प्रधानन्यायाधीशविरुद्ध पापडको मार्च
१० मंसिर २०७८
•
३ मिनेट पाठ
प्रधानन्यायाधीशविरुद्ध पापडको मार्च
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै बिहीबार पेसागत सञ्जाल(पापड) र नागरिक समाजले मार्चपास आन्दोलन गरेका छन्। पेसागत संस्था नेपाल बार एसोसिएसन, नेपाल पत्रकार महासंघ, नेपाल शिक्षक महासंघ, नेपाल इन्जिनियर्स एसोसिएसन, नेपाल जनस्वास्थ्य संघ, नेपाल नर्सिङ एसोसिएसन, नेपाल आदिवासी जनजाति महासंघ र बृहत् नागरिक आन्दोलनको सहभागितामा कार्यक्रम आयोजना गरिएको हो।




सर्वोच्च अदालत परिसरबाट सुरु भएको मार्च अभियानमा कानुन व्यवसायी, नागरिक अभियन्ता, पत्रकार सहभागी थिए। आन्दोलनमा सहभागीले ‘न्यायालय अवरुद्ध, नेताहरू अलमस्त’, ‘न्याय किनबेच बन्द गर’, ‘प्रधानन्यायाधीशको सम्पत्ति छानबिन गर’ लगायतका नारा लगाएका थिए।पापडले जबराविरुद्ध तत्काल महाभियोगको प्रक्रिया थाल्न पापडले दलहरूलाई आग्रह गरेको छ। महाभियोगमात्र नभई सम्बद्ध निकायमार्फत जबराको सम्पत्ति छानबिन गराउन समेत पेसागत सञ्जाल तथा नागरिक शक्तिले एकसाथ माग गरेका हुन्।

न्यायालय ठप्प भइरहेका बेला राजनीतिक दल मौन बसेको भन्दै आन्दोलनकारीले आलोचना गरेका छन्। प्रधानन्यायाधीश जबरालाई तुरुन्तै राजीनामा दिन, नदिएमा महाभियोग लगाई सम्पत्ति छानबिन गर्न पापडको माग छ। नेपाल बार एसोसिएसनले जबराको राजीनामा नआएसम्म आन्दोलन जारी राख्ने जनाएको छ। शुक्रबारसम्म आन्दोलन घोषणा गरेको बारले थप कार्यक्रम ल्याउने भएको छ।

उता सर्वोच्च अदालतको पूर्ण बैठकले संशोधित नियमावली र निर्देशिका पास गरेको छ। सर्वोच्च अदालत दोस्रो संशोधित नियमावली मंसिर १५ देखि लागू हुने निर्णय बिहीबार पूर्ण बैठकले गरेको हो। यो निर्णयसँगै सर्वोच्च अदालतमा गोला प्रक्रियाबाट दैनिक पेसी तोकिने निश्चित भएको छ।

न्यायाधीशहरू प्रधानन्यायाधीश जबराको राजीनामा मागेर इजलासमा नबस्दा बन्दी न्यायसेवा प्रभावित भएको छ। न्यायाधीशहरूले प्रधानन्यायाधीश जबराको ‘ग्रेसफुल एक्जिट’ को माग कायमै रहेको जनाउँदै बन्दी प्रत्यक्षीकरण, तामेली, निवेदन फिर्ताजस्ता मुद्दामा मात्रै सुनुवाइ गर्दै आएका छन्।

प्रधानन्यायाधीश जबराले एक सातादेखि आफूलाई मुद्दाको पेसी नतोकी इजलास गठन गरेका छन्। बिहीबारको पूर्ण बैठकमा पनि न्यायाधीशहरू प्रधानन्यायाधीशसँग नबसी छुट्टै बसेका थिए। कानुनतः पूर्ण बैठक प्रधानन्यायाधीश जबराकै संयोजकत्वमा बस्नुपर्ने बाध्यता छ। त्यसैले जबराले न्यायाधीशहरूको निर्णय लेखिएको माइन्युटमा पछि हस्ताक्षर गरे।

बार पदाधिकारीले प्रधानमन्त्री भेट्ने

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आन्दोलनमा रहेका नेपाल बार एसोसिएसनका पदाधिकारीलाई भेटका लागि बोलाएका छन्।

प्रधानमन्त्री देउवासँग भेटका लागि बार एसोसिएसनका पदाधिकारीले गरेको आग्रह अनुसार शुक्रबार बिहान उनीहरूलाई बालुवाटार बोलाइएको हो। ‘बार एसोसिएसनका पदाधिकारीले प्रधानमन्त्रीसँग भेटका लागि समय माग्नुभएको थियो,’ प्रधानमन्त्रीका प्रमुख स्वकिय सचिव भानु देउवाले भने, ‘सोही अनुसार भोलि (शुक्रबार) १० बजेका लागि प्रधानमन्त्रीले समय दिनुभएको छ।’

भेटमा बारका पदाधिकारीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउनुका साथै जारी आन्दोलनका विषयमा आफ्ना कुरा राख्ने तयारी गरेका छन्। ‘न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको प्रतिवेदन कार्यान्वयनका लागि प्रधानमन्त्रीसमक्ष आग्रह गर्नेछौं,’ नेपाल बारका महासचिव लीलामणि पौडेलले भने,‘सर्वोच्चमा देखिएको अहिलेको समस्या र आन्दोलनका विषयमा प्रधानमन्त्रीलाई बारका तर्फबाट स्पष्ट कुरा राख्नेछौं।’ प्रधानन्यायाधीश जबरालाई पदमुक्त गर्नुपर्ने बारको अडानबारे पनि प्रधानमन्त्रीसमक्ष स्पष्ट पार्ने पौडेलले जानकारी दिए।
अर्को समाचार
महाभियोग समितिको बैठक बोलाइयो
०१ भदौ २०७९
•
१ मिनेट पाठ
महाभियोग समितिको बैठक बोलाइयो
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध प्रतिनिधिसभामा दर्ता भएको महाभियोग प्रस्तावमाथि महाभियोग सिफारिस समितिमा बुधबारदेखि छलफल सुरु हुने भएको छ।




प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिको पहिलो बैठक बुधबार साढे ११ बजेका लागि बोलाइएको छ। महाभियोग सिफारिस समितिका सचिव लक्ष्मीप्रसाद गौतमले बुधबारको बैठकमा सभापतिको निर्वाचन, समितिको कार्यविधिलगायतका अजेन्डामा छलफल हुने बताए। उनले बुधबारदेखि तीन महिनासम्मको कार्यवधि सुरु हुने बताए।  

महाभियोग सिफारिस समितिको पहिलो बैठकको अध्यक्षता जेष्ठ सदस्यबाट गरिने भएकाले कांग्रेसका रामबहादुर विष्टलाई बैठकको अध्यक्षता गर्ने जिम्मा दिइकोछ। समितिको पहिलो बैठक बसेको ७ दिनभित्र महाभियोग लागेका प्रधानन्याधीश जबराविरुद्ध सफाइ प्रस्तुत गर्न बोलाउनुपर्ने व्यवस्था छ।जबराविरुद्ध विभिन्न २१ आरोप लगाएर सत्तारुढ दलहरू कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरूले फागुन १ गते ९८ सांसदको हस्ताक्षर सहित प्रतिनिधिसभामा महाभियोग दर्ता गराएका थिए। महाभियोग दर्ता भएपछि जबरा स्वतः निलम्बनमा परेका छन्। प्रधानन्यायाधीश जबरामाथि सर्वोच्च अदालत र न्यायालयभित्रै अतिशय विकृति-विसंगति तथा भ्रष्टाचार तथा बिचौलियाहरूले प्रवेश पाएको र विकृति बढाउँदै लगेको आरोप लगाइएको छ।  

गत साउन २२ गतेको प्रतिनिधिसभा बैठकले जबराविरुद्धको महाभियोगलाई सिफारिस समितिमा पठाएको थियो। महाभियोग सिफारिस समितिमा एमालेका विष्णु पौडेल, लालबाबु पण्डित, शिवमाया तुम्बाहाम्फे, कृष्णभक्त पोखरेल गरी चार सदस्य छन्। कांग्रेसबाट मीनबहादुर विक र रामबहादुर विष्ट सदस्य छन्। माओवादी केन्द्रबाट यशोदा सुवेदी र रेखा शर्मा सदस्य छन्। एकीकृत समाजवादीकी कल्याणी खड्का, लोकतान्त्रिक समाजवादीका एकवाल मियाँ र जनता समाजवादीका प्रमोद साह सदस्य छन्।
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock २८ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
यो पनि पढौँ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस