काठमाडौं- संवैधानिक-राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले समितिले तयार पारेको प्रतिवेदन संविधानसभाको पूर्ण बैठकमा पेश गरेका छन्।बुधबार बिहान बसेको संविधानसभाको बैठकमा सभापति भट्टराईले सहमति भएका ३० ओटा र सहमति हुन नसकेका तीनवटा विषय समेटिएको प्रतिवेदन बैठकमा पेश गरेका हुन्।
सहमति हुन बाँकी विषय राज्यको पुनर्संरचना, राज्य शक्तिको बाँडफाड, शासकीय स्वरुप र न्यायप्रणाली हुन्। प्रतिवेदन बुझाएपछि सभापति भट्टराईले शिर्ष नेताहरुले समय उपलब्ध गराएर गम्भिर रुपमा छलफल गरे माघ ८ मा संविधान जारी गर्न सकिने बताए।
थप समयमा पनि संविधानका विवादित विषयमा सहमति हुन नसकेपछि संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले अन्तिम निर्णय गर्ने जिम्मा संविधानसभालाई दिएको हो। संवाद समितिलाई फेरि समय दिने/नदिने निर्णय अब संविधानसभाले नै गर्नेछ।
संविधानसभाले संवाद समितिलाई असोज २ देखि १४ गतेसम्म विवादित विषयमा सहमति कायम गर्न र सहमति कायम हुन नसके २१ गतेभित्र विवादित विषयका प्रश्नावली बनाएर संविधानसभामा बुझाउन निर्देशन दिएको थियो। तर, उक्त समयमा विभिन्न ३० वटा सानातिना विषयमा सहमति भए पनि मूल विषयमा भने सहमति हुन सकेन।
नियमावलीअनुसार संवाद समितिको म्याद भदौ २१ गते नै सकिएको हो। तर, असोज २ गते बसेको संविधानसभा बैठकले सर्तसहित संवाद समितिलाई समय उपलब्ध गराएको थियो। थप समयभित्र पनि संविधानका विवादित विषयमा सहमति हुन नसकेपछि अन्तिम निर्णय गर्ने जिम्मा संविधानसभालाई नै दिइएको हो।
यो पनि
संविधानका विवाद संविधानसभामै