काठमाडौं-थप समयमा पनि संविधानका विवादित विषयमा सहमति हुन नसकेपछि संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले अन्तिम निर्णय गर्ने जिम्मा संविधानसभालाई नै दिएको छ। संवाद समितिलाई फेरि समय दिने/नदिने निर्णय अब संविधानसभाले नै गर्नेछ।संविधानसभाले संवाद समितिलाई असोज २ देखि १४ गतेसम्म विवादित विषयमा सहमति कायम गर्न र सहमति कायम हुन नसके २१ गतेभित्र विवादित विषयका प्रश्नावली बनाएर संविधानसभामा बुझाउन निर्देशन दिएको थियो। तर, उक्त समयमा विभिन्न ३० वटा सानातिना विषयमा सहमति भए पनि मूल विषयमा भने सहमति हुन सकेन।
नियमावलीअनुसार संवाद समितिको म्याद भदौ २१ गते नै सकिएको हो। तर, असोज २ गते बसेको संविधानसभा बैठकले सर्तसहित संवाद समितिलाई समय उपलब्ध गराएको थियो। थप समयभित्र पनि संविधानका विवादित विषयमा सहमति हुन नसकेपछि अन्तिम निर्णय गर्ने जिम्मा संविधानसभालाई नै दिइएको हो।
मंगलबार बसेको संवाद समिति बैठकमा संविधानसभासँग अब फेरि समय माग गर्ने कि नगर्ने भन्नेमा लामो बहस भएको थियो। कांग्रेस र एमालेका नेताहरूले संविधानसभासँग निश्चित समय माग गरेर त्यसभित्र सहमति कायम गर्न नसके प्रश्नावली दिन तयार छौं भन्ने व्यहोराको प्रतिवेदन बुझाउनुपर्ने बताएका थिए भने एमाओवादीसहित मधेसवादी दलले विवादित विषय छलफलमै रहेकाले अझ समय आवश्यक परेको भन्ने व्यहोराको पत्र पठाउनुपर्ने धारणा राखेका थिए।
समितिको बैठकमा कांग्रेस नेता रामचन्द्र पौडेलले कति दिनमा सहमति कायम गर्न सक्छौं भन्ने निर्क्योल गरेर मात्र संविधानसभासँग आग्रह गर्नुपर्ने धारणा राखेका थिए। उनले बढीमा पाँच दिनको समय माग गर्न सकिने प्रस्ताव गरेका थिए, तर त्यसमा एमाओवादीसहित मधेसवादी दलले दिन तोक्न नहुने अडान राखेका थिए। ‘हामीले भोलि सहमति कायम गर्न सक्छौं? पर्सि सक्छौं? पाँच दिनमा सक्छौं? कति दिनमा सक्छौं त? त्यो पहिले स्पष्ट हुनुपर्यो ,' पौडेलले भनेका थिए, ‘या रातभर बसौं होइन भने प्रक्रियामा जाऔं, अनिश्चयमा बस्नु हुँदैन।'
समयमा संविधान जारी गर्न नसके समितिको पनि विश्वसनीयता हराउने उनको भनाइ थियो।
एमाले नेता माधवकुमार नेपालले तोकिएको निश्चित समयमा सहमति कायम नभए प्रक्रियामा जाने कि नजाने भन्ने विषयमा अहिले नै स्पष्ट हुनुपर्ने धारणा राखेका थिए। ‘समितिका सभापतिले पनि नेताहरूलाई समय दिएर छलफल गर्नुपर्योस,' उनले भने, ‘मागेको समयमा सहमति हुन्छ भने हुन्छ नभए प्रक्रियामा जान तयार हुनुपर्छ।'
नेपालले यसो भनेपछि सभापति भट्टराई आक्रोशित भएका थिए। उनले समितिका सभापतिले जति समय दिए पनि शीर्ष नेताहरू नै गम्भीर नबनेको र समितिमा समय नदिएको बताएका थिए।
‘को को नेता समितिको बैठकमा कति मिनेट बस्नुभयो भन्ने सबै थाहा छ,' भट्टराईले भने, ‘कुन बैठकमा के एजेन्डा राखिएको थियो कति छलफल भयो भन्ने पनि रेकर्ड छ, पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्न म तयार छु। वरिष्ठ नेताहरूको अनुपस्थिति र अनिच्छाले नै एजेन्डा सार्दै लगिएको हो। जनतालाई भ्रममा पार्ने काम कसैले नगरौं। एकले अर्काको टाउकोमा दोष थोपरेर मात्र हुँदैन।'
एमाले नेता वामदेव गौतमले पनि प्रक्रियामा जाँदा आन्दोलन गर्छौं र रगतको खोलो बग्छ भनेर धम्की दिनुको कुनै औचित्य नहुने बताएका थिए। ‘सहमति नभए यति दिनभित्रमा प्रश्नावली दिन तयार छौं भन्ने प्रतिवेदन संविधानसभालाई दिनुपर्छ,' उनले भने।
सभापति भट्टराईले ‘विवादित विषय छलफलका क्रममा रहेको' भनेर पठाउनुपर्ने प्रस्ताव गरेपछि सभासदहरूले ताली बजाएका थिए। तर, कांग्रेस नेता अर्जुननरसिंह केसीले प्रस्ताव अध्ययनै नगरी गुरिल्ला शैलीमा पारित गर्ने प्रयास गरिएको बताएपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल पनि आक्रोशित बनेका थिए।
‘कांग्रेस नेता अर्जुननरसिंह केसीले जसरी भन्नुभयो त्यो राम्रो होइन,' दाहालले भने, ‘त्यसो गर्न खोजिएको पनि होइन। बिहान पनि उहाँ नै सहभागी बैठकमा यस्तो प्रस्ताव लैजाने भन्ने विषयमा छलफल भएको थियो। अहिले कसरी गुरिल्ला शैली भयो? प्रमुख दलका लिडर नै भएका बेला टुंगो लगाऊँ भनेर अहिलेलाई सारिएको हो। प्रक्रिया मात्र भनेर हुँदैन। सहमति नभएका विषयमा छलफल जारी रहेको भनेर पठाउनुपर्छ।'
लामो समयको छलफलपछि संवाद समितिले संविधानसभाको निर्देशअनुरूप प्रतिवेदन तयार गर्ने क्रममा सहमति भइनसकेको व्यहोरा संविधानसभालाई अनुरोध गरेको छ।
सहमति कायम हुन नसकेका मूल विषयमा राज्य पुनःसंरचना र राज्यशक्तिको बाँडफाँट समिति, राज्यको शासकीय स्वरूप निर्धारण समिति र न्याय प्रणालीको प्रतिवेदन रहेको संवाद समितिका सभापति बाबुराम भट्टराईले जानकारी दिए। उनका अनुसार अब समितिलाई थप समय दिने कि नदिने भन्ने निर्णय संविधानसभाले नै गर्नेछ।
‘विभिन्न समितिका प्रतिवेदनमा संवाद समितिको बैठकमा सहमति भई संविधानसभामा टुंगो लागेको भनी पेस गरिएका तत्कालीन व्यवस्थापकीय अंगको स्वरूप निर्धारण समिति, मौलिक अधिकार तथा राज्यको निर्देशक सिद्धान्त समिति, संवैधानिक समिति र संवैधानिक निकायको संरचना निर्धारण समितिका प्रतिवेदनमा उल्लिखित केही प्रावधानसहित निम्न विषयमा संविधानसभाको निर्देशअनुरूप प्रतिवेदन तयार गर्ने क्रममा सहमति भइनसकेको व्यहोरा संविधानसभालाई अनुरोध गर्ने,' समितिले पारित गरेको प्रस्तावमा भनिएको छ।
संविधानसभाको बुधबार बोलाइएको बैठकमा सहमति भएका विषयको प्रतिवेदन र असहमति हुन नसकेका विषय प्रस्तुत गरिनेछ। तर, संविधानसभामा पहिलेजस्तो लामो छलफल नगरी अझै एक पटक संवाद समितिलाई नै छोटो समय दिने कि भन्ने विषयमा शीर्ष तहमा छलफल भइरहेको सचिवालय स्रोतले जनायो।
संवाद समितिलाई फेरि समय दिँदा आन्तरिक कार्यतालिका परिवर्तन गर्नुपर्ने भएकाले यस विषयमा बुधबारदेखि संविधानसभाकै बैठकमा छलफल हुने स्रोतले जनाएको छ। अहिलेसम्मको समय मस्यौदा निर्माणको भएकाले असोज मसान्तमा मस्यौदा निर्माणका लागि छुट्ट्याइएको समय पनि सकिने हुनाले के गर्ने भन्ने निर्णय संविधानसभाले नै गर्नेछ।