्यलाई उद्धृत गर्दै प्रहरी स्रोतले भन्यो।
बास्तोलाले ती दुई आयोजना स्वीकृत गरेका थिए। नगर विकास समिति ऐन २०४५ को १३ क मा नेपाल सरकारको मन्त्रालयको स्वीकृत बेगर अनुदान रकम भुत्तानी नदिन उल्लेख गरिएको छ। तर त्यसविपरीत अध्यक्ष बास्तोलाले भुक्तानी दिन लेखाअधिकृतलाई दबाब दिएका हुन्।
पटकपटक विवादमा आइरहने बास्तोलाले पर्यटन बसपार्कको रुपमा प्रयोग गरिरहेको उपत्यका नगर विकास समिति स्वामित्वको जग्गा निजी क्षेत्रलाई भाडामा दिएपछि केही महिनायता फेरि विवादमा थिए। आफू अध्यक्ष रहेको समितिले पोखरामा तय गरेको मापदण्डविपरीतको घर निर्माण गरेपछि पनि उनी झन् आलोचित छन्। ३५ फिटभन्दा अग्लो घर बनाउन नपाइने मापदण्डविपरीत उनले ६५ फिट अग्लो घर बनाएका छन्।