'दलहरुबीच समझदारी निर्माण'
२७ असोज २०७१
•
६ मिनेट पाठ
'दलहरुबीच समझदारी निर्माण'
काठमाडौं- नवगठित राजनीतिक समितिले दलहरूबीच विश्वासको वातावरण बनाउँदै संविधान निर्माणमा पनि सहयोग गर्ने भएको छ। समिति संयोजक एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सोमबार बसेको पहिलो बैठकमा शान्ति र संविधानलाई निष्कर्षमा पुर्यााउने समझदारी बनेको जानकारी दिए। दाहालले समिति प्रत्यक्ष रूपले संविधान निर्माणका विषयमा प्रवेश नगरेको जनाउँदै अब पनि प्रत्यक्ष प्रवेश नगर्ने बताए। 'तर, पार्टीहरूबीच आपसी विश्वासको वातावरण बनाएर सकारात्मक र सहज वातावरण बनाउने भूमिका निर्वाह गर्छौं।'
गत साता बसेको तीन दलका शीर्षनेताको बैठकले पाँचबुँदे सहमति कार्यान्वयन गर्दै दाहालको नेतृत्वमा १५ सदस्यीय राजनीतिक समिति बनाउने सहमति गरेको थियो।
राजनीतिक समितिको म्याद शान्ति प्रक्रियाका बाँकी काम पूरा नहुन्जेल अर्थात कम्तीमा दुई वर्षसम्म हुने भएकाले सरकारसँग सचिवालय र बजेटको माग गर्ने निर्णय बैठकले गरेको छ। बैठकमा विशेष गरी क्षेत्राधिकारकै विषयमा छलफल भएको थियो।
'राजनीतिक समितिको पहिलो बैठक सहज र सौहार्दपूर्ण ढंगले सम्पन्न भयो,' दाहालले पत्रकारसँग भने, 'यो समितिको क्षेत्राधिकारबारे सबै प्रस्ट हुनुपर्छ भनेर मैले संक्षिप्तमा राखेँ। समितिले शान्ति प्रक्रिया पूरा गर्न सहयोग गर्ने र राजनीतिक दलहरूबीचमा समझदारी गर्ने भनिएको छ। शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सत्यनिरूपण र बेपत्ता आयोग गठनका लागि अलि तीव्रता दिन सरकारसँग अनुरोध गर्ने पनि निर्णय गरिएको छ।'
दाहालले पाँचबुँदे सहमतिमा राजनीतिक समझदारी भनिए पनि त्यसले भन्न खोजेको विषयमा लामो छलफल भएको जानकारी दिए। 'राजनीतिक समझदारी बनाउने भन्ने अलि अमूर्त विषय छ,' दाहालले भने, 'राजनीतिक समझदारी केमा बनाउने? संविधान निर्माणमा बनाउने भनेको हो कि? आर्थिक विषयमा भनेको हो कि? देश निर्माणमा भनेको हो कि? यसबारे छलफल गरेर एउटा निचोडमा पुग्नुपर्छ। राजनीतिक समझदारी बनाउने भन्नाले अहिलेलाई शान्ति र संविधानलाई निष्कर्षमा पुर्याउउन समझदारी बनाउने नै हो भन्ने निष्कर्षमा पुग्यौं।'
यस्तै, राजनीतिक समितिका लागि आवश्यक सचिवालय र बजेट सरकारसँग माग गर्ने निर्णय गरिएको दाहालले जानकारी दिए। 'यो राजनीतिक समितिलाई संस्थागत रूपमा अघि बढाउनुपर्छ,' दाहालले भने, 'समितिको नेतृत्व आलोपालो भनिएको छ। तर, सत्यनिरूपण तथा बेपत्ता आयोगको समय दुई वर्षका लागि भएकाले यसको अवधि पनि झन्डै दुई वर्ष रहने सम्भावना छ। त्यसैले यसको संस्थागत विकास गर्न, सचिवालय, कर्मचारी र आवश्यक बजेटका लागि सरकारसँग माग गर्ने निर्णय भयो।'
बैठकमा नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले पहिलो बैठकमा सामान्य विषयमा छलफल भए पनि कुनै ठोस निर्णय भने नभएको जानकारी दिए। एमाले उपाध्यक्ष विद्या भण्डारीले शान्ति प्रक्रियाको क्षेत्राधिकारभित्रै रहेर काम गर्ने विषयमा छलफल भएको बताइन्। उनले राजनीतिक समितिको परिभाषा स्पष्ट गर्ने विषयमा बैठक केन्द्रित रहेको जनाइन्। 
पाँचबुँदे सहमतिको पहिलो बुँदामा नै शान्ति प्रक्रियाका बाँकी काममा सहयोग पुर्यािउन र राजनीतिक दलहरूबीच पारस्परिक समझदारी विकासमा मद्दत गर्न राजनीतिक समिति गठन गरिने उल्लेख छ।
राजनीतिक समितिमा नेपाली कांग्रेस, एमाले र एमाओवादीका तर्फबाट तीन–तीन जना छन्। तराई–मधेसकेन्द्रित राजनीतिक दलहरूका तर्फबाट तीन जना तथा अन्य दलहरूमध्ये राप्रपा र नेकपा मालेका तर्फबाट एक–एक जना सदस्य छन्। अन्य साना दलका तर्फबाट एक जना भनिए पनि कसले प्रतिनिधित्व गर्ने भन्ने विषयमा सहमति भएको छैन।
सोमबारको छलफलमा भने सवै सदस्य उपस्थित भएनन्। कांग्रेसका उपसभापति पौडेल र महामन्त्री कृष्ण सिटौला, एमालेका तर्फबाट अध्यक्ष केपी शर्मा ओली र विद्या भण्डारी, एमाओवादीका तर्फबाट संयोजक दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र बावुराम भट्टराई, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदार, फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तमलोपा अध्यक्ष महन्थ ठाकुर थिए। त्यसैगरी राप्रपाका सूर्यबहादुर थापा र नेकपा मालेका सिपी मैनाली सहभागि थिए।
अर्को समाचार
बाह्र बुदे सहमतिको औचित्य सकियोः दाहाल
१० साउन २०६६
•
३ मिनेट पाठ
बाह्र बुदे सहमतिको औचित्य सकियोः दाहाल
काठमाडौं साउन १०(नागरिक ) - एकीकृत नेकपा माओवादीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहालले १२ बुँदे सहमतिको औचित्य समाप्त भएको बताएका छन्। 'संविधान निर्माण प्रक्रिया संकटमा परेकोले राजनीतिक दलहरुबीच नयाँ समझदारी आवश्यक भएको छ' दाहालले भने।

'ठूलो दुर्घटना हुनबाट देशलाई बचाउन दलहरुबीच नयाँ सहमती र समझदारी खोज्ने बेला आएको छ' उनलै भने 'वातावरण झन् झन् विग्रदै गएकाले सबै राजनीतिक दलहरु संगै बसेर नयाँ समझदारीको आविष्कार गर्नु जरुरी छ।'
आफूले नयाँ समझदारीका लागि राजीतिक दलहरुसँग पहल गरेपनि सुनुवाई नभएकौ दाबी गर्दै दाहाललै भने 'मैले सदनभित्र बाहिर र विभिन्न पार्टीसँग सँगै बसौ छलफल गरौ भनिरहेको छु। तर मेरो कुराको सुनुवाई भएकौ छैन।'
शुक्रवार नेपालको शान्ति प्रक्रियाका सम्बन्धमा पूर्व निर्वाचन आयुक्त वीरेन्द्रप्रसाद मिश्रद्वारा लिखित 'दी नेपलिज पिस प्रोसेस' नामक पुस्तक लोकार्पण गर्दै दाहालले संविधान बनाउन नचाहने शक्तिहरुबाट नेपालको शान्ति प्रक्रिया भाड्ने तत्वहरु सक्रिय भइरहेको दावी गरेका छन्। 'मदन भण्डारीको हत्या, दरबार हत्याकाण्ड अथवा त्यो भन्दा पनि ठूलो दुर्घटना हुन लागेको खबर मैले पाएको छ' उनले भने 'यसको संकेत देखापरिसकेको छ।'
यो एक अर्कालाई आरोप प्रत्यारोप लगाएर बस्ने बेला नभएको बताउँदै दाहालले देशमा ठूलो दुर्घटना हुन नदिन राजनीतिक दलहरुलै सहकार्य समिति बनाइ अघि बढ्नुपर्नेमा जोड दिएका छन्। 'लोकतन्त्र र संविधान खतरामा पार्न खौज्नै तत्वकौ प्रयास सफल हुन दिनुहुँदैन।'
राजनीतिक दलबीच बढ्दै गएको दुरी र विश्वासको संकट कम गरी सिँगो देशलाई ठूलो दुर्घटनाबाट बचाउन नागरिक समाजको भूमिका उल्लेख्य भएको बताउँदै '१२ बुँदे समझदारीका बखत नागरिक आन्दोलनका अगुवाले खेलेको भुमिकाको खाँचो अहिले खड्किएको छ' उनले भने।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य कृष्ण सिटौलाले दलहरुबीचको दुरी कम गर्नु नै अहिलेको लागि मुख्य चुनौती भएको बताएका छन्। उनले यसका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएर अघि बढ्नुपर्ने बताएका छन्।
कार्यक्रममा नेकपा एमालेका पोलिटव्युरो सदस्य प्रदीप ज्ञवालीले नयाँ समझदारीका लागि माओवादी जिम्मेवार हुनुपर्ने बताएका छन्। 'माओवादीले अर्को युद्धको तयारीका लागि शक्ति सञ्चय गरिरहेको छ भन्ने सुनिन्छ।' उनले भने 'कुरा के हो शंका निवारण गर्ने जिम्मेवारी माओवादीकै हो।'
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस