काठमाडौं- संवैधानिक राजनीतिक सम्वाद तथा सहमित समितिले नयाँ संविधान जारी भएको एक महिनाभित्र राष्ट्रपति र उपराष्ट्रपतिको नयाँ निर्वाचन गर्नुपर्ने निर्णय गरेको छ।
समितिको आज बसेको बैठकले संक्रमणकालीन व्यवस्थामाथि छलफल गर्दै यस्तो निर्णय गरेको हो। माघ ८ मा नयाँ संविधान जारी भए फागुन ८ गतेभित्र राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्नुपर्ने छ।
राज्यको पुनर्संरचना, शासकीय स्वरुप, न्याय प्रणाली र निर्वाचन प्रणालीमा समितिले सहमति जुटाउने प्रयास गरिरहेको छ।
असोज २१ गतेसम्म साना ३० विषयमा सहमति भए पनि मुख्य विषयमा सहमति हुन सकेको थिएन।