प्रधानमन्त्री सुशील कोइरालाले कात्तिक/मंसिरमा स्थानीय निकायको निर्वाचन गराउने विषयमा प्रमुख दलका शीर्ष नेतासँग छलफल गरिरहेको बताएका छन्।प्रधानमन्त्री कोइरालाले व्यवस्थापिका संसदमा मंगलबार स्थानीय निकायको निर्वाचन नहुँदा अर्बौं बजेट बालुवामा पानी हालेजस्तो भएकाले तत्काल निर्वाचन गराउन छलफल भइरहेको बताए।
संसदमा पेस भएको विनियोजन विधेयकमाथि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, रक्षा मन्त्रालय, गरिबी निवारण मन्त्रालयका लागि विनियोजन गरिएको शीर्षकमाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री कोइरालाले स्थानीय निकायको निर्वाचन हुन नसक्दा भ्रष्टाचार बढेको टिप्पणी गरे।
‘स्थानीय निकायको निर्वाचन नहुँदा विकासका कामसमेत प्रभावित भएका छन्,' प्रधानमन्त्री कोइरालाले भने, ‘कात्तिक/मंसिरमा चुनाव सम्भव भए गरौं भनेर सबै दलका नेतासँग कुरा गरेको छु।'
करिब ४५ मिनेट लिखित र मौखिक जवाफ दिएका प्रधानमन्त्री कोइरालाले कुनै बेला संसद भवनमा उपस्थित सबै सांसदलाई हँसाउँथे भने कुनै बेला भावुक हुन्थे।
‘चुनावका बेला जाँदा सडक, बिजुली, पानी, शिक्षा, स्वास्थ्य छैन भन्ने जनताको गुनासो थियो,' प्रधानमन्त्री कोइरालाले भने, ‘पहिले सडक बनाउनुस् अनि भोट दिन्छौं भन्नुभयो। मैले त्यस बेला भनेँ, म जादुगर हो र! निर्वाचन आउन १५ दिन बाँकी छ, यो बीचमा सडक बनाउने?'
कोइरालाले आफू प्रधानमन्त्री हुनासाथ भ्रष्टाचारमा शून्य सहनशीलता र सुशासनका विषयमा प्रयास थालेको जनाए। उनले भ्रष्टाचारको आरोपमा साना व्यक्ति पक्राउ परे पनि ठूला पर्न नसकेको भन्दै चिन्ता व्यक्त गरे। ‘हामीकहाँ इतिहास नै भ्रष्टाचारको छ,' उनले भने, ‘भ्रष्टाचार रोक्न कडाइका साथ सरकार अघि बढ्नेछ। भ्रष्टाचार भएको कुरा मात्र नभन्नुस्। अख्तियारले पनि सानालाई पक्राउ गरेको छ। ठूला उम्केका छन्। त्यो पनि हेर्नुपर्यो्। भारतमा मन्त्री नै जेल गएका छन्।'
उनले भ्रष्टाचारमा संलग्न जोसुकै भए पनि प्रमाणसहित आफूलाई खबर गरे कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाए। ‘दाइ, भ्रष्टाचार भएको छ भनेर अहिले पनि भन्नुहुन्छ,' प्रधानमन्त्री कोइरालाले भने, ‘प्रमाण ल्याउनुस्। जोसुकै भए पनि कारबाहीमा पर्छ। अख्तियारले पनि हलुका तरिकाले काम गर्नु हुन्न। कसैले उजुरी हाल्दैमा अनुसन्धान नगरी पक्राउ गर्नु हुँदैन। त्यसैले भ्रष्टाचार हेर्ने निकाय अलि सक्रिय हुनुपर्छ।'
प्रधानमन्त्री कोइरालाले नयाँ संविधानले मात्र शान्ति, स्थायित्व र लोकतन्त्र बलियो बनाउने बताउँदै परिणाम तुरुन्त खोज्दा निराशा मात्र आउन सक्ने धारणा राखे। ‘हामी ६५ वर्षदेखि संघर्षमा छौं,' उनले भने, ‘अब सबै मिलेर अघि बढ्यौं भने भविष्य सुन्दर छ। म आशावादी छु। आशा–भरोसा राखेर अघि बढौं।'
प्रधानमन्त्री कोइरालाले राज्य सञ्चालनमा आफू नयाँ भएकाले पनि सिक्दै गरेको बताए। ‘म सिक्दैछु,' प्रधानमन्त्रीले भने, ‘म प्राक्टिस गरेर आएको त होइन नि। कर्मचारी साथीहरूलाई सिकाउनुस् भन्ने गरेको छु। नयाँ ढंगको सकारात्मक सोच राख्नुपर्योा। हामी अझै परिवर्तन देख्न सक्छौं।'
प्रधानमन्त्री कोइरालाले आयोजना विकास सम्झौता (पिडिए) र विद्युत व्यापार सम्झौता (पिटिए) ले विकासको बाटो खुलेको दाबी गरे। ‘जहाँ जाँदा पनि हामीले जलस्रोतको ठूलो बजार देखेका छौं,' उनले भने, ‘बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र भारतका प्रधानमन्त्री (नरेन्द्र मोदी) ले पनि यही भनेका छन्। अहिले लगानीकर्ता पनि आइरहेका छन्। उनीहरूले भनेबमोजिमको वातावरण हामीले बनाइदिने हो। बाहिरको लगानीले चीन पनि धनी भएको छ। हामी खालि भाँजो हाल्ने कामले अल्भि्करहेका छौं।'
प्रधानमन्त्री कोइरालाले दैनिक ३०/३५ लाख युवा विदेसिएको भन्दै उनीहरूलाई नेपालमै रोजगारीको अवसर प्रदान गर्नुपर्ने धारणा राखे। ‘खाडीमा रहेका हाम्रा युवाको अवस्था कल्पना पनि गर्न सकिन्न,' उनले भने, ‘मरुभूमिलाई महल र हराभरा बनाउने काममा लागेका छन्। कतिले आत्महत्या गरेका छन्, यो अवस्था हामीले बुझ्नुपर्छ।'
प्रधानमन्त्री कोइरालाले आफूहरू जहिले पनि विवादमा फसेकाले मुलुक र जनताले धोका पाइरहेको बताए। ‘यसलाई हामी हाँसोका रूपमा लिन्छौं। सिरियस हुनुपर्योु,' उनले भने।
प्रधानमन्त्री कोइरालाले लिखित जवाफ दिने क्रममा नेपाललाई सन् २०२२ सम्म अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति गर्ने लक्ष्यअनुरूप नै सरकार अघि बढेको बताए।
यसअघि, गृहमन्त्री वामदेव गौतमले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै सीमा विवाद र प्रहरीका लागि छुट्ट्याइएको बजेटका सम्बन्धमा प्रष्ट पारेका थिए। ‘कालापानीमा सीमाको ठूलो समस्या देखिएको छ,' उनले भने, ‘अन्य क्षेत्रमा यस्ता विवाद भए पनि दुई तहमै छलफल भइरहेको छ। सीमा क्षेत्रमा बनेका बाँधले नेपाललाई अलि बढी नोक्सानी पुर्यारएको छ।'
उनले गृहमन्त्रालयसँग आवश्यक बजेट नहुँदा प्रहरीलाई थप प्रभावकारी बनाउन नसकिएको बताए। नुवाकोटमा नेपालकै नमुना कारागार बनाउन लागिएको जानकारी दिँदै उनले नेपालगन्जमा पनि सुधारगृह बनाउने तयारी भइरहेको बताए। अर्थमन्त्री रामशरण महतले सबै क्षेत्रलाई सन्तुलन कायम गरेर बजेट विनियोजन गरिएको बताएका थिए।
उनले विकासोन्मुख मुलुकबाट सन् २०२२ सम्म विकसित मुलुकमा पुर्यााउने लक्ष्यअनुरुप बजेट तर्जुमा गरिएको जानकारी दिएका थिए। सोमबार जवाफ दिन बाँकी रहेका मन्त्रीहरूले मंगलबार जवाफ दिएपछि विनियोजन विधेयक २०७१ पारित गरिएको छ।