संख्यामा एकमत, नाममा अड्को
२६ असोज २०७१
•
८ मिनेट पाठ
संख्यामा एकमत, नाममा अड्को
काठमाडौं- प्रमुख राजनीतिक दलहरू ६ देखि ७ प्रदेश रहने गरी राज्य पुनःसंरचना गर्न सहमतिनजिक पुगेका छन् तर माओवादीले नामाकरणको विषयमा आफ्नो अडान छाडेको छैन।आइतबार दिनभर भएको छलफलमा एकीकृत माओवादीले नेपाली कांग्रेस र नेकपा एमालेले भनेकै संख्यामा जाने हो भने एकल पहिचान हुनुपर्ने अडान राखेको छ। साझा पहिचानमै जाने भए पनि दुई जातिको नाम समावेश गर्नैपर्ने अडान एमाओवादीको छ। 
कांग्रेस र एमालेले भने साझा पहिचानका आधारमा ६ वा ७ प्रदेशमा जानुपर्ने, नामकरण साझा पहिचानमा हुनुपर्ने तर तोकिएको साझा पहिचानमा विवाद भए प्रदेशसभालाई नै राज्यको नामकरण गर्ने जिम्मेवारी दिन सकिने प्रस्ताव अघि सारेका छन्।
आइतबार तीन दलका शीर्ष नेता, कांग्रेस–एमाले, एमाले–एमाओवादी, एमाओवादी–कांग्रेसबीच पटक–पटक वार्ता भएको थियो।
कांग्रेस र एमाले आफ्नो अडानबाट पछि हट्नै नचाहेपछि एमाओवादीले ६ वा ७ प्रदेशमा गए प्रदेशको नाम एकल पहिचानको हुनुपर्ने अडान राखेको एमाओवादी स्रोतले जानकारी दिएको छ। 
कांग्रेस उपसभापति रामचन्द्र पौडेलले दुई र तीन पक्षबीचको छलफलमा आफूहरूले एमाओवादीसँग साझा पहिचानसहित ६ प्रदेश हुनुपर्ने धारणा राखेको बताए। 'उहाँहरू (एमाओवादी) ले ६ प्रदेशमा जाने हो भने पहिचानको नाम हुनुपर्छ भन्नुभयो,' पौडेलले पत्रकारसँग भने, 'एकल पहिचान नभए किरात/लिम्बुवान/कोसी जस्तो हुनुपर्छ भन्ने उहाँहरूको अडान हो। १० प्रदेश गर्ने हो भने प्रदेशसभालाई निर्णय गर्न दिए पनि हुन्छ भन्ने कुरा गर्नुभयो। हामीले प्रदेशहरूको सकेसम्म साझा नाम राखौं भन्यौं। साझा नाममा विवाद भयो भने प्रदेशसभाले नै नाम राख्न सक्ने अवस्थामा सहमति कायम गर्न सकिन्छ।'
पौडेलले राज्य पुनःसंरचना, शासकीय स्वरूप, निर्वाचन प्रणाली र न्याय प्रणालीका विवादित विषयमा प्याकेजमा छलफल भइरहेको जानकारी दिए। 
'शासकीय स्वरूप वेस्टमिन्स्टर मोडलको हुँदैन भन्ने उहाँहरू (एमाओवादी) को भनाइ छ,' उनले भने, 'हाम्रो भनाइ हामी वेस्टमिन्स्टरभन्दा अघि बढिसक्यौं अब त्यसैमा सहमति गरौं भन्ने हो।'
समावेशी र शक्ति बाँडफाँटका हिसाबले पनि प्रतिनिधिसभाप्रति उत्तरदायी सरकार भयो भने सन्तुलन र समावेशी हुने आफ्नो तर्क रहेको उनले सुनाए।
पौडेलका अनुसार कांग्रेस र एमालेबीच राज्य पुनःसंरचना र शासकीय स्वरूपका सन्दर्भमा गम्भीर विवाद छैन। 'सामान्य विषयमा भए छलफल गरेर तत्कालै सहमति गर्न सकिन्छ, तर एमाओवादीसँग केही विषयमा मतभेद देखिएको छ,' उनले भने। 
