जिल्ला सभापतिमा शाहीकै टक्कर
०४ मंसिर २०७८
•
३ मिनेट पाठ
जिल्ला सभापतिमा शाहीकै टक्कर
नेपाली कांग्रेस जुम्लाको सातौं अधिवेशनमा जिल्ला सभापतिका लागि दीपबहादुर शाही र कर्णबहादुर शाहीबीच टक्कर हुने भएको छ। उनीहरू बीच कडा प्रतिस्पर्धा हुने नेपाली कांग्रेस जुम्लाले जनाएको छ। दीपबहादुर शाही सातौं अधिवेशनसम्मको जिल्ला सभापति हुन्।




तत्कालीन कांग्रेस सभापति मानव सेजुवालको नेपाल एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएपछि उनले कार्यवाहक सभापतिको जिम्मेवारी पाएका थिए। योसंगै उनले झन्डै दुई कार्यकाल जिल्ला सभापति चलाइसकेका छन्। उनी यो पटक कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल प्यानलबाट सभापतिका एक्ला उम्मेदवार हुन्।

प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा प्यानलबाट सभापतिको उम्मेदवारी घोषणा गरेका कर्णबहादुर शाही कांग्रेस जुम्लाका सचिव हुन्। उनले धेरै अघिदेखि नै सभापतिको उम्मेदवारी सार्वजनिक गरिसकेका थिए।

सहमतिको अन्तिम प्रयास असफल भएपछि दुवै पक्षले उम्मेदवारी घोषणा गरेका हुन्। अब सहमतिको सम्भावना निकै कम देखिएको छ। निर्वाचन हुने लगभग पक्क भइसकेको छ तर तल्लो स्तरका कार्यकर्ताले कांग्रेस बलियो बनाउन सहमतिको विकल्प नभएको बताउँदै आएका छन्।

अहिले दुवै पक्षले उम्मेदवारी घोषणा गरेसंगै प्रचारप्रसारमा जुटेका छन्। पौडेल प्यानलबाट सभापतिमा दीपबहादुर शाही, उपसभापतिमा दिपक  शाही र कार्मा बुढा, सचिवमा गोल्डेन कठायत र लक्ष्मण शाही, सहसचिवमा धनेन्द्र बोहोरा र नन्दप्रसाद चौलागाईको उम्मेदवारी परेको छ। उपसभापति कार्मा बुढा जिल्ला समन्वय समितिका उपप्रमुख हुन्। यसअघिका कांग्रेस जिल्ला सचिव हुन्।

पालिका अधिवेशनमा ८ मध्ये ६ पालिका र प्रदेशका दुई वटै क्षेत्र एकलौटी जितेकाले पौडेल पक्ष निर्वाचन जित्ने अपेक्षामा छ तर देउवा पक्ष पनि निकै खटिएको छ। यो पटकको निर्वाचनमा जसरी भए पनि निर्वाचन आफ्नो पोल्टामा पार्ने दाउमा छ।

प्रदेशका दुई निर्वाचन क्षेत्रमा गरेर ६० मतले देउवा पक्ष पछाडि छ। देउवा प्यानलबाट सभापतिमा कर्णबहादुर शाही, उपसभापतिमा नन्दराम बुढा र मक्कबहादुर हमाल, सचिवमा घनश्याम थापा र दानबहादुर बुढा,सहसचिव नवराज देवकोटा र धनबहादुर रावतको उम्मेदवारी घोषणा भइसकेको छ। सचिवका उम्मेदवार दानबहादुर बुढा स्थानीय तहको निर्वाचनमा गुठीचौर गाउँपालिका अध्यक्षका प्रत्यासी हुन्। गुठीचौरमा कांग्रेसमा लहर ल्याउने नेतामा पर्छन्।

देउवा पक्षले एक महिनाअघि नै पदाधिकारीको टुंगो लगाइसकेको थियो। हाम्रो जित्ने अवस्था, क्षेत्रीय सदस्य भक्त बुढाले भने,‘पाटी जोगाउनुपर्छ। पार्टीका मूल्यमान्यता गाउँस्तरसम्म स्थापित गर्नुपर्छ। जसका लागि देउवा पक्षको पदाधिकारी समूह निकै सक्षम देखिएको छ। त्यसैले यो पटक जिल्ला नेतृत्वमा देउवा पक्षको जित सुनिश्चित छ।’

उनले कर्णबहादुर शाही नेतृत्वको टिम पढेलेखेको बौद्धिक, राम्रो छवि भएको भएकाले सबै कार्यकर्ताले पत्याउने विश्वास व्यक्त गरे। पालिकास्तरदेखि नै निर्वाचनमा होमिँदा कार्यकर्ता निकै निराश छन्, उनले भने,‘निराश बनेका कार्यकर्ताको आशाभरोसा भनेको यही टिम हो।’

नेपाली कांग्रेस जुम्लाले नोमिनेसन प्रक्रिया शुरू भइसकेको जनाएको छ। दुवै पक्षले आफू बलियो भएको प्रचारबाजी गरिरहेका छन्। पहिलेको स्टाटस हेर्दा पौडेल पक्ष नै बलियो हो, एक नेताले भने,‘अहिले के भइरहेको छ भन्न सकिँदैन।’

जिल्ला समितिको पदाधिकारी सहित ५९ जना र केन्द्रीय महाधिवेशन प्रतिनिधि २५ पदमा मतदान हुने भएको हो। कुल १ हजार १८ मतदातामा झण्डै ९ सय ५० जना सम्मले मतदान गर्ने विश्वास गरिएको छ। केही कार्यकर्ता व्यापारको सिलसिलामा जिल्लाबाहिर गइसकेको जनाइएको छ।
अर्को समाचार
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
१२ मिनेट अघि
•
१ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
पूर्वप्रधानमन्त्री एवं वरिष्ठ नेता झलनाथ खनाल र युवा नेता सन्तोष परियारबीच वैज्ञानिक समाजवादलाई देशको वर्तमान राजनीतिक संकटको निकास तथा समृद्धिको आधारका रूपमा अघि बढाउनुपर्ने विषयमा छलफल भएको छ।
डल्लुस्थित खनाल निवासमा शनिबार भएको भेटवार्तामा दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
छलफलका क्रममा अबको बाटो वैज्ञानिक समाजवाद हुनुपर्नेमा जोड दिँदै वैज्ञानिक समाजवादले मात्रै जनताको अधिकार, सुशासन, सामाजिक न्याय, आर्थिक समानता र आधारभूत आवश्यकता परिपूर्तिको सुनिश्चितता गर्न सक्ने धारणा व्यक्त गरिएको थियो। 
भेटमा मुलुकलाई समृद्धिको दिशामा अघि बढाउने आधार र भावी राजनीतिक कार्यदिशाबारे समेत दुवै नेताबीच विचार आदानप्रदान भएको पूर्वप्रधानमन्त्री खनालको सचिवालयले जनाएको छ। 


युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
यो पनि पढौँ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस