काठमाडौं- संविधानका बाँकी विवादमा सहमति खोज्न संविधानसभाले मातहतको संवाद समितिलाई फेरि ६ दिनको म्याद दिएको छ। शुक्रबारको संविधानसभा बैठकले असोज ३० भित्र सहमति खोज्न र नसके असोज ३१ गते नै विवादित विषयलाई प्रश्नावलीका रुपमा संविधानसभामा पेस गर्न निर्देशन दिएको हो।
संवाद समितिले दोस्रोपटक असोज २१ भित्र सहमति गर्न, नसके प्रश्नावली बुझाउन म्यान्डेट पाए पनि बुधबार मात्र विमतिसमेत राखेर प्रतिवेदन पेस गरेको थियो।
उक्त प्रतिवेदनमा म्याद थपका लागि आग्रह नगरिए पनि संविधानसभाले समितिलाई तेस्रो मौका दिएको हो। यसअघि प्रतिवेदनमा शुक्रबार धारणा राख्ने अधिकांश सभासदले पनि सहमति जुटाउन नसकेको र प्रश्नावली बनाउने निर्देशन अवज्ञा गरेको भन्दै समितिलाई फेरि म्याद दिन नहुने धारणा राखेका थिए। उनीहरुले प्रश्नावली बनाउन छुट्टै समिति बनाउनुपर्ने माग गरेका थिए।
नयाँ संविधानका लागि राज्यको पुनःसंरचना, शासकीय स्वरुप र न्याय प्रणाली मुख्य विवाद थाती छन्। ३० गतेसम्म सहमति कायम हुन नसके ३१ गते प्रश्नावली बनाएर संविधानसभा सचिवालयमा बुझाउन समितिलाई बैठकले निर्देशन दिएको छ।
संवाद समितिका सभापति भट्टराईले पनि आफ्नो समितिले संविधानसभासँग समय नमागेको स्पष्ट पारेका छन्। म्याद थपिएको केही मिनेटमै उनले टि्वट गरेका थिए, 'संवाद समितिले संविधानसभाबाट थप समय नमागे पनि संविधानसभाको बैठकले संविधानका सहमति कायम हुन नसकेका विषयमा सहमति कायम गर्ने प्रयत्न गर्न असोजभर समय दिएको छ।'
संविधानसभा अध्यक्ष सुवास नेम्वाङले भने कार्यव्यवस्था परामर्श समितिको निर्णयबमोजिम नै संवाद समितिलाई समय उपलब्ध गराइएको जानकारी दिए।
'३० गतेसम्म सहमति गर्ने र सहमति कायम हुन नसके ३१ गते प्रश्नावली बनाएर संविधानसभामा पेस गर्न संविधानसभाले निर्देशन दिएको छ,' उनले पत्रकारहरुसँग भने, 'सहमति कायम गर्न अब संवाद समिति अहोरात्र खट्नुपर्छ।'
संवाद समितिले बुधबार दिएको सहमति र विमतिसहितको प्रतिवेदनमा यति दिन थप समय चाहियो भनेर नमागिए पनि सहमति हुन नसकेका विषयमा छलफलमा रहेको जनाउ दिनुलाई थप समय मागेकै अर्थमा बुझेर म्याद थपिएको सचिवालय स्रोतले जनायो।
नेम्वाङका अनुसार प्रमुख दलका शीर्ष नेताले त्यसअघि नै विवादित विषयमा गोप्य रुपमा छलफल गरेर निष्कर्षमा पुग्ने आश्वासन दिएका छन्। शुक्रबार बिहान बसेको तीन दलको बैठकमा पनि कांग्रेस र एमालेका नेताहरुले विवादित विषय अब संवाद समितिमा नपठाई संविधानसभामै राखेर दलहरुबीच सहमति खोज्नुपर्ने बताएका थिए। तर प्रश्नावली बनाउन छुट्टै कार्यदल बनाउनुभन्दा संवाद समितिलाई नै दिँदा राम्रो हुने भएकाले दिइएको स्रोतले जानकारी दियो।
संवाद समितिको प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै कांग्रेस नेता प्रकाशशरण महतले संवाद समितिले दोस्रोपटकको म्यादमा पनि सहमति कायम गर्न नसकेकाले फेरि थप्न नहुने धारणा राखेका थिए।
'संवाद समितिलाई नै फेरि जिम्मेवारी दिएर निकास निस्कन्न,' उनले भने, 'विवादित विषयहरु प्रक्रियामा टुंगो लगाउनुको विकल्प छैन। त्यसैले प्रश्नावली बनाउन छुट्टै समिति बनाउँ्क।'
एमाले नेता भीम रावलले पनि सहमतिका लागि ४ वर्ष ९ महिना छलफल भइसकेकाले अब प्रक्रियामा जान डराउन नहुने धारणा राखे। 'सहमति सुन्दर कुरा हो, हामी पनि त्यही चाहन्छौं,' रावलले भने, 'सहमतिका नाममा देशलाई अनिर्णयको बन्दी बनाउन मिल्दैन। जनातलाई हामीले त्यही बाचा गरेका छौं। असोजभित्र सहमति कायम गर्न तुरुन्त प्रक्रियामा जानुपर्छ।' सबै दलले घोषणापत्रमा सहमति नभए प्रक्रियामा जाने उल्लेख गरेर चुनाव लडेको उनले स्मरण गराए।
कांग्रेसकै गगन थापाले संवाद समितिलाई दोस्रोपटक दिइएको समयमा पनि गम्भीर रुपमा काम नगरेको भन्दै त्यसको दोष सबै सभासदलाई दिन नमिल्ने तर्क गरे। उनले प्रक्रियामा जाँदा द्वन्द्व उत्पन्न हुन्छ भनेर जानेको भए घोषणापत्रमा किन उल्लेख गरेको भनी प्रतिप्रश्न गरे।
'संवाद समितिलाई दिइएको पछिल्लो समयमा १० वटा बैठक बसे,' उनले भने, 'त्यसको अन्तिम दिनको बैठकमा मात्र संविधानसभाको निर्देशनबमोजिम छलफल भएको छ। यो संविधानसभाको अपमान हो। संविधानसभाले दिएको निर्देशन पनि पालना नगर्ने भए कसको गर्ने त?'
उनले पहिले सबै विषय टुंग्याउन सकिन्छ भनेर जिम्मा लिने, तर अहिले पूरा गर्न नसक्नुको दोष अरुलाई पनि थोपर्न नहुने धारणा राखे। थापाले दक्षिण अफ्रिका, भारतजस्ता मुलुकमा सहमतिमा संविधान बनेको भनेर अहिले आएर पाठ नपढाउन विपक्षीसँग आग्रह पनि गरे।
'तपार्इंहरुले काम गर्न नसक्ने, हामी सबैले किन दोषको भारी बोक्ने?,' थापाको प्रश्न थियो, 'दक्षिण अफ्रिका र भारतमा सहमतिमा बनेको थियो, नेपालमा बनेन भने द्वन्द्व बढ्छ भनेर हामीलाई अहिले किन पाठ पढाउनुपर्योर?'
उनले एमाओवादीलाई आफ्नो घोषणापत्रको पृष्ठ ९ र ४९ मा प्रक्रियामा जाने उल्लेख गर्दा दक्षिण अफ्रिका र भारत किन नसम्भि्कएको? भनी आक्रोश व्यक्त गरेका थिए। थापाले पनि निमयावली फेरेर प्रश्नावली बनाउन छुट्टै समितिलाई दिनुपर्ने धारणा राखेका थिए।
उनले संवाद समितिलाई फेरि समय दिने हो भने त्यसका सबै बैठकमा आफैं उपस्थित हुन संविधानसभा अध्यक्ष सुवास नेम्वाङसँग आग्रह गरेका थिए।
'हामी पनि यो समयमा सिंहदरबार र समितिको बैठकवरिपरि नै बसेर दबाब दिनुपर्छ,' उनले भने, 'जेठ १४ मा झैं अन्तिम समयमा संविधासनभामा कराएर हुँदैन।'
कांग्रेसका धनराज गुरुङले पनि जनतामा जाँदा सबै दलले सहमति कायम हुन नसके प्रक्रियामा गएर संविधान जारी गर्ने वाचा गरेकाले अहिले त्यसको विरोध गर्न नहुने धारणा राखे। 'प्रक्रियाबाट अहिले हामी किन भाग्न खोजिरहेका छौं?' उनको प्रश्न थियो, 'यो सर्वोच्च निकाय हो, त्यसैले हामी जनप्रतिनिधि तमासे मात्र बनेर हुँदैन।'
एमालेका रवीन्द्र अधिकारीले पनि संवाद समितिलाई प्रश्नावली बनाउन निर्देशन दिए पनि किन बनाउन सकेन भन्ने कुरा सबैले जान्नुपर्ने बताए। 'संविधानसभामा पक्ष र विपक्ष छैन भन्ने,' अधिकारीले भने, 'हामीले पार्टीका कतिपय विषयमा पनि मतदान गर्छौं भने यहाँ किन डराउने?'
एमालेकै भानुभक्त ढकालले प्रश्नावली बनाउन दोस्रोपटक संवाद समितिलाई निर्देशन दिइए पनि त्यसको अवज्ञा गरेको टिप्पणी गरेए। 'संवाद समितिलाई हामीले टेस्ट गरिसक्यौं,' उनले भने, 'अब कि मस्यौदा समितिलाई जिम्मा दिएर मस्यौदामा पछि छलफल गरी सहमति गरौं, होइन भने अर्को समिति बनाएर त्यसलाई जिम्मा लगाउँ कि।'
राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले संघीयताका कारण संविधान नबन्ने अवस्था आएको बताए। उनले १७ वर्षसम्म स्थानीय निकायको निर्वाचन नगराएर जनतालाई अधिकार दिनबाट वञ्चित गराउने दलहरुले संघीयतामा गएर जनतालाई अधिकार देलान् भन्नेमा विश्वासै नभएको दोहोर्या ए।
एमाओवादीका हरिबोल गजुरेलले भने दलहरुबीच सहमति नभएको दोष संवाद समितिलाई दिन नहुने धारणा राखे। उनले पहिलो संविधानसभामा कांग्रेस र एमालेलाई छाड्न नहुने देखेर नै प्रक्रियामा नगएको स्मरण गराउँदै अहिले एमाओवादीसहित मधेसवादी दललाई छाडेर प्रक्रिया मात्र भन्नु केटाकेटी कुरा भएको तर्क गरे। उनले सहमति र प्रक्रियाबीच अन्तरसम्बन्ध रहेकाले अलग हुन नसक्ने जिकिर गरे।
मधेसी जनअधिकार फोरम नेपालका जितेन्द्रनारायण देवले पनि सहमतिका आधारमा संविधान नबने मुलुक नयाँ द्वन्द्वमा जाने तर्कका थिए। मुख्य विषयमा मतदान हुनै नसक्ने भन्दै उनले सहमतिमा मात्र टुंगो लगाउनुपर्ने बताए।
सभासदका प्रश्नको जवाफ दिने क्रममा संवाद समितिका सभापति भट्टराईले सहमति कायम हुन नसके प्रक्रियामा जाने कुरामा कसैको विरोध नरहेको उल्लेख गर्दै विभिन्न आन्दोलनपछि बनेको संविधानसभाले सबैको भावना समेट्नुपर्छ भन्ने नबिर्सन आग्रह गरे।
समितिले संविधानसभालाई अवज्ञा गरेको नभई समय अभावका कारण प्रश्नावली बनाउन नसकिएको तर्क गरेका भट्टराईको थियो। 'सबै दलका अडान अन्तिम समयमा पनि कायमै रहेकाले सहमति हुन नसकेन,' उनले प्रस्ट पारे।