फेरि दाहालको मोर्चाबन्दी
२० असोज २०७१
•
९ मिनेट पाठ
फेरि दाहालको मोर्चाबन्दी
काठमाडौं- संविधानका विवादित विषय सहमतिबाटै टुंगो लगाउनुपर्ने अडान राख्दै आएका एकीकृत नेकपा माओवादीसहित २२ राजनीतिक दलले बहुमतीय प्रक्रियाविरुद्ध मोर्चाबन्दी कसेका छन्।

संविधानका विवाद टुंगो लगाउन र सहमति नजुटे मतदान प्रक्रियाका लागि संविधानसभामा पठाउन संवाद समितिलाई दोस्रोपटक दिइएको म्याद (असोज २१) गुज्रनै लाग्दा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालकै अगुवाइमा मोर्चा बनाइएको छ। यसले आउँदो माघ ८ मै नयाँ संविधान जारी गर्ने पूर्वनिर्धारित कार्यतालिका प्रभावित गर्ने आशंका बढाएको छ।
मोर्चाले सोमबार पत्रकार सम्मेलन गरी नयाँ संविधानमा 'पहिचानसहितको स्वायत्त र अधिकारसम्पन्न प्रदेश' का लागि दबाब दिन भन्दै सडक संघर्षका कार्यक्रमसमेत सार्वजनिक गरेको छ। विवादित विषय संविधानसभामा मतदान प्रक्रियाबाट टुंगो लगाइए सडक आन्दोलन चर्काउने मोर्चाको चेतावनी छ। मोर्चामा संविधानसभाका १० र बाहिरका १२ दल छन्। 
एमाओवादी अध्यक्ष दाहाल संयोजक रहेको यसअघिकै 'संघीय गणतान्त्रिक मोर्चा' मा आबद्ध ७ दल, भानुराम थारू संयोजक रहेको पहिचानमा आधारित संघीय गठबन्धनमा आबद्ध ७ दल र राजन केसी संयोजक रहेको संघीय लोकतान्त्रिक राष्ट्रिय गठबन्धनमा आबद्ध ८ दल कार्यगत एकतासहित मोर्चामा आबद्ध छन्।
सरकारसँग विभिन्न मितिमा भएको विस्तृत शान्ति सम्झौता, मधेसी समुदाय, लिम्बुवान, खम्बुवान, थरुहट, ताम्सालिङ लगायत आदिवासी जनजाति, खस समुदाय, पिछडावर्ग तथा मुस्लिम समुदायसँग भएका सम्झौताका आधारमा निकास खोज्न र संविधानसभाबाटै संविधान निर्माणमा दबाब दिन मोर्चा बनाइएको सम्बद्ध दलका नेताले जनाएका छन्।
संघर्षका कार्यक्रमअनुसार असोज २४ गते काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन, असोज २७ गते इटहरीमा जुलुस तथा सभा, असोज २९ गते दाङमा जुलुस तथा सभा र असोज ३१ मा काठमाडौंमा 'जनसभा' छन्।
प्रक्रियामा गएर संविधान जारी गरे मान्य नहुने चेतावनीसमेत मोर्चाले दिएको छ। 'सहमतिका आधारमा संविधान जारी नगरी बहुमतीय प्रक्रियाबाट जारी गर्ने दुष्प्रयास भए हामीलाई मान्य नहुने पनि जानकारी गराउन चाहन्छौं,' पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा भनिएको छ, 'त्यस्तो स्थितिमा हामी संविधानसभा र सडक दुवै मोर्चाबाट संघर्ष गर्न बाध्य हुने पनि घोषणा गर्छौं।'
'पहिचानसहितको संघीयता र संघीयतासहितको संविधान निर्माण गर्दै नेपाललाई स्वतन्त्र, समतामूलक, न्यायपूर्ण, विभेदरहित, समृद्ध, धर्म निरपेक्ष, समानुपातिक समावेशी, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक बहुराष्ट्रिय राज्य निर्माण गर्नु हाम्रो गन्तव्य हो,' विज्ञप्तिमा छ।
पत्रकार सम्मेलनमा आक्रोशित मुद्रामा प्रस्तुत एमाओवादी अध्यक्ष दाहालले विभिन्न सम्झौताले तयार गरेको आधार तोडेर जबर्जस्ती संविधान बनाउन खोजे जनताले सडकबाटै आन्दोलन गर्ने चेतावनी दिए।
'विभिन्न सम्झौताले खडा गरेको आधार जसले तोडेर जबर्जस्ती संविधान बनाउन खोज्छ भने हिजो सरकारसँग सम्झौता गर्ने पक्षहरूलाई पनि आफ्नो फैसला आफैं गर्ने अधिकार प्राप्त हुनेछ,' दाहालले पत्रकार सम्मेलनमा भने, 'यसलाई हल्का रूपले लिई खेलाँची नठानियोस्।'
सत्तारूढ दलहरू पूर्वसहमतिअनुसार पहिचानमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाउन तयार नभएको दाहालको आरोप छ।
'कथित अंकगणितलाई देखाएर परिवर्तनका मुद्दा बेवास्ता गर्ने प्रवृत्ति सत्तारूढ दलहरूमा देखियो,' दाहालले पत्रकार सम्मेलनमा आक्रोशित भावमा भने, 'सरकारमा भएका नेता र दलहरूमा तत्परता, गम्भीरता र समयको महŒव देखिएन।'
पहिलेका सहमति उल्ट्याउने काम सत्तारूढ दलबाटै भएको उनको दाबी छ। 'समानुपातिक र समावेशी सिद्धान्तका विषयमा पहिले नै सहमति भएको हो,' दाहालले भने, 'अहिले त्यसलाई नमान्ने कुरा आएको छ। मधेस आन्दोलनपछि गिरिजाबाबुले नै हस्ताक्षर गर्नुभएको हो, त्यसमा स्वायत्त मधेसको कुरा उल्लेख छ। अहिले सोही पार्टीका नेताहरूले न मधेस छ, न मधेसी छन् भन्ने कुरा गरेका छन्।'
निर्वाचन प्रणालीमा पनि पहिलेको सहमति उल्ट्याउन खोजिएको दाहालको आरोप छ। 'प्रत्यक्ष र समानुपातिक गरी मिश्रित व्यवस्थामा जाने सहमति भइसकेको हो। तर अहिले कांग्रेस र एमालेका नेताहरूले प्रतिनिधिसभामा प्रत्यक्ष मात्र र राष्ट्रिय सभामा समानुपातिकको कुरा गरेका छन्। हिजोका सहमति सबै तोड्ने काम भइरहेका छन्,' उनले भने।
सडकमा पुगेर फेरि आन्दोलन गर्ने अवस्था आउन नदिन बेलैमा सचेत रहन उनले चेतावनी दिए। 'सहमतिका लागि वैधताको ढोका बन्द गरियो भने अवैधानिक उनीहरू नै हुनेछन्,' दाहालले भने।
राजनीतिक संयन्त्र गठन गरी त्यसको नेतृत्व आफूलाई दिनुपर्ने दोहोर्या उँदै उनले भने, 'प्रचण्डलाई कुनै भूमिका दिने कि नदिने भन्ने विषय शान्ति प्रक्रिया र संविधान निर्माणको प्रक्रिया सफल पार्ने र नपार्ने भन्ने विषयसँग जोडिएको छ। यो कांग्रेस र एमालेले आत्मसात गर्नुपर्छ।'
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले एमाओवादीले मोर्चाबन्दी गरेर धम्कीको भाषा प्रयोग गरेको भन्दै आपत्ति जनाए। 'यो एमाओवादीको चरम विरोधाभाष चरित्र हो,' पौडेलले नागरिकसँग भने, 'आफ्नो विचार मात्र लाद्ने काम गरेर हुँदैन। आफ्नो कुरा मानेनन् भने आन्दोलनमा जान्छौं भन्नुको कुनै अर्थ छैन।'
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पनि एमाओवादीले राजनीतिक वितन्डा गर्न लागेकाले जनस्तरबाट खबरदारी गर्नुपर्ने बेला आएको बताए। एमाओवादीले आफ्नो चुनावी घोषणापत्रमै सहमति नभए प्रक्रियामा गएर पनि समयमा संविधान जारी गर्ने उल्लेख गरेको स्मरण गराउँदै पोखरेलले अहिले त्यसको विरोध गर्नुको कुनै औचित्य नरहेको टिप्पणी गरे।
अर्को समाचार
दाहालले छाडेका मधेसी दल वैद्यसँग
१९ साउन २०७२
•
६ मिनेट पाठ
दाहालले छाडेका मधेसी दल वैद्यसँग
काठमाडौं–एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा मोर्चाबन्दी गर्दै आएका तराई–मधेसकेन्द्रित दलले मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीसँग मोर्चाबन्दी गर्ने भएका छन् ।संविधानको प्रारम्भिक मस्यौदाप्रति असन्तुष्ट तराई–मधेसकेन्द्रित दलले संविधानसभा बहिष्कार गरेको माओवादीसँग सामूहिक छलफल गरी आन्दोलनमा सँगसँगै जान मोर्चाबन्दीको तयारी गरेका हुन् ।उनीहरूले मोर्चाबन्दीका लागि अवधारणा र आन्दोलनका कार्यक्रम तय गर्न सोमबार चार सदस्यीय कार्यदल गठन गरेका छन् ।

मस्यौदाप्रति असन्तुष्ट दलबीच मोर्चाबन्दी गरेर आन्दोलनमा जाने सैद्धान्तिक सहमति जुटेको संघीय समाजवादी फोरम नेपालका परिष्ठ नेता अशोक राईले बताए । 'संविधानको प्रारम्भिक मस्यौदा अन्तरिम संविधानभन्दा प्रतिगामी आएकाले यो खारेजी हुनुपर्छ भन्ने एक सूत्रीय मागमा एकमत पनि छौं,' राईले नागरिकसँग भने, 'त्यसका लागि दबाबमूलक संघर्ष आवश्यक भएकाले वैद्यजी लगायतसँग मोर्चाबन्दी गरेर जान प्रारम्भिक छलफल भयो ।'

उनका अनुसार उक्त छलफलमा संविधानको मस्यौदाप्रति असन्तुष्ट संविधानसभा भित्र र बाहिरका १२ दल÷समूहको सहभागिता थियो ।उपेन्द्र यादव नेतृत्वको संघीय फोरम, वैद्य नेतृत्वको माओवादी, महन्थ ठाकुर नेतृत्वको तमलोपा, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, महेन्द्र राय यादव नेतृत्वको तराई–मधेस सद्भावना पार्टी, थरुहट तराई पार्टी, संघीय लिम्बुवान पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल कम्युनिस्ट पार्टी, क्रान्तिकारी कम्युनिस्ट पार्टीलगायत १२ दलले नयाँ मोर्चाबन्दी गरेर आन्दोलन गर्ने भएका हुन् ।

सद्भावना पार्टी महासचिव मनीष सुमनका अनुसार माओवादी सचिव देव गुरुङ, फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, तमलोपाका सहअध्यक्ष वृषेशचन्द्र लाल र संघीय लिम्बुवानका कुमार राईसहितको चार सदस्यीय कार्यदल गठन भएको छ । 'कार्यदललाई कार्यगत एकता र संघर्षका कार्यक्रम निमार्णसहित अवधारणा बनाउने जिम्मा दिइएको छ र त्यसलाई मंगलबार नै पुनः बस्ने शीर्ष नेताको बैठकले टुंगोमा पु¥याएर कार्यगत एकतालाई औपचारिकता दिइनेछ ।' उनका अनुसार नवगठित कार्यदलले काम सुरु गरिसकेको छ ।

साउन मसान्तभित्रै नयाँ संविधान जारी गर्ने भन्दै मोर्चाबन्दीको नेतृत्वकर्ता दल एमाओवादी सत्तारूढ दल कांग्रेस र एमाले सँगैसँगै अघि बढेपछि असन्तुष्ट तराई–मधेसकेन्द्रित दल वैद्य नेतृत्वको माओवादीसँग मोर्चाबन्दी गर्ने निष्कर्षमा पुगेका हुन् । यसअघि वैद्यले संविधानसभा बहिष्कार गरेका ३३ दलको मोर्चामा नेतृत्व गर्दै आएका थिए ।

'संविधानको प्रारम्भिक मस्यौदा प्रतिगामी आएको छ, त्यसको सर्वत्र विरोध हुँदै आएको छ,' माओवादी सचिव गुरुङले भने, 'यसमा मधेसी दल र हाम्रो एजेन्डा मिलेको छ, यो एकता एजेन्डामा आधारित छ ।' उनका अनुसार प्रारम्भिक मस्यौदाको विरोध गर्नेमा तराई–मधेस केन्द्रित दलसँग एजेन्डा मिले पनि अन्य धेरै विषय मिलाउन भने बाँकी छ ।

बालकुमारीस्थित संघीय फोरमको कार्यालयमा सोमबार बसेको संयुक्त बैठकले भने संविधानको मस्यौदा अन्तरिम संविधानभन्दा प्रतिगामी भएको निष्कर्ष निकालेको छ । '१६ बुँदे सहमतिका आधारमा जारी संविधानको प्रारम्भिक मस्यौदा विगतमा भएका जनआन्दोलन, सशस्त्र विद्रोह, ऐतिहासिक मधेस जनविद्रोह तथा आदिवासी जनजाति लगायतका विभिन्न आन्दोलनको भावनाविपरीत र सरकारले गरेका सहमति र सम्झौताविपरीत छ,' संयुक्त बैठकको निर्णयमा भनिएको छ, 'वर्तमान अन्तरिम संविधानले दिएको अधिकारसमेत हनन गरी ल्याइएको मस्यौदा प्रतिगमनकारी भएकाले त्यसलाई खारेज गराउन एकताबद्ध भई संघर्ष गर्न सहमत भएका छौं ।'कार्यदलको प्रतिवेदनसहित शीर्ष नेतृत्वको बैठक मंगलबार बैद्य माओवादी केन्द्रीय कार्यालय बुद्धनगरमा बस्ने भएको छ ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस