काठमाडौं- परराष्ट्र मन्त्रालयले राहदानी नियमावली, २०६७ संशोधन गर्दै कूटनीतिक राहदानी (रातो पासपोर्ट) को दायरा विस्तार गरेको छ। बहालवालाबाहेक पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति र पूर्वप्रधानमन्त्रीलाई मात्र कूटनीतिक राहदानी पाउने पूर्वनियम संशोधन गर्दै परराष्ट्रले नियमावलीमा अब पूर्वप्रधानन्यायाधीश, पूर्वसभामुख र पूर्वपरराष्ट्रमन्त्रीलाई समेत कूटनीतिक राहदानी दिने व्यवस्था गरेको छ।नियमावली संशोधनसँगै अब जिल्ला विकास समितिका सभापतिदेखि अन्तर्राष्ट्रिय संगठनको उच्च ओहदामा पुगेका नेपाली नागरिकले कूटनीतिक राहदानी पाउने भएका छन्।
राहदानी (पहिलो संशोधन) नियमावली, २०७१ मा पूर्वराष्ट्रपतिदेखि पूर्व परराष्ट्रमन्त्रीसम्मले कूटनीतिक राहदानी मागे पाँच वर्षको म्याद राखी राहदानी दिइने उल्लेख छ। यस्तै, पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश, पूर्वसभामुख र पूर्वपरराष्ट्रमन्त्रीका पति वा पत्नीलाई समेत कूटनीतिक राहदानी दिने व्यवस्था संशोधित राहदानी नियमावलीमा छ।
'विदेश भ्रमणमा जान चाहने पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश, पूर्वसभामुख र पूर्वपरराष्ट्रमन्त्रीले सम्बन्धित संवैधानिक निकाय वा मन्त्रालय वा सचिवालय वा अदालत वा कार्यालयको सिफारिससहित कूटनीतिक राहदानी मागे राहदानी विभागले पाँच वर्षको म्याद राखी राहदानी जारी गर्नेछ,' नियमावलीको नियम १२ मा भनिएको छ।
नियमावलीअनुसार पूर्वपदाधिकारीले आफूसँग भ्रमणमा पति वा पत्नीलाई पनि सम्बन्धित संवैधानिक निकाय वा मन्त्रालय वा सचिवालय वा अदालत वा कार्यालयको सिफारिस गराई लगे कूटनीतिक राहदानी विभागले उपलब्ध गराउनेछ। पूर्वपदाधिकारीका पति वा पत्नीलाई भने विभागले बढीमा एक वर्षको अवधि राखी कूटनीतिक राहदानी जारी गर्नेछ।
अनौपचारिक विदेश भ्रमणमा जाने बहालवाला राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीका सदस्यलाई समेत कूटनीतिक राहदानी दिने व्यवस्था नियमावलीमा गरिएको छ। संशोधन हुनुअघि राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको राजकीय तथा औपचारिक भ्रमणमा मन्त्रिपरिषदको निर्णयअनुसार जाने सदस्यलाई मात्र कूटनीतिक राहदानी दिने व्यवस्था थियो। अहिले नियमावली संशोधन गर्दै अनौपचारिक भ्रमणमा जाँदासमेत भ्रमण दलका सदस्यलाई कूटनीतिक राहदानी दिने व्यवस्था गरिएको हो।
यस्तै, परराष्ट्रले सरकारी कामको सिलसिलामा विदेश भ्रमण गर्दा कूटनीतिक राहदानी पाउने पदाधिकारीका पति वा पत्नीलाई समेत यस्तो राहदानी दिने व्यवस्था संशोधित नियमावलीमा छ। नियमावलीअनुसार मन्त्रिपरिषदको निर्णयबमोजिम राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री तथा मन्त्रीहरूको विदेश भ्रमण, संयुक्त राष्ट्रसंघको साधारण सभा, विशेष सभा, अन्य विशिष्टीकृत निकायको साधारण सभा, एसियाली विकास बैंकको साधारण सभा, दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को शिखर सम्मेलन तथा बैठक, बिमस्टेकको शिखर सम्मेलन तथा बैठक, अन्य अन्तर्राष्ट्रिय तथा क्षेत्रीय शिखर सम्मेलनमा भाग लिन जाने सदस्यका पति वा पत्नीले यो सुविधा उपयोग गर्न पाउनेछन्।
'सरकारी कामका सिलसिलामा विदेश भ्रमण गर्दा कूटनीतिक राहदानी पाउने पदाधिकारीले पति वा पत्नी लैजान चाहे कार्यरत संवैधानिक निकाय वा मन्त्रालय वा सचिवालय वा अदालत वा कार्यालयबाट सिफारिस भई आए निजलाई समेत बढीमा एक वर्षको अवधि कायम राखी कूटनीतिक राहदानी जारी गर्न सकिनेछ,' नियमावलीको नियम १२ को उपनियम ४ मा उल्लेख छ।
परराष्ट्रले संयुक्त राष्ट्र संघ वा सो संघको विशिष्टीकृत निकाय, विश्व बैंक, एसियाली विकास बैंकलगायत सोही प्रकारका नेपाल सदस्य रहेका अन्य अन्तरसरकारी संगठनहरूको उच्च ओहदामा पुगेका नेपालीलाई मात्र होइन उनीहरूको पति वा पत्नीलाई समेत कूटनीतिक राहदानी उपलब्ध गराउने भएको छ। राहदानी (पहिलो संशोधन) नियमावली, २०७१ मा भनिएको छ, 'सहायक महासचिव वा सो सरवा वा सोभन्दा माथिको पदमा कार्यरत नेपाली नागरिक र निजको पति वा पत्नीलाई विभागले बढीमा पाँच वर्षसम्मका लागि कूटनीतिक राहदानी जारी गर्न सक्नेछ।' नियमावली संशोधन नगर्दै परराष्ट्रले राष्ट्रसंघमा उपमहासचिव पदमा कार्यरत पूर्व परराष्ट्र सचिव ज्ञानचन्द्र आचार्यलाई यो सुविधा दिइसकेको छ।
नेपालका तर्फबाट नियुक्त सार्कका महासचिव, बिमस्टेकका महासचिव र निजको परिवारका सदस्यले समेत कूटनीतिक राहदानी प्रयोग गर्न पाउनेछन्। महासचिवको पदावधिभरका लागि उनीहरूको परिवारलाई कूटनीतिक राहदानी उपलब्ध गराइने नियमावलीमा उल्लेख छ। संशोधन गरिएको नियमावलीअनुसार नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष, विश्वविद्यालय, प्रतिष्ठानहरूका उपकुलपति, जिल्ला विकास समितिका सभापति (निर्वाचित) र महानगरपालिकाका प्रमुख (निर्वाचित) ले समेत अबदेखि विदेश भ्रमण गर्दा कूटनीतिक राहदानी प्रयोग गर्न पाउनेछन्।
संशोधित नियमावलीमा कुनै खास प्रयोजनका लागि कसैलाई कूटनीतिक राहदानी दिनु परे त्यो निर्णय गर्ने जिम्मेवारी परराष्ट्रमन्त्रीलाई दिइएको छ। परराष्ट्रमन्त्रीस्तरीय निर्णय भई आए विभागले जो कसैलाई पनि कूटनीतिक राहदानी उपलब्ध गराउनेछ। परराष्ट्रमन्त्रीले खास प्रयोजनका लागि जो कसैलाई पनि एकदेखि पाँच वर्षसम्म अवधि रहने गरी कूटनीतिक राहदानी जारी गर्न सक्नेछन्।
'यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिए पनि परराष्ट्रमन्त्रीस्तरीय निर्णयद्वारा कूटनीतिक राहदानी दिने भनी निर्णय भएका व्यक्तिलाई विभागले एक वर्षदेखि पाँच वर्षसम्मको अवधि रहने गरी कूटनीतिक राहदानी जारी गर्न सक्नेछ,' नियमावलीको नियम १२ उपनियम ९ मा भनिएको छ।
नियमावली संशोधन हुनुअघि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, उपप्रधानमन्त्री, मन्त्री, व्यवस्थापिका संसदका विपक्षी दलका नेता, उपसभामुख, राज्यमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सर्वोच्च अदालतका न्यायाधीश, न्यायपरिषद सदस्य, सभासदलाई कूटनीतिक राहदानी दिने व्यवस्था थियो। यस्तै, संवैधानिक निकायका प्रमुख, महान्याधिवक्ता, मुख्य सचिव, प्रधानसेनापति, संसदका महासचिव, पुनरावेदन अदालतका मुख्य न्यायाधीस, राष्ट्रिय योजना आयोगका सदस्य, संवैधानिक निकायका पदाधिकारी, राष्ट्र बैंकका गभर्नरले पनि कूटनीतिक राहदानी पाउँदै आएका छन्।
सरकारका सचिव, विशिष्ट श्रेणीका सरकारी कर्मचारी, पुनरावेदन अदालतका न्यायाधीश, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल विशेष सेवाका विशिष्ट श्रेणी सरहका अधिकृत, नेपाली राजदूत, नेपाली स्थायी प्रतिनिधि, नियोग प्रमुख र तिनका परिवारले पनि कूटनीतिक राहदानी पाउने व्यवस्था छ। परराष्ट्र मन्त्रालय र यसअन्तर्गतका विभाग वा कार्यालयमा कार्यरत राजपत्रांकित अधिकृत कर्मचारीले कूटनीतिक राहदानी प्रयोग गर्न पाउँछन्।