काठमाडौं-उच्च स्तरीय राजनीतिक समितिको बैठकमा समितिको क्षेत्राधिकार र शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउने विषयमा छलफल भएको छ।
बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग छिटो गठन गर्न सरकारलाई आग्रह गरेको छ।
समितिको कार्यालय स्थापना र आवस्यक बजेटको सन्दर्भमा समेत बैठकमा छलफल भएको राजनीतिक समितिका संयोजक पुष्पकमल दाहालले जानकारी दिए। समितिले बजेट, कर्मचारी लगायतका विषय सरकारसँग माग गर्ने भएको छ।
बैठकमा नेपाली कांग्रेसका उप-सभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्ण सिटौला एमाले नेता माधव नेपाल र उपाध्यक्ष विद्या भण्डारी, एमाओवादीका नेता बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, मधेसी जनअधिकारी फोरमका अध्यक्ष उपेन्द्र यादव, तमलफपा अध्यक्ष महन्त ठाकुर, मजफो(लोकतान्त्रीक) अध्यक्ष विजय गच्छेदार लगायतका नेताहरु सहभागि थिए।