काठमाडौं- नेकपा (एमाले) को संघीयतासम्बन्धी अवधारणा नेपाली कांग्रेसको जस्तै देखिएको छ। यसअघि बहुपहिचानयुक्त सात प्रदेश हुनुपर्ने प्रस्ताव अघि सारेको एमाले कांग्रेससँग मिलेर साझा पहिचानका आधारमा सात प्रदेश निर्माण गर्ने पक्षमा देखिएको छ।केही नाम, त्यसका राजधानी र एक प्रदेशको सीमांकन र जातीय बाहुल्य रहेको क्षेत्रमा संरक्षण क्षेत्र बनाउने विषयमा मात्रै एमालेको अवधारणा फरक देखिएको छ।
कांग्रेसले शनिबार केन्द्रीय समिति र संसदीय दलको बैठकमा छ वा सात प्रदेशको अवधारणा अघि सारेको थियो। 'नेपाली कांग्रेससँगै एमाले सात प्रदेशमा सहमत भएको हो। अहिले कांग्रेसले सात प्रदेशको अवधारणालाई आफ्नो जस्तो गरी ल्याएको छ,' एमाले सचिव योगेश भट्टराईले आइतबार नागरिकसँग भने।
एमाले र कांग्रेसको सात प्रदेशको अवधारणासँग नवलपरासी जिल्लाको विभाजनमा मात्रै अन्तर देखिन्छ। 'नवलपरासीको दाउन्नेपूर्वको भागलाई बागमती/काठमाडौं प्रदेश र दाउन्ने पश्चिमको भूभागलाई लुम्बिनी प्रदेशमा राख्ने एमालेको प्रस्ताव छ,' भट्टराईले भने।
एमालेले थारुको बाहुल्य रहेको कैलाली र कञ्चनपुर जिल्लालाई खप्तड प्रदेशभित्र राख्दै संरक्षण क्षेत्र बनाउने धारणा अघि सारेको छ। खप्तड प्रदेशमा सेती र महाकालीमा सबै क्षेत्र पर्नेछन्।
एमालेले मेची, कोसी अञ्चलका सबै जिल्ला र सगरमाथा अञ्चलको पहाडी जिल्लासहितको प्रदेशको नाम सगरमाथा/कोसी राख्ने प्रस्ताव गरेको छ। 'यसको राजधानी धनकुटाको रहने भन्ने छ। तर, भौतिक पूर्वाधारको समस्यालाई ध्यानमा दिएर इटहरीलाई सदरमुकाम बनाउँदा उपयुक्त हुने प्रस्ताव छ,' भट्टराईले भने, 'देशको राजधानी र प्रदेशको एकै स्थानमा नराखेर अर्को स्थानमा राख्ने हो भने बनेपा र धुलिखेललाई एकै बनाएर काठमाडौं प्रदेशको राजधानी राखिनुपर्छ।'
यस्तै, सप्तरीदेखि पर्सासम्मका तराईको भूगोललाई समेटेर जनकपुर प्रदेश बनाउने एमालेको धारणा छ। कांग्रेसले यसलाई जानकी प्रदेश प्रस्ताव गरेको छ। यसमा सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा पर्छन्।
एमालेले प्रस्ताव गरेको बागमती/काठमाडौं प्रदेशमा जनकपुर अञ्चलको पहाडी जिल्ला, बागमती अञ्चलका सबै जिल्ला र नारायणी अञ्चलका चितवन र मकवानपुर, नवलपरासीको दाउन्ने पहाड पूर्वीको क्षेत्रलाई समेटिएको छ। प्रादेशिक राजधानी भने काठमाडौं/बनेपा र धुलिखेल रहने उल्लेख छ।
त्यस्तै, गण्डकी प्रदेशमा गण्डकी, धौलागिरी अञ्चलका सबै जिल्ला र लुम्बिनी अञ्चलका पहाडी जिल्ला राखिएको छ भने प्रादेशिक राजधानी पोखरा तोकिएको छ। लुम्बिनी प्रदेशमा नवलपरासीको दाउन्नेदेखि बर्दियासम्म तराईका सबै जिल्ला समेट्दै प्रादेशिक राजधानी दाङ प्रस्ताव गरिएको छ।
कर्णाली प्रदेशमा राप्ती र भेरी अञ्चलका पहाडी जिल्ला र कर्णाली अञ्चलका सबै जिल्लालाई राखिएको छ र प्रादेशिक राजधानी सुर्खेत तोकिएको छ। त्यस्तै, खप्तड प्रदेश (सेती–महाकाली प्रदेश) मा सेती र महाकाली अञ्चलका सबै जिल्ला समेट्दै प्रादेशिक राजधानी कैलालीको अत्तरी, धनगढी र महेन्द्रनगर समेतलाई जोड्ने गरी राजधानी तोकिनुपर्ने प्रस्ताव गरेको छ। कांग्रेसले अघि सारेको दिपायलमा भौतिक पूर्वाधार नपुग्ने एमालेको धारणा छ।
'संविधान बन्ने मूल्यमा एमाले शासकीय स्वरूप लगायतका विषयमा समेत लचिलो रूपमा प्रस्तुत हुनेछ,' भट्टराईले भने, 'लोकतन्त्रको आधारभूत विषय समेटिएपछि अन्य विषयमा लचक र लेनदेन विषय टुंग्याउने पक्षमा छ।'