काठमाडौं-प्रमुख तीन दल सत्तारुढ नेपाली कांग्रेस, नेकपा (एमाले) र विपक्षी एकीकृत नेकपा माओवादीबीच बुधबार ‘राजनीतिक समिति गठन' सहित पाँचबुँदे सहमति भएको छ।एकीकृत माओवादीलगायत दलले सरकार सञ्चालन र शान्ति प्रक्रियामा सघाउन उच्चस्तरीय राजनीतिक संयन्त्र माग गर्दै आए पनि तीन दलबीच ‘शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्न सहयोग पुर्यािउन र राजनीतिक दलबीच पारस्परिक समझदारी विकसित गर्न राजनीतिक समिति गठन गर्ने समझदारी भएको हो।
संविधानसभा भवन नयाँबानेश्वरमा बुधबार भएको बैठकमा पाँचबुँदे लिखित सहमतिमा तीन दलका शीर्ष नेतात्रय कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले हस्ताक्षर गरेलगत्तै साढे दुई महिनादेखि अवरुद्ध व्यवस्थापिका संसद खुलाइएको थियो।
कांग्रेस–एमालेले संविधानसभालाई ओझेल पार्ने किसिमको उच्चस्तरीय राजनीतिक संयन्त्र गठनमा असहमति राख्दै आएका थिए। सहमतिअनुसार गठन हुने राजनीतिक समितिको आकार १५ सदस्यीय ‘जम्बो' हुनेछ। समितिमा कांग्रेस, एमाले र एमाओवादीबाट तीन–तीन जना रहनेछन्।
तराई–मधेस केन्द्रित राजनीतिक दलबाट तीन जना तथा अन्य दलमध्ये राप्रपा र नेकपा मालेबाट एक–एक जना समितिमा रहनेछन्। अन्य साना दलबाट पछि सहमति भएअनुरुप एक जना सदस्य राखेर समितिलाई १५ सदस्यीय बनाइने दलहरुबीच समझदारी छ।
समितिको नेतृत्व (संयोजक) पालैपालो गर्ने र पहिलो दुई महिना एमाओवादीका दाहाललाई दिने सहमतिमा उल्लेख छ। राजनीतिक समितिको निर्णय सहमतिका आधारमा हुने पनि दलहरुबीच समझदारी छ।
पाँचबुँदेले विपक्षी दलले उठाउँदै आएका द्वन्द्वपीडितलाई राहत, द्वन्द्वकालमा भएको जग्गा लेनदेनमा दुई प्रतिशत मात्र राजस्व बुझाउनुपर्ने प्रावधानसहित राज्यले मान्यता दिनुपर्ने र भारतीय नम्बर प्लेटका गाडी नेपाल प्रवेश गर्दा लाग्ने दस्तुरसम्बन्धी माग पनि सम्बोधन गरेको छ।
‘सशस्त्र द्वन्द्व र लोकतान्त्रिक आन्दोलनका क्रममा मारिएका तथा बेपत्ता व्यक्तिका परिवारलाई प्रत्येक व्यक्तिका आधारमा नेपाल सरकारले निर्देशिका बनाई यसै आर्थिक वर्षमा २ लाख रुपैयाँ किस्ता गरी दिने' सहमतिपत्रमा उल्लेख छ।
त्यस्तै, रुकुम, रोल्पा, जाजरकोट, सल्यान र प्युठान गरी पाँच जिल्लामा जग्गा लेनदेन गर्दा विविध कारणले विधिवत रजिस्ट्रेसन पास हुन नसकेका जग्गाका हकमा दुवै पक्ष मञ्जुर भई आएमा चालु आर्थिक वर्षमा दुई प्रतिशत मात्र राजस्व लिने गरी नेपाल सरकारले निर्देशिका बनाई रजिस्ट्रेसन गर्न आवश्यक व्यवस्था गर्न' दलहरु सहमत छन्।
नेपालमा भारतीय नम्बरप्लेटका गाडी प्रवेश गर्दा गत आर्थिक वर्षकै अनुरुप कर लिने व्यवस्था गर्न सरकारसँग आग्रह गर्ने दलहरुबीच सहमति छ।
कानुनमन्त्री नरहरि आचार्यले व्यवस्थापिका संसद बैठकमा सहमतिपत्रका बुँदा जानकारी गराएका थिए। राजनीतिक समिति गठनसम्बन्धी बुँदा भने संसदमा सुनाइएन। राजनीतिक समिति गठनको विषय सदनमा प्रवेश गराउँदा कांग्रेस र एमालेका सांसदले विरोध गर्ने चेतावनी दिएकाले उक्त बुँदाबारे जानकारी नगराइएको स्रोतले जनाएको छ।
द्वन्द्वकालमा भएको घरजग्गा लेनदेन विषय पनि तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको पालामा अघि सार्दा कांग्रेसका सांसदले विरोध गरेपछि फिर्ता पठाइएको थियो। अहिले कांग्रेस नेतृत्वकै सरकार भएका बेला सहमति गरेर उक्त विषय सदनमा प्रवेश गराइएको भन्दै कांग्रेसका केही सांसदले असन्तुष्टि व्यक्त गरेका छन्। कांग्रेस सांसदहरु रामहरि खतिवडा, बद्री पाण्डे, जगदिश्वरनरसिंह केसी, जीवन परियारलगायतले कांग्रेस नेतृत्वकै सरकारले नै वैधता दिने गरी सहमति गरेको भन्दै असन्तुष्टि जनाएका थिए।
बुधबार तीन दल बैठकमा कांग्रेस र एमालेका शीर्ष नेताहरु राजनीतिक समिति गठन गरेर त्यसको नेतृत्व दाहाललाई दिन पहिले नै तयार भए पनि एमाओवादीले छुट्टै मोर्चा गठन गरेर सार्वजनिक गरेका आन्दोलनका कार्यक्रम फिर्ता लिनुपर्ने अडान राखेका थिए। दाहालले त्यसमा अन्य दलसँग छलफल गरेर निर्णयमा पुग्ने मौखिक आश्वासन दिएपछि सहमति भएको स्रोतको दाबी छ।
एमाओवादी अध्यक्ष दाहालले संसदलाई सम्बोधन गर्दै दुवै पक्ष लचिलो भएकाले सहमति भएको बताए। ‘सरकारका अप्ठेरो हेरेर हामी पनि लचकतासाथ प्रस्तुत भयौं,' दाहालले भने, ‘सरकार पनि त्यसैगरी लचकतासाथ प्रस्तुत भएपछि सहमति कायम भएको हो।'
दाहालले दुवैतर्फबाट लचिलो भएर सदन खोल्ने सहमति भएको जनाउँदै संविधान निर्माणमा पनि यस्तै लचकता प्रस्तुत गर्ने प्रतिबद्धता दोहोर्या एका छन्। ‘दुवैतर्फबाट लचिलो भएर सदन खोल्न सहमत भएका छौं,' दाहालले भने, ‘संविधान निर्माणमा पनि यस्तै लचकता प्रस्तुत गर्नेछौं।'
उनले शान्ति प्रक्रियाका काम अझै बाँकी रहेकाले पूरा गर्ने काम पनि चुनौतीपूर्ण रहेको बताए। त्यसका लागि पनि राजनीतिक सहमति आवश्यकता रहेको दाहालले धारणा राखे। ‘हामी अहिले सत्तापक्ष र विपक्षी मात्रै होइनौं,' दाहालले भने, ‘एउटै डुंगामा सहयात्री पनि हौं। विवाद, विरोध र सशस्त्र द्वन्द्वका बीचमा पनि संवाद गरेर सहमति गर्न सक्ने संस्कार हामीले देखाउँदै आएका छौं। पूरै दुनियाँले जिब्रो टोकेर हेर्दा पनि हामी सजिलै निष्कर्षमा पुग्छौं। त्यसैले छिमेकी र युरोपियन युनियन सम्बद्ध देशका पार्टीहरुले सिक्न खोजेका छन्।'
ढिलै भए पनि दलहरुबीच सहमति भएकाले समयमै संविधान निर्माणमा सहयोग पुग्ने विश्वास सभामुख सुवास नेम्वाङले व्यक्त गरे। उनले सद्भाव र समझदारी निरन्तर राख्न पनि आग्रह गरे। संसद बैठकमा डोटीका सांसदले सोमबार आफ्नो जिल्लामा भएको बस दुर्घटनाका घाइते र मृतकका परिवारलाई उचित राहत प्रदान गर्न माग गरे। एमालेका प्रेमबहादुर आले, गौरीकुमारी ओली, कांग्रेसका वीरबहादुर बलायर, भरतबहादुर खड्का, कल्पना सोंवले घाइतेको उपचार गरिदिन सरकारसँग माग गरेका थिए।