काठमाडौं- बारा घटनालाई लिएर विपक्षीहरुले व्यवस्थापिका संससदको बैठक अवरुद्ध गरेका छन्। मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले विकास माग्ने जनतालाई गोली हानेर सरकारले तानासाही प्रवृति देखाएको बताए।
विपक्षीहरुले मृतकलाई सहिद घोषणा, घाइतेको उपचार नभएसम्म सदन चल्न नदिने बताएपछि बैठक आधा घन्टाको लागि स्थगित भएको छ।
गत शनिबार सडक मर्मतको माग गर्दै प्रदर्शनमा उत्रिएका स्थानीयबासीमाथि प्रहरीले गोली प्रहार गरेका थिए। प्रहरीको गोलीबाट जयनारायण पटेलको मृत्यु भएको थियो भने दुई जना गम्भिर घाइते भएका छन्। आइतबारमात्र स्थानीय र प्रशासनबीच दस बुँदे सहमति भएको थियो। सहमतिपछि स्थानीयहरुले आन्दोलन स्थगित गरेका छन्।