काठमाडौं-संविधानसभाले संवैधानिक -राजनीतिक संवाद तथा सहमति समितिलाई असहमतिका विषयहरुमा सहमति कायम गर्न अरोज ३० गते सम्मको समय उपलब्ध गराएको छ।
संविधानसभाको आज बसेको बैठकले ३० गते सम्म सहमति गर्दै सहमति भएका विषयहरुमा प्रतिवेदन पेश गर्ने र सहमति कायम हुन नसके ३१ गते सम्म प्रश्नावली तयार गरेर पेश गर्न निर्देशन दिएको छ।
संवाद समितिका सभापति बाबुराम भट्टराईले बुधबार पेश गरेको प्रतिवेशन माथि आज बोल्ने सभासदहरुले प्रक्रियामा जान डराउन नहुने बताएका थिए। सभापति भट्टराईले भने सहमित नभए प्रक्रियामै जाने बताउँदै विशिष्ट आन्दोलनबाट बनेको संविधानसभा भएको हुँदा त्यसलाई ध्यान दिनुपर्नेमा जोड दिए।