काठमाडौं-कार्यव्यवस्था परामर्श समितिमा बजेटलाई छोटो प्रक्रियामा लगेर पारित गर्ने सहमित भएको छ। समितिमा कार्तिक ५ गते भित्र बजेट पारित गरिसक्ने सहमति भएको हो।आज र आइतबार सम्ममा बाँकी रहेका सबै मन्त्रालयको छलफल सक्ने र बजेटबारे सबै मन्त्रीहरुले एकमुष्ठ जवाफ दिने कार्यक्रम बनाइएको छ।
समितिमा कार्तिक २ गते भित्र बजेटका लागि आएका सबै विद्येयक पारित गरेर ५ गते विद्येयक प्रमाणिकरणका लागि राष्ट्रपतिकोमा पठाइसक्ने तयारी भएको सभामुख सुभाष नेम्वाङले जानकारी दिए।
समितिमा कार्तिक २ गते भित्र बजेटका लागि आएका सबै विद्येयक पारित गरेर ५ गते विद्येयक प्रमाणिकरणका लागि राष्ट्रपतिकोमा पठाइसक्ने तयारी भएको सभामुख सुभाष नेम्वाङले जानकारी दिए।