काठमाडौं- प्रधानमन्त्री सुशील कोइरालाले राजनीतिक दलहरु जहिले पनि विवादमा अल्झेकाले मुलुक र जनाता प्रति धोका भएको बताएका छन्।ब्यवस्थापिका संसदमा बजेट पछिको छलफलमा बोल्दै प्रधानमन्त्री कोइरालाले विवादबाट माथी उठेर देश र जनता प्रति दलहरु जिम्मेवार बन्नु पर्नेमा जोड दिए। 'अब हामीले खेलवाड गर्नु हुँदैन आपसमा मिलेर अघि बढ्नु पर्छ', उनले भने, 'जनतालाई शान्ति,अमन चयन र समयमै संविधान दिनु पर्छ।'
कोइरालाले स्थानीय निकायको निर्वाचन नहुँदा अर्वौं अर्व बालुवमा पानि हाले जस्तो भएको बताए। दलहरुको बीचमा सहमति जुटाएर स्थानीय निकायको निर्वाचन गराउने तर्फ लाग्नु पर्ने उनको धारणा थियो। कोइरालाले कुनै निकायमा भ्रष्टाचार भएको प्रमाण ल्याए कसैलाई पनि बाँकी नराख्ने चेतावनी दिए।