एमाओवादीका नेता खिमलाल देवकोटाले पहिचानसहितका प्रदेश बनाउने भए कांग्रेस र एमालेले ल्याएको प्रस्तावमा छलफल गर्न सकिने धारणा राखे। 'पहिचान दिनुस्, हामी तपार्इंहरूले ल्याएको प्रस्तावमा छलफल गर्न तयार छौं भनेर भन्यौं,' देवकोटाले नागरिकसँग भने, 'होइन भने हामीले भनेको १० या १४ मा जाऔं।' एमाओवादीको भनाइअनुसार नामावली प्रदेशसभालाई राख्न दिने हो भने १० प्रदेशमा जानुपर्छ। 
कांग्रेस र एमालेले निर्वाचन प्रणालीका सन्दर्भमा प्रतिनिधिसभा प्रत्यक्ष र राष्ट्रियसभा समानुपातिक हुनुपर्ने अडान कायमै राखेका थिए। न्याय प्रणालीमा देखिएको विवादमा पनि सत्तारूढ दल कांग्रेस–एमाले संवैधानिक अदालत राखिनु हुन्न भन्ने पक्षमा देखिएका छन्। 
एमाले उपाध्यक्ष भीम रावलले समयभित्र कुनै न कुनै सहमतिमा पुगेर मस्यौदालाई अघि बढाउन सजिलो पार्ने गरी छलफल गरिरहेको बताए। 'साझा विन्दु के हुन सक्छ भनेर छलफल गरेका छौं,' उनले भने, 'हामीले ६ वा ७ प्रदेश भनेका छौं। पाँचदेखि नै सोच्न सकिन्छ। हाम्रो बटमलाइन सात प्रदेश हो। सातमा जाँदा साझा पहिचान हुनुपर्छ भनेका छौं।'
शासकीय स्वरूपमा पनि राजनीतिक स्थिरता खोज्नुपर्ने भएकाले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको कुरा गरेको उल्लेख गर्दै उनले सहमति भए त्यसको विकल्पमा जान सकिने बताए।
संवाद समितिका सभापति बाबुराम भट्टराईले तीन दलका शीर्ष नेताको अनौपचारिक बैठकमा विवादित विषयका विकल्पमा पनि छलफल भएको जानकारी दिए। तर, विकल्प के के हुन् भन्ने विषयमा सहमति नभई भन्न नमिल्ने बताए।
'हामीले दुईपक्षीय कुराकानी पनि गर्यौं ,' भट्टराईले भने, 'एमाओवादी र एमाले, एमाओवादी र कांग्रेसबीच छलफल भयो। सहमति खोज्ने विषयमा लचकता प्रस्तुत भए पनि टुंगो लागेको छैन। अन्य फुटकर विषयमा पनि कुराकानी भयो। विकल्पका विषयमा सहमति नभई भन्न मिल्दैन। तर, विवादित विषय सहमतिको निकटता उन्मुख छ। सकारात्मक छ।'
प्रमुख दलका शीर्ष नेताहरूले सोमबार दिउँसोसम्म अन्य दलसँग पनि अनौपचारिक छलफल गर्ने र दिउँसो १ बजे राजनीतिक समितिको बैठक राख्ने तय भएको छ। राजनीतिक समितिको बैठकमा विवादित विषयमा सहमतिका लागि भइरहेको प्रयास र अन्य दलको धारणा बुझिने नेताहरूले जनाएका छन्।
दिउँसो २ बजेपछि तीन दलका शीर्ष नेताको बैठक बसेर प्रदेशको संख्या र नामका सन्दर्भमा सहमति कायम गर्ने प्रयास हुने कांग्रेस उपसभापति पौडेलले जानकारी दिए।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